ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

ल्होसारका अवसरमा झाँकीसहितको शान्ति -याली

१४ पुष २०८०, शनिबार
१४ पुष २०८०, शनिबार

बुटवल ।

तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले गुरुङहरुको महान पर्व मुप्री (गिद्ध वर्ग) ल्होसारको अवसरमा बृहत् झाँकी सहित शान्ती र्याली सम्पन्न गरेको छ । पुष्पालाल पार्कबाट सुरु भएको झाँकी र्याली नगर परिक्रमा गर्दै परिषदको प्राङ्गण रामनगरमा पुगेको थियो ।

कार्यक्रमको प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्नुका साथै त्रीमुर्तिमा माल्यर्पण गरेका थिए । कार्यक्रममा बोल्दै उनले गुरुङ जातिहरुको संस्कार संस्कृती र रीतिरिवाजहरु सबै आफ्नो जातिय संस्कारसंग मिल्दो जुल्दो भएकोले पुर्खाहरु एउटै हुन सक्ने बताए । अहिले आएर मृत्यु संस्कार, हरेक कुराहरु समय परिस्थिति अनुसार परिवर्तन हुँदै गएकोले केही भिन्नता भएको उनले बताए ।

त्यसैगरी तमु छोज धि मुखपत्रको विमोचन र तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद बुटवल नगर समितिले नगरभित्र रहेका इकाईमा आवद्ध आर्थिक अवस्था कमजोर भएकाहरुलाई न्यानो कम्बल, खाद्यान्न प्रदेश प्रमुखबाट वितरण गरिएको थियो । त्रीमुर्तिका छोराहरु डम्बर गुरुङ, मोहन गुरुङ, जय बहादुर गुरुङ र कृष्ण गुरुङले त्रीमुर्तीका नाममा परिषदको प्राङ्गण निर्माण गरिएको मन्च नामाकरण गर्न तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देहीलाई सात लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्याल, केन्द्रीय सदस्य झमबहादुर गुरुङ, देवदह इकाईका अध्यक्ष मन बहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा गुरुङ पुरोहितहरुले छ्याडु नाच प्रस्तुत गरेका थिए । त्यसैगरी इकाई स्तरीय नृत्य प्रतियोगितामा लोक दोहोरी गायक तथा नायक धन बहादुर गुरुङ, मम आइडल बिजेता कृष्ण कुमारी गुरुङ र नृत्य निर्देशक संघ रुपन्देहीका अध्यक्ष सुन्दर गुरुङले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा छ वटा इकाई समितिलाई पछि पार्दै मधवलिया इकाई समितिले प्रथम पुरस्कार नगद दश हजार प्राप्त गरेका छन् ।

त्यसैगरी द्वितीय पुरस्कार खेमा छोज धि देवदहले नगद सात हजार प्राप्त गरेको छ भने तृतीय पुरस्कार ढेकार इकाई समितिले नगद पाँच हजार र सान्त्वना पुरस्कार नगद तीन हजार ज्योतिनगर इकाई समिती बुटवलले प्राप्त गरेका छन् ।

परिषदका जिल्ला अध्यक्ष बिमला गुरुङ, वरिष्ठ उपाध्यक्ष राम बहादुर गुरुङ, सचिव ओम प्रकाश गुरुङ, आशा गुरुङलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

गुरुङहरुको धार्मिक संस्था तमु प्ये ल्हु सँघ नगर समिति बुटवलले पनि गुरुङहरुको महान पर्व मुप्री ल्हो (गिद्ध वर्ग) ३२२७६ औं तमु ल्होसार २०८० को अवसरमा शान्ति झाँकी र्याली सम्पन्न गरेको छ ।

तमु प्ये ल्हु संघका केन्द्रीय उपाध्यक्ष देवि प्रसाद गुरुङले र्यालीको उदघाटन गरेका थिए । गोलपार्कदेखि सुरु भएको झाँकी र्याली ट्राफिक चोक हुँदै बेलबास– १५ पहिले भित्तामा रहेको गुरुङहरुको धार्मिक संस्था कोँहिबो धि सम्म पुगेको थियो । गुरुङ पुरोहितहरुले प्रयोग गर्ने बाजा गाजा त्यसै गरी गुरुङ मौलिक छ्याडु नृत्यका साथ झाँकी र्याली सम्पन्न गरेको हो । कार्यक्रममा गुरुङ संस्कृती झल्किने विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । तमु प्ये ल्हु संघ बुटवल नगरका अध्यक्ष रुप बहादुर गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?