ट्रेंडिंग:

>> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण

नेतृत्व नपाउँदा निरीह बन्दै लुम्बिनीका विषयगत समिति

१५ पुष २०८०, आइतबार
१५ पुष २०८०, आइतबार

बुटवल, १५ पुस ।

लुम्बिनी प्रदेशसभा अन्तर्गतका विषयगत समिति लामो समयदेखि नेतृत्वबिहीन बनेका छन् । नेतृत्व चयनका लागि आगामी मंगलबार निर्वाचन हुने भनिएपनि प्रदेशसभाले आइतबार सूचना जारी गर्दै निर्वाचन स्थगीत गरेको छ । प्रदेशसभाले जारी गरेको सूचनामा सभामुखको निर्देशन अनुसार निर्वाचन स्थगीत गरिएको उल्लेख छ ।

सभामुख तुलाराम घर्तीको अध्यक्षतामा अघिल्लो सोमबार देउखुरीमा बसेको कार्य व्यवस्था परामर्श समितिको ८ औं बैठकले पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको मिति तोकेको थियो ।

मुख्यमन्त्रीले जतिसुकै समृद्धि र विकासका कुरा गरे पनि उनको सफलता सरकारको पूर्ण व्यवस्थापन र विषयगत समितिको कामकारबाहीमा निर्भर मानिन्छ । लुम्बिनी प्रदेश सभाले ६ महिना अघि ६ वटा प्रदेश सभा अन्तर्गतका विषयगत समिति गठन गरेको थियो ।

लामो समयको रस्साकस्सीपछि गठिन समितिका सभापति चयन नहुँदा समिति कामबिहीन बनेका छन् । असार ३० गते यी समिति गठन भएका थिए । अहिलेसम्म ६ वटा विषयगत समिति मध्ये तीनवटा समितिको मात्र बैठक बसेको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुनले नियमावलीमा स्पष्ट व्यवस्था भएकाले बैठक बस्न समस्या नभएको तर, समितिमा छलफलका लागि विधेयकको अभाव रहेको बताए । मुख्यमन्त्री र विपक्षी दलका नेताले तयारी नपुगेको भन्दै एकसाता सार्न आग्रह गरेकाले निर्वाचन स्थगीत गरिएको सचिव पुनले बताए ।

लुम्बिनी प्रदेशसभा नियमावली २०७९ मा सभापति चयन नहुँदासम्म ज्येष्ठ सदस्यले बैठकको सभापतित्व गर्ने उल्लेख छ । एमाले प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेश सभालाई बिजनेश नदिएर सरकारले भूमिका बिहीन तुल्याएको आरोप लगाए । विषयगत समितिको नेतृत्व चयनदेखि कानुन निर्माणमा सरकारले चासो नदिएको उनको भनाई छ । लुम्बिनी प्रदेशसभा गत वर्षको पुस १७ गते देखि सञ्चालन भएको थियो ।

सरकारले बिजनेस दिन नसकेपछि प्रदेश सभाका वर्षे अधिवेशन नै अन्त्य गरिएको उनले बताए । संसदीय समितिको भागवण्डामा भने सबै दलहरु सहमत भइसकेका छन् । प्रतिपक्ष एमालेलाई दुई वटा संसदीय समितिको नेतृत्व दिएर बाँकी ४ संसदीय समितिहरू सत्ता पक्षीय गठबन्धनका बिचमा भागवण्डा गर्ने सहमति भएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार सुरुमा सामाजिक विकास समितिको बैठकले स्वास्थ्यसम्बन्धी विधेयक छलफल गरेर संसद्मा पठाएको थियो । त्यसपछि प्रदेश मामिला तथा कानुन समिति र अर्थ, उद्योग तथा पर्यटन समितिले ज्येष्ठ सदस्यलाई सभापति बनाएर आआफ्नो काम गरेका थिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारलाई पूर्णता दिएपछि विषयगत समितिको नेतृत्व टुंगिने यसअघि प्रदेश सभामुखले बताएका थिए । तर सरकारले पूर्णता पाएको दुईसाता बित्दा समेत विषयगत समितिको नेतृत्व चयन हुन नसक्दा प्रदेश सभा र सरकार दुवैको कार्यशैली रु क्षमतामाथि नै प्रश्न उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?