ट्रेंडिंग:

>> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण

लुम्बिनी एक्स्पोमा दर्जनौं वृद्धवृद्धालाई सम्मानः व्यापार संघको समाजसेवामा नयाँ अभियान

१५ पुष २०८०, आइतबार
१५ पुष २०८०, आइतबार

बुटवल, १५ पुस ।

रुपन्देही व्यापार संघले आयोजना गरेको लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलामा आइतबार दर्जनौं बृद्धवृद्धालाई सम्मान गरेर समाज सेवामा नयाँ सन्देश दिएको छ । आइतबार मेला सञ्चालन भैरहेको अवस्थामा संघले विभिन्न क्षेत्रका तीन दर्जन बृद्धबृद्धालाई सम्मान गरेपछि सहभागी, स्टलधनी सबै आश्चर्यमा परेका छन् । संघले रुरु मिलन केन्द्र शंकरनगरको पहलमा ३० जना बृद्ध महिला तथा पुरुषलाई दोसल्ला ओढाएर सम्मान गरेर नयाँ कामको थालनी गरेको हो ।

आइतबार बिहानै बृद्धबृद्धाहरुलाई लिएर उनीहरुका आफन्त मन्चको सेरोफेरामा पुगेका थिए । स्टलधनी र अन्य सहभागीहरुलाई यो बिहानमा लौरो टेक्दै गरेका बृद्धबृद्धालाई किन ल्याइएको होला भनेर लागिरहेको थियो । एकछिनमा संघका महासचिव दयानिधि भण्डारीले कार्यक्रम संचालन गर्न मन्चमा पुगेर भने, “हामीले अग्रज बुवाआमाको सम्मानका लागि यहाँ उहाँहरुलाई बोलाएका छौं, पहिलो चरणमा करिब ३ दर्जन बुवाआमालाई सम्मान गरेर यो कामको थालनी गरेका छौं ।” भण्डारीले बृद्ध अवस्था हुनु कुनै पाप नभएर प्राकृतिक नियम भएको र घर, सामाज तथा राष्ट्रले बृद्धबृद्धालाई हेय दृष्टिकोणले हेर्न नहुने धारणा राख्दा सहभागी सबैलाई मलिन बनाएको थियो ।

उनले यो भन्दै गर्दा मन्चमा संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवाली, पूर्वअध्यक्षहरु मोतिप्रसाद पाण्डे, पदमप्रसाद श्रेष्ठ, संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे पुगिसकेका थिए । महासचिव भण्डारीले लामो नगरी बृद्धबृद्धाको नाम बोलाए, केही आफै गए, केहीलाई उनीहरुका आफन्तले मन्चमा पुर्याए । उनीहरुलाई मन्चमा रहेका पूर्वअध्यक्षहरु तथा वर्तमान अध्यक्षले पालैपालो सम्मान गर्दा सम्मानित बृद्धबृद्धा निकै खुसी देखिन्थे ।

संघका अध्यक्ष घिमिरेले बृद्धबृद्धाहरुको संरक्षणमा संघले आर्थिक सहयोग गर्ने घोषणा गर्दै समाजमा रहेका बृद्धबृद्धाहरुलाई सम्मान गर्ने संस्कारको विकास गर्ने उद्देश्यले यो कार्यक्रम थालिएको जनाए । उनले धेरै परिवारमा बृद्धबृद्धाहरुलाई हेला गर्ने बानीको विकास भएकाले त्यसले समाजलाई गलत बाटोमा लैजाने र हाम्रो संस्कार समेत बिगार्ने चिन्ता बढेको बताए ।

संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवल मण्डपमा जारी लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलामा २ दिनमा ३ लाख भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । मेला सञ्चालन भएको १० औं र ११ औं दिनमा सार्वजनिक विदा परेका कारण मेलाको अवलोकन गर्न ठूलो संख्यामा अवलोकनकर्ताहरु आएका थिए । प्रदर्शनीस्थल बुटवल मण्डपको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको क्षेत्र अवलोकनकर्ताहरुले भरिभराउ भएको थियो । दर्शकहरुको भिड बढेपछि लाइन व्यवस्थापन गर्दै सहज प्रवेश र निकास र प्रवेशद्वारहरु पनि थप गरिएको थियो ।

मेला सचिवालयका अनुसार प्रदर्शनी स्थलमा २ दिनमा करिव ३ लाख दर्शकहरु अवलोकनका लागि आएको अनुमान गरिएको छ । सार्वजनिक विदा परेका कारण मेला हेर्न स्कूलमा अध्ययन गर्ने विद्यार्थी तथा अभिभावहरु तथा कार्यालयहरुमा काम गर्ने दर्शकहरुसंगै महिलाहरुको अत्यधिक आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?