Butwal Today

धोती दिवस मननाउने क्रममा सिके राउत पक्राउ

१६ पुष २०८०, सोमबार
अ+
अ-

बुटवल,१६ पुस । जनमत पार्टीका अध्यक्ष सीके राउत माइतीघर क्षेत्रबाट पक्राउ परेका छन्।

निषेधित क्षेत्र घोषित स्थानमा प्रदर्शन गर्न खोजपछि उनलाई सोमबार बिहान प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो।

उनीसहित ५१ जनालाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका प्रहरी परिसरका प्रमुख एआईजी दिपक थापाले जानकारी दिए। निषेधित क्षेत्र तोडेर सडकमै सुत्न थालेपछि उनीहरूलाई नियन्त्रणमा लिएको एआईजी थापाले भने।

राउतसहितका नेता कार्यकर्ता धोती दिवस मनाउन माइतीघरमा पुगेका हुन्। जनवरी १ का दिन पहाडी समुदायले टोपी दिवस शुरु गरेपछि मधेशमा धोती दिवस मनाउन थालिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?