ट्रेंडिंग:

>> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण

रूपन्देहीको तिलोत्तमा गौशालाः मलमूत्र बेच्दै, गाई स्याहार्दै

पैसा मागेर मात्रै गौशाला चल्दैन आफै उत्पादन पनि गर्नुपर्छ । त्यसबाट गौशालाको नियमित आम्दानी हुने र त्यसले गौशालालाई बचाउँछ । सहयोग गर्ने दाताले पराल, दाना र चापट किनिदिएको भरमा गौशाला चल्दैन । त्यस्ता सरकारी, गैरसरकारी र व्यक्तिगत रूपमा सहयोग गर्ने दाताले पराल र चापट किनिदिने भन्दापनि उद्यमशील बनाउने गरी सहयोग गर्नुपर्छ ।
१६ पुष २०८०, सोमबार
१६ पुष २०८०, सोमबार

बुटवल, १६ पुस । छाडा चौपायाको रूपमा रहेका गाई गोरु व्यवस्थापन गर्न गौशालाको अवधारणा ल्याइएपनि त्यसको दीगोपनामा समस्या देखिने गरेको छ । नयाँ उर्जा र तामझामकासाथ शुरु भएका गौशाला स्रोत अभाव र राजनैतिक खिचातानीका कारण अस्तव्यस्त बनिरहेका छन् । तर सरोकारवाला निकायले भने नियमित आर्थिक स्रोत अभावका कारण गौशाला व्यवस्थित हुन नसकेको बताउने गरेका छन् ।
स्थानीय सरकारदेखि प्रदेश सरकारले गौशालामार्फत छाडा चौपायाको समस्या समाधान गरि किसानको खेतबारीको खेती जोगाउने र सडक दुर्घटनामा कमी ल्याउने प्रतिबद्दता जनाएपनि कार्यान्वयनमा भने समस्या देखिँदै आएको छ । रूपन्देही जिल्लाको दुर्घटनाको तथ्यांक डरलाग्दो छ । प्रहरीका अनुसार दुर्घटनाको तथ्यांकमा ३५ प्रतिशत दुर्घटना छाडा चौपायाको कारण हुने गर्दछ ।

रूपन्देहीको तिलोत्तमा गौशालाले गाईको मल र मूत्रलाई गौशालाको नियमित आम्दानी बनाउने प्रयास गरिरहेको छ । तिलोत्तमा वडा नम्बर १ र ८ को सिमाना पर्ने करैया र शंकरनगर सामुदायिक बन भित्र गौशाला निर्माण गरेको छ । ४ बिगाहा क्षेत्रमा संचालनमा रहेको गौशालामा ३७० वटा गाई छन् । त्यसमध्ये १५ वटा गाई दुहुनो छन् । गौशाला २०७२ सालमा निर्वाचन क्षेत्र बिशेष कार्यक्रम तथा तिलोत्तमा नगरपालिकाको सहयोगमा स्थापना भएको थियो । २०७५ आश्विनदेखि गौशालाको व्यवस्थापन नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) नेपालले गरिरहेको छ ।

मल, मूत्र र घिउबाट नियमित आम्दानी गर्नका लागि सामग्री उत्पादन गरिरहेको छ । गौशालाले यी उत्पादित सामग्री बिक्रीबाट मासिक रुपमा करिब ७५००० रुपैयाँ आम्दानी गरिरहेको छ । गौशालामा उत्पादित मल, किटनाशक औषधी र औषधी बोट विरुवा र मानिसका लागि उपयोगी छन् । उत्पादित बस्तुहरूमा गड्यौला मल, गौंधन कीट नियन्त्रक, गौअर्क, गहुत, पन्चगव्य घृत लगायतका छन् । अब छिट्टै गोबरबाट अगरबत्ती उत्पादनको तयारी छ ।

गड्यौला मलले माटो हल्का गराउने, उत्पादन बढाउने हुँदा हुँदा गड्यौला मलप्रति किसानको आकर्षण बढेको बताए । यहाँबाट गड्यौला मल माग अनसार बुटवल, भैरहवा र स्थानीय तिलोत्तमाका साथै काठमाडौं र पोखरासम्म पठाउने गरिएको छ । गड्यौला मल दिनमा १ क्वीन्टल बिक्री भइरहेको छ माग पूरा गर्न नसकिएको गौशालाको व्यवस्थापन हेरिरहेका लोकमणि न्यौपानेले बताए । उनका अनुसार स्थानीय रूपमा गड्यौला मलको होम डेलिभरि समेत दिने गरिएको छ । विभिन्न तौलमा प्याकिङमा उपलब्ध गड्यौला मलको प्रतिकिलो ४० रुपियाँ मूल्यमा बिक्री गर्ने गरेको छ ।

गौशालाको मेकानिल इन्जिनियरीङ पढेका रन्तीदेव दासले सचिवको रूपमा रहेर व्यवस्थापन हेरिरहेका छन् । उनले गौशाला बच्न आफै उत्पादन गर्नुपर्ने बताउँछन् । पैसा मागेर मात्रै गौशाला चल्दैन उनले भने, आफै उत्पादन गर्नुपर्छ । त्यसबाट गौशालाको नियमित आम्दानी हुने र त्यसले गौशालालाई बचाउने उनी बताउँछन् । सहयोग गर्ने दाताले पराल, दाना र चापट किनिदिएको भरमा गौशाला नचल्ने उनले बताए । त्यस्ता सरकारी, गैरसरकारी र व्यक्तिगत रूपमा सहयोग गर्ने दातालाई पराल र चापट किनिदिनेभन्दा पनि उद्यमशील बनाउनेगरी सहयोग गर्न उनले सुझाव दिए ।

गौशालालाई अर्थसँग जोड्नुप¥यो र मात्रै चल्छ बाँच्न सक्छ, उनको जोड छ । गाईप्रतिको लगाव घट्दो छ, गाई किन पाल्नुप¥यो ? भन्ने प्रश्न जताजतै उठेको छ उनले भने, गाईलाई आर्थिक आम्दानीको रूपमा पनि जोड्न सकियो भने मात्रै त्यसको जवाफ हुनसक्छ । देशले मल पाएन भनेर भनिन्छ तर मल उत्पादन नै भइरहेको छैन । मल र मुत्रमै नेपालको पैसा बाहिर गइरहेको छ त्यसतर्फ सरकारको पनि चासो बढ्नुपर्ने उनी बताउँछन् । नेपालमा भएका गौशालाहरूलाई सरकारले गड्यौला मल र गौमुत्रको उत्पादनको केन्द्र बनाउनुपर्ने सके पैसा विदेश जानबाट रोक्न सकिने उनले संभावना देखेका छन् । सरकारले चाहेमा लक्ष्य किटान गरी गौशालालाई सरकारले गड्यौला मल, गौमुत्र र औषधीहरू उत्पादन गर्न लगाउन सक्छ, हामी त्यो काम गर्न तयार छौं । नेपालका गौशालाहरू त्यसो गर्न पक्कै सक्छन् । यसले छाडा चौपायाको रूपमा रहेका गाईको व्यवस्थापन, गौशालाको आत्मनिर्भरता, रोजगारी र गाईको मल मूत्रबाट बाहिरिने पैसा स्वदेशमै रहने वातावरण बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?