ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

विद्युतीय सवारीमा चुलिँदो क्रेज: एक महिनामै ९०० वटा गाडी नेपाल भित्रिए

१४ पुष २०८०, शनिबार
१४ पुष २०८०, शनिबार

काठमाडौं ।

नेपालमा विद्युतीय सवारीप्रतिको क्रेज बढ्दो नै छ । भन्सार विभागले प्रकाशित गरेको चालु आर्थिक वर्षको ५ महिनाको आँकडाले पनि यस्तो देखाएको हो ।

विभागका अनुसार चालु आवको पाँच महिनामै विभिन्न तौल क्षमताका ३ हजार ६८६ वटा विद्युतीय गाडी (कार, जीप र भ्यान) नेपाल भित्रिएका छन् । जुन गत आवको सोही अवधिको तुलनामा २.७२ गुणा बढी विद्युतीय गाडी आयात भएका हुन् । गत आवको मङ्सिरसम्म भने १ हजार ३५३ वटा मात्रै गाडी नेपाल आएका थिए ।

विभागका अनुसार एक महिनामै अर्थात् कात्तिकको तुलनामा थप ८९९ वटा विद्युतीय गाडी (२०१ किलोवाट देखि ३०० किलोवाटसम्मका पिक पावर जडित समेत) आयात भएका छन् ।

नेपालमा चीन, भारत, कोरिया, जर्मन, इन्डोनेसिया, अमेरिका लगायतका मुलुकहरूबाट विद्युतीय सवारी आयात हुने गरेको छ । समीक्षा अवधिमा ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताक विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।

नेपालमा पछिल्लो विद्युतीय सवारीप्रति आकर्षण बढी रहेको छ । नेपाल अटो बजारमा पनि बिस्तारै विद्युतीय गाडी केन्द्रित भएको पाइन्छ । विद्युतीय सवारी साधनका लागि सरकारले पनि नीति मार्फत नै प्रोत्साहन गरेको छ । सरकारले चालु आव २०८०/८१ को बजेट मार्फत नै पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउन विद्युतीय सवारी साधनको उत्पादन र प्रयोगलाई प्रोत्साहित गर्ने उल्लेख गरेको छ । जसले विद्युतीय सवारी प्रयोगको सङ्ख्या वृद्धिमा थप योगदान गरेको छ ।

पछिल्लो समय विद्युतीय सवारी किन्ने ग्राहकका सङ्ख्या पनि बढ्दो क्रममा रहेको छ । विद्युतीय सवारी चार्जिङ्ग स्टेशन निर्माण पनि तिव्र रुपमा भईरहेका छन । लामो दुरीमा गाडी चलाउँदा वा घरमा खरिदकर्तालाई प्रोत्साहन हुनेगरि आवश्यक पूर्वाधार पनि बिस्तारै बन्दै गएकाले पनि आकर्षण बढेको बताइन्छ । नेपाल विद्युत् प्राधिकरणले पनि विद्युतीय सवारी चार्जिङ्ग स्टेसन निर्माण गरिरहेको छ । यसका साथै निजी क्षेत्रबाट पनि चार्जिङ्ग स्टेसन निर्माणका भइरहेका छन् ।

चालु आवको पाँच महिनामा ९ अर्ब १० करोड ६४ लाख रुपैयाँ बराबरको सवारी नेपाल भित्रिएको हो । सो बराबरको विद्युतीय गाडी आयातबाट सरकारले ४ अर्ब २ करोड ८८ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

विभागका अनुसार गत कात्तिकमा पनि ६५२ वटा, असोजमा १ हजार २३७ वटा, भदौमा ७८८ वटा र गत साउनमा ११० वटा विद्युतीय सवारी आयात भएको थियो ।

विभागका अनुसार सबैभन्दा धेरै  विद्युतीय गाडी चीनबाट आउने गरेको छ । पाँच महिनामा विभिन्न तौल क्षमताका  २ हजार २९७ वटा गाडी चीनबाट आयात भएको छ । यस्तै, भारतबाट पनि १ हजार ३३८ वटा गाडी आयात भएको छ । समीक्षा अवधिमा कोरियाबाट २८ वटा, इन्डोनेसियाबाट १७, जर्मनबाट ३ वटा र अमेरिकाबाट पनि ३ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।

कस्ता इभिमा नेपालीको बढी आकर्षण ?

पाँच महिनामा आयात भएका विद्युतीय गाडीको तथ्याङ्क अनुसार नेपालीहरूको धेरै रुचि ५० देखि १०० किलोवाट तौल क्षमताका सवारीमा बढी आकर्षण देखिएको छ । अझ बढी भने १०० किलोवाट तौल क्षमता इभिमा आकर्षण देखिएको छ ।

विभागका अनुसार पाँच महिनामा २ हजार २८ वटा इभि १०० तौल क्षमताका आयात भएका छन् । यस्तै, ५० किलोवाटसम्मका भने १ हजार ५९५ वटा र २०० किलोवाटसम्मका ५२ वटा सवारी नेपाल भित्रिएका छन् । यस्तै, २०१ किलोवाटदेखि ३००० किलोवाटसम्म (पिक पावर जडित) का विद्युतीय सवारी भने ११ वटा मात्रै आयात भएको छ ।

विश्व बजारका लोकप्रिय ब्रान्डको विद्युतीय कार, जिप, भ्यानहरू नेपालमा उपलब्ध छन् । नेपालमा महिन्द्रा, किया, टाटा, एमजी र हुण्डाइ, बिवाइडी ब्रान्डको विद्युतीय कारहरू निकै रुचाइएका विद्युतीय कारको ब्रान्ड हुन् । नेपालमा पछिल्लो विद्युतीय सवारीप्रति आकर्षण बढी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?