ट्रेंडिंग:

>> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो

असल दुध उत्पादन पाच दिने तालिम

१५ पुष २०८०, आइतबार
१५ पुष २०८०, आइतबार

बुटवल, १५ पुस ।  आम उपभोक्ताबाट दुधको गुणस्तरको बारेमा गुनासो आईरहेको बेला रुपन्देहीमा पाच दिने असल दूध उत्पादन तालिम दिईएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा लुम्बिनी प्रदेशका पशु किसान, दुग्ध उद्योगीहरुलाई समेटेर पाच दिने असल दुध उत्पादन तालिम दिएको हो ।

बोर्डका अनुसन्धान अधिकृत अजय पोखरेलले आम उपभोक्तामा गुणस्तरको बिषयमा सचेतना जागेको भन्दै अब पुरानै तवरमा उद्योग नचल्ने बताए । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका पशु किसान, उद्योगीहरुलाई समेटेर यो तालिम चलाउदा उपयोगी देखिएको अनुभव उनले सुनाए । हाल जिडिपिमा ३ प्रतिशत योगदान दिएको, ५ लाख कृषक पशुपालनमा रहेको र करीब ३० अरब रुपैया सरकारको लगानी रहेको महत्वपूर्ण क्षेत्रलाई अझ ब्यवस्थित गर्ने गरि कार्यक्रमहरु संचालन गर्न लागेको उनले बताए ।

तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष लेखनाथ पाण्डेले डेरी ब्यवसायीहरुलाई असल दुध उत्पादन तालिम आजको माग र आवश्यकता भएको बताए । किसानसंग जोडिएको ब्यवस्थापन र नैतिकताको विषय भएको उनले बताए । असल अभ्यास र असल सोच बिना असल काम अघि बढ्न नसक्ने उनको दाबी छ । सरकार र नेतृत्व तहमा पहुच नहुदा किसानलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन जरुरी रहेको भन्दै उनले किसान र उद्योगीहरु पनि आफनो मर्यादित पेशाका रुपमा पहिचान गर्ने गरि लाग्नु सुझाव दिए ।

तालिममा सहभागी गुल्मीस्थित बम्घा बहुउद्देश्यीय सहकारी संस्थाका लेखासमिति सदस्य दिपक पुरीले दुध उत्पादनमा अप्नाउनुपर्ने सावधानी, यसको तत्वहरुको बारेमा आफुहरुले राम्रो ज्ञान लिन पाएको बताए । संवेदनशीलता तरल पदार्थ भएकाले उत्पादनदेखी उपभोगसम्मको अवस्थालाई बुझन र बुझाउनुपर्ने बताए ।

यसैगरि वशिष्ठ डेरि उद्योग, सुस्ताका पवन भट्टराईले दूध उत्पादनको कुरा एउटा किसान गोठ तयारदेखि नै शुरु गर्नुपर्ने बताए । गोठको अवस्था, चौपायाको स्वस्थ्य, खानपान र ब्यवस्थापनसंग यसको उत्पादन जोडिने उनको तर्क थियो ।
कार्यक्रममा दुग्ध विकास संस्था बुटवलका गुण नियन्त्रण शाखाका माधव पाण्डेले तालिममा सिकेको कुरा कार्यान्वयन गर्न सकेमात्र सफल हुने बताए ।

कार्यक्रममा दुग्ध उद्योगी गणेशसिह भण्डारीले कृषकबाट प्राप्त दूधलाई चिलिङ सेन्टरमा कतिसमयमा राख्नुपर्ने, दुधको विविधिकरण गरि बजारमा बजारीकरण गर्नेसम्मका विषयहरु सिकाई भएको बताए ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद यादवको विशेष सहयोगमा संचालन भएको तालिममा बोर्डका अनुसन्धान अधिकृत अजय पोखरेलले सहजिकरण गरेका थिए । तालिममा रुपन्देही, गुल्मी, अर्घाखाँची र नवलपरासी जिल्लाका १८ जना दुग्ध उत्पादन सहकारीका सदस्यहरु सहभागी थिए । लुम्बिनी प्रदेशका रुपन्देहीमा ५३ वटा, बर्दियामा ६२ वटा, बाकेमा २३, नवलपरासी ७ वटा दुग्ध सहकारी संस्था छन ।

भिडियो सामाग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?