© 2026
अर्घाखांची, १६ पुस । पाणिनी ३ खिदिम, अर्घाखाँची स्थित फर्सवा टाकुरा माबि बाट बि.सं. २०४९ , २०५० र २०५१ सालको एसएलसीमा सम्मिलित पूर्व विद्यार्थीहरुको संयुक्त आयोजनामा गुरु सम्मान तथा अग्रज अनुज पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको प्रांगणमा आइतबार आयोजित उक्त कार्यक्रम निर्माण व्यवसायी एबम सामाजिक व्यक्ति लंक बहादुर केसीले उद्घाटन गरेका थिए ।
सो कार्यक्रममा पाणिनी गाउँ पालिकाका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा पौडेल र वडा नंं ३ का वडा अध्यक्ष युवराज ज्ञवाली एसएलसी २०४९ का विद्यार्थी कमल ज्ञवाली, एस एल सी २०५१ समुहका विद्यार्थी रमेश ज्ञवाली, एस एल सी २०५० समुहका विद्यार्थी बिबेक पौडेल, २०५० एस एल सी समूहक विद्यार्थी शन्तोष पौडेल, विद्यालयका संस्थापक विद्यार्थी एबं त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा दुर्गजंग केसी ,पुर्व प्रधानाध्यापक मुक्तिनाथ ज्ञवाली , ठाकुर प्रसाद गौतम, वर्तमान प्रधानाध्यापक सुरेन्द्र राज अधिकारी, पूर्व विद्यार्थीहरु बिनोद गौतम, प्रेमलाल ज्ञवाली, मोहन गौतम लगायतले मन्तब्य राखेका थिए ।
मन्तब्य राख्ने सबै पूर्व विद्यार्थीहरुले अब २०४३ साल देखिका भूतपूर्व विद्यार्थी एक भई बिभिन्न रचनात्मक, सिर्जनात्मक तथा समाजसेवाका कामहरुमा जुटी अगाडी बढ्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा गुरुहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको आयोजक तथा पुर्व विद्यार्थी बसन्त केसीले जानकारी दिए।
कार्यक्रमका अध्यक्ष कमल ज्ञवालीले विद्यालयका संस्थापक स्वर्गीय जीवनाथ गौतमको सपना साकार पार्न सबै प्रतिवद्ध हुनुपर्ने भन्दै विद्यालयको समग्र भौतिक एबं शैक्षिक गुणस्तर सुधार्न अतुलनीय योगदान प्रदान गरेका खिदिम गाविसका तात्कालीन अध्यक्ष एबं राजनीतिक तथा सामाजिक व्यक्ति स्वर्गीय गणेश गौतमको विचारलाई कदर गरी अनुसरण गर्नुपर्नेमा जोड दिए ।