Butwal Today

आजको मौसमः उच्च भूभागमा हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो

१५ पुष २०८०, आइतबार
अ+
अ-

काठमाडौँ ।

हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले यतिबेला देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली भएको छ। तराई मधेशमा हुस्सु र कुहिरो लागेको छ।

आइतबार दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने अनुमान छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा आज हल्का हिमपातको पनि सम्भावना रहेको छ।

आज राति देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात तथा तराईका भूभागमा हुस्सु र कुहिरोको कारण बढ्ने चिसोबाट बच्नको लागि आवश्यक उपाय अपनाउन पनि महाशाखाले सबैलाई अनुरोध गरेको छ।