ट्रेंडिंग:

>> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी

करेन्ट चाउचाउको बिक्री वितरण रोकिएको छैन : यशोदा फुड्स

१५ पुष २०८०, आइतबार
१५ पुष २०८०, आइतबार

बुटवल ।

यशोदा फुड्स प्रालिले करेन्ट चाउचाउको बिक्री वितरण नरोकिएको जनाएको छ ।

विज्ञप्ति जारी गर्दै यशोदा फुड्सले करेन्ट चाउचाउको बिक्री वितरण नरोकिएको जानकारी दिएको हो । ट्रेडमार्क नक्कल गरेको भन्दै वाइवाइ चाउचाउ उत्पादक सीजी फुड्सले दायर गरेको मुद्दामा विवादित लेबलको दर्ता प्रमाणपत्र दिने कार्य रोक्न मात्र आदेश आएको र बिक्री वितरण नरोकिएको यशोदा फुड्सले स्पष्ट पारेको छ ।

यशोदा फुड्सले नेपालमा करेन्ट ट्रेडमार्क अन्तर्गत विभिन्न स्वादका चाउचाउ, चिजवल्स तथा स्न्याक्स उत्पादन गर्ने गरेको छ । कम्पनीले उद्योग विभागबाट विभिन्न मितिमा दर्ता नं ०५६९३९, ०६६९४१, ०६०९२४, ०६०९२५, ०६०९२८ लगायतबाट ट्रेडमार्क करेन्टको दर्ता प्राप्त समेत गरिसकेको जानकारी दिएको छ ।

सीजी फुड्सले करेन्ट चाउचाउको बिक्रीवितरण रोक्नुपर्ने माग गर्दै यसअघि उद्योग विभागमा उजुरी दिएको थियो । तर विभागले ट्रेडमार्क दर्ता हुने भनी २०८० जेठ २९ गते निर्णय गरेको थियो ।

त्यसपछि सीजी फुड्सले उद्योग विभागको निर्णयविरुद्ध उच्च अदालत पाटनमा पुनः करेन्ट चाउचाउको उत्पादन बिक्री वितरण रोक्नका लागि अन्तरकालीन आदेश माग गर्दै मुद्दा दायर गरेको थियो ।

उच्च अदालत पाटनको संयुक्त इजालसले सुनुवाइ गर्दै सुरु तहले गरेको निर्णयको न्यायिक परिक्षण भई अन्तिम टुङ्गो लाग्न समेत बाँकी रहेको अवस्था हुँदा उद्योग विभागले गरेको निर्णय जारी मुद्दाको फैसला नहुँदासम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न उपयुक्त हुने आदेश दिएको थियो ।

सो आदेशको गलत व्याख्या गरी विभिन्न सञ्चारमाध्यममा कम्पनीको उत्पादन बिक्री वितरणमा उच्च अदालतले रोक लगाएको भनी दुष्प्रचार गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको कम्पनीले जनाएको छ ।

‘उच्च अदालतले उद्योग विभागको निर्णय कार्यान्वन नगर्न अर्थात्‌ विवादित लेबलको दर्ता प्रमाणपत्र दिने कार्य रोक्ने आदेश दिएको विषयलाई गलत व्याख्या गरी बिक्री वितरणमै रोक लगाएको भन्ने भ्रामक समाचारमा कुनै सत्यता नरहेको कम्पनीले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?