ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला
मोतियाबिन्दुको सफल शल्यक्रिया पश्चात् आँखा देखेका जेष्ठ नागरिकको मुहारमा छाएको खुशी देख्दा निकै सन्तुष्टी मिलेको नगर प्रमुख प्रकाश भण्डारीले भने ।

१ सय २७ जनाले पाए ‘नयाँ दृष्टि’

१५ पुष २०८०, आइतबार
१५ पुष २०८०, आइतबार

सल्यान, १५ पुस । सल्यानमा एक सय २७ जनाले नयाँ दृष्टि पाएका छन् । जिल्लाको शारदा नगरपालिकाले सञ्चालन गरेको निःशुल्क आँखा स्वास्थ्य शिविरमा एक सय २७ जना मोतियाविन्दुका बिरामीलाई सल्यक्रिया गरेर उज्यालो प्रदान गरिएको हो । शिबिरमा नौ सय ११ जनाले सेवा लिएको पनि नगरपालिकाले जनाएको छ ।

शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले शल्यक्रिया गरेका बिरामीहरूलाई चस्मा र औषधी बितरण गरे । आफूहरू जेष्ठ नागरिकको स्वास्थ्य प्रती सदैब चिन्तित रहेकाले जेष्ठ नागरिक लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउँदै प्रमुख भण्डारीले भने, ‘मोतियाबिन्दुको सफल शल्यक्रिया पश्चात् आँखा देखेका जेष्ठ नागरिकको मुहारमा छाएको खुशी देख्दा मलाई निकै सन्तुष्टी मिलेको छ ।’ नेपाल नेत्रज्योति संघ कर्णाली प्रदेशको आर्थिक सहयोग र राप्ती आँखा अस्पताल रक्षाचौर दाङको प्राबिधिक सहयोग तथा सल्यान आँखा उपचार केन्द्रको ब्यवस्थापनमा निःशुल्क आँखा स्वास्थ्य शिविर संचालन गरिएको हो । कार्यक्रममा आर्थिक र प्राबिधिक सहयोग गर्ने संस्थालाई नगरपालिकाले कदर पत्र प्रदान गरेको थियो ।

शिविर समापन कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबाल, नेपाल नेत्रज्योति संघ कर्णाली प्रदेशका कार्यक्रम संयोजक प्रकाश भट्ट, राप्ती आँखा अस्पताल रक्षाचौर दाङ डाक्टर सन्तोष सुवेदी, सल्यान आँखा उपचार केन्द्रका अध्यक्ष केशब बुढाथोकी, आँखा उपचार केन्द्रका प्रमुख नबिना चौधरी लगायत प्राबिधिक टिम, आँखाका बिरामी र स्थानीयहरूको सहभागिता रहेको थियो । शिविरबाट दृष्टिविहीनताको न्यूनीकरण हुनुका साथै आर्थिक अभाव तथा अन्य कारणले घरमै दृष्टिविहीन भएर बसेकालाई सहज भएको शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?