ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

ढैंचा हराउँदै,माटो बिग्रीदै

पछिल्लो पटक गाईबस्तु पाल्ने र ढैंचा खती गर्ने चलन कम हुँदा खेतबारीमा रासायनिक मलको प्रयोग बढ्दो छ । माटो तथा मल परिक्षण प्रयोगशालाले गरेको माटोको नमुना परिक्षण गर्दा पाल्पा र रूपन्देहीको माटोमा पोष्टक तत्व कमी भएको पाइएको छ ।
१७ पुष २०८०, मंगलवार
१७ पुष २०८०, मंगलवार

पाल्पा, १७ पुस । माथागढी गाउँपालिकाको रुप्सेका जनक रिजालले स्थानीय उत्पादन हरियो मलका रूपमा प्रयोग हुने ढैचाको बिउ बिक्री गर्ने व्यवसायी हुन । विगत केही वर्ष यता स्थानीय उत्पादन हुन छाडेपछि उनी आफूले पनि बिक्री गर्न छाडेको बताउँछन । सयौं हेक्टर क्षेत्रफलमा फैलीएको माडी फाँटको माथिल्लो क्षेत्रमा यसको खेती संगै प्रयोगका कारण राम्रो उत्पादन भएकाले उनी स्थानीय कृषक बाट खरिद गर्दथे । रासायानिक तथा अन्य मलको बिकल्पमा हरियो मलका रूपमा यसको प्रयोग बढदो अवस्थामा थियो तर पछिल्लो समयमा रासायनिक मलको प्रयोग बढ्न लागेपछि ढैचा खेती गर्न कम हँुदै गएको पुराना कृषक मनबिर गाहा बताउँछन ।

यसको खेती गर्दा खेतको आली आलीमा लगाउने हो । यसलाई पानी धेरै चाहिँदैन त्यसैले गर्दा यसको खेती आली आलीमा हुन्थ्यो । पछिल्लो समयमा यसको खेतीयोग्य जमिनहरू आवासमा परिणत हुँदै जाँदा खेती पनि कम हुँदै गएको गाहाको बुझाई रहेको छ । खेतमा त चैत बैशाख छर्ने अनि रोपाइँ गर्ने बेलामा यसैमाथि खन जोत गरी धान रोप्ने हो । कृषकहरूले आफूले प्रयोग गरेर बाँकी रहेको बिउ बिक्री गर्ने गर्दथे तर आजभोलि यसको उत्पादन अत्यन्तै कम मात्रामा भएको स्थानीय कृषकहरू बताउँछन ।

एक दशक अगाडिसम्म धान खेतिका लागि कृषि प्राविधिकहरूले रासायनिक मलको विकल्पमा हरियो मलका रूपमा ढैचा खेती गर्न कृषकलाई प्रेरित गर्ने चलन थियो । गोवर मल र ढैचाको प्रयोग कम गरी यूरीया मलको प्रयोग गर्दा खेतवारीको उर्वराशक्ति कम हुँदै गएको कृषि विज्ञहरू बताउँछन् । कृषि प्राविधिकहरूले हरियो मलको बिकल्पमा युरीया, डि.ए .पी जस्ता रासायनिक मलको प्रयोगका लागि सिफारिस गर्ने चलन छ ।

जसले गर्दा पनि यसको खेती हराउँदै गएको रुप्सेका पुराना कृषक सिताराम रेग्मी बताउँछन । रासायनिक मलको रूपमा नाइट्रजोन, २५ के.जी प्रती हेक्टर मात्र रहेको अनुभव छ र बिरुवाको लागि आवश्यक हुने मात्रा अत्यन्तै न्यून छ । माटो तथा मल परिक्षण प्रयोगशालाले गरेको माटो परिक्षण गर्दा पाल्पा र रूपन्देहीको माटोमा पोष्टक तत्व कमी भएको पाइएको छ । रसायनीक मलको प्रयोग गर्दै गर्दा प्रंगारिक तत्वको कमी भएको पाइएको हो ।

यसमा पनि रासायानिक मलका लागि आजसम्म भारत संग भर पर्नु परेको छ । यो पनि समयमा पाउन कठिन छ । त्यसले गर्दा बोट बिरुवाका लागि आवश्यक पर्ने तत्व सन्तुलन मात्रामा प्रयोग हुन सकेको छैन । जसले गर्दा उत्पादन राम्रो हुन नसकेको पुराना कृषि विशेषज्ञ महेन्द्र कौडाल बताउँछन ।

माटोमा ढैचालाई हरियो मलको रूपमा प्रयोग गर्दा नाइट्रोजन ५० देखि ८० प्रतिशत हुन्छ । पहिले वालीलाई उपलब्ध हुन्छ । बाँकी दोस्रो वालीले पाउँछ । ढैचाको प्रयोग गर्दा धान वाली २१ देखि २५ प्रतिशत बढने कौडाल बताउँछन । माटोमा उर्वराशक्ती बढाउनका लागि कृषि प्राविधिकहरूले कृषकहरूलाई नै हरियो गोठे मलको प्रयोगलाई प्रोत्साहन गर्नु पर्दछ । पछिल्लो समयमा रासायनिक मलको प्रयोगका कारण माटोमा उर्वरा तत्वमा ह्रास आउने क्रम बढेको छ। प्रत्यक वर्ष रासायनीक मलको प्रयोग बढनु भनेको हरियो मलको प्रयोग घटनु हो उनले भने ।

एक दशक अगाडि सम्म माडी फाट, अर्गली, कचल, पुर्वखोला जस्ता फाटहरूमा ढैचाको राम्रो खेति हुन्थ्यो । पुर्वखोलाका पुराना कृषक इश्वरी खनाल भन्दछन । आफनो हात पाखुरामा बल हुदा सम्म बोरामा आउने रासायानिक मलको प्रयोग नगरेको हरियो मलको भरमा धान खेति गर्दा पनि राम्रो उत्पादन हुन्थ्यो । तर आफुले खे ितगर्न छाडे पछि हरियो मलको प्रयोग पनि हराएको र त्यस संग संगै उत्पादन पनि घटदै गएको छ । पुर्वखोलाको फाटमा हरियो मलका लागि ढैचा हुन्थ्यो तर आज भोलि सजिलोको लागि युरीया मल प्रयोग हुन्छ उनी बताउँछन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?