ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

दुर्घटना न्यूनीकरणको अभ्यास

२०६६ सालबाट सुरुवात भएको प्रशिक्षण कार्यक्रमबाट अहिलेसम्म ८ हजार भन्दा बढि सवारी चालक, सह चालक, सहयोगीले तालिम/प्रशिक्षणमा भाग लिइसकेका छन् । यसबाट ३५ देखि ४० प्रतिशतसम्म दुर्घटना कम भएका दाबी गरिएको छ ।
१४ पुष २०८०, शनिबार
१४ पुष २०८०, शनिबार

बुटवल, १४ पुस ।  वि.सं. २०६६ सालमा सवारी साधन दुर्घटनाको क्षति वापत तत्कालिन पश्चिम नेपाल बस व्यवसायी समितिले १३ करोड भन्दा बढि रकम खर्च गर्न बाध्य भयो । यो भन्दा पहिलाका बर्षहरूमा पनि यस्तै प्रकृतिको खर्च सवारी साधन दुर्घटनाबाट भएको उपचार तथा क्षतिपूर्र्तिमा खर्च हुँदै आएको थियो ।

सवारी चालक अनुमती पत्र (लाईसेन्स) प्राप्त गरेपनि यातायातका साधन चलाउने चालक, सह चालकहरूमा व्यवहारिक ज्ञानको कमी, ट्राफिक नियम विषयमा समेत जानकारी कम हुँदा दुर्घटनाको दर समेत बढ्दो थियो । त्यसबाट बस समितिले एउटा निर्णय ग¥यो, अब भने चालक, सह चालक, सहयोगी लगायतकालाई नियमित रूपमा प्रशिक्षण प्रदान गर्ने । सोही अनुसार २०६६ सालबाट सुरुवात भएको प्रशिक्षण कार्यक्रम अहिले पनि जारी छ । हालसम्म ८ हजार भन्दा बढि सवारी चालक, सह चालक, सहयोगीहरूलाई तालिम/प्रशिक्षण प्रदान गरिएको पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक तथा आन्तरिक सवारी साधन व्यवस्थापन दुर्घटना न्यूनीकरण समितिका संयोजक समेत रहेका नारायण प्रसाद घिमिरे बताउँछन् ।

यसरी सवारी चालक, सह चालक लगायतलाई व्यवहारिक ज्ञानसहित मानिसको मानवीयता, सहित जिम्मेवारीको विषयमा समेत तालिममा प्रशिक्षण प्रदान गरिने भएको कारण पनि अधिकांस चालकले लापरवाहीबाट दुर्घटना गराउने क्रम घटेको उनको भनाइ रहेको छ । उनी भन्छन्–‘हामी नियमित रूपमा तालिम प्रदान गर्दै आएका छौं,तालिममा चालक, सह चालकका दुःख, सुख सहितका उनीहरूले गर्नुपर्ने जिम्मेबारी, अन्य नागरिक प्रतिको दायित्व, ट्राफिक नीति नियम, लगायत आफ्नै परिवारको विषयमा पनि प्रशिक्षण दिन्छौ, जसले गर्दा भवितव्य बाहेकको अवस्थामा दुर्घटना अत्यन्तै कम हुने गरेका छन् ।’

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलका अनुसार अहिलेसम्म दुर्घटना नगराउने चालकहरूलाई नियमित रूपमा साधारणसभा तथा अधिवेसनमा सम्मान समेत गरिँदै आएको छ । जस अनुसार हालसम्म ७५ भन्दा बढि सवारी चालक पुरस्कृत समेत भएका छन् । प्रशिक्षणबाट ३५–४० प्रतिशतसम्म दुर्घटना कम भएको अध्यक्ष खरेलको भनाई छ । उनी थप्छन्–‘नियमित तालिम प्रदान गर्न थालेपछि दुर्घटनाको दर समेत घटेको छ, जसले उपचार वा क्षतिपूर्तिको लागि दिनुपर्ने लाखौं रकम समेत जोगीएको छ ।’

उनले सहकारी मार्फत सवारी साधनमा काम गर्ने चालक, सह चालक, सहयोगीहरूलाई बढिमा ५ बर्षमा साधनको मालिक बनाउने गरी काम गर्दै आएको पनि उनको भनाइ रहेको छ । मर्यादित जिम्मेवार चालक बनाउनको लागि अभियान नै अगाडी बढाएको अध्यक्ष खरेलको भनाई छ ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्धक रामचन्द्र भुषालका अनुसार पश्चिम नेपाल यातायात सहकारी संस्था समेत स्थापना गरी अहिले काम गरिएको छ । सहकारीमा आवद्ध भएका व्यवसायीहरूलाई १५ लाखको दुर्घटना बीमा समेत गरिएको छ । ५ लाख रूपैयाको मृत्यु बीमा समेत गरिएको छ । यदि सहकारी सदस्यको निधन भएमा परिवारका सदस्यहरूको लागि १५ लाख रूपैयाँ प्रदान गरिने गरी कार्यक्रम जारी रहेको उनको भनाई रहेको छ । उनी भन्छन्–‘मासिक १ हजार रूपैयाँ नियमित रूपमा जम्मा गर्ने सहकारीका सदस्यहरूको लागि विमा सहित को अन्य बैंकको भन्दा सस्तोमा कर्जा, उपचार कर्जा, परिवारका सदस्यहरूको लागि बैदेशिक अध्ययन वा अन्य विषयमा समेत सहुलित कर्जा प्रदान गर्दै आएका छौं ।’

पश्चिम नेपाल बस व्यवसायी प्रालिले चालकहरूलाई स्थान, अवस्था र बाटोको स्तर हेरेर ४ बर्गमा बर्गकरण समेत गरेको छ । जसअनुसार राजमार्ग वा मुख्य मार्गमा चलाउनेहरूको लागि छुट्टै बर्ग, पहाडी जिल्लाहरूमा चलाउनेहरूको लागि छुट्टै बर्ग, माईक्रो चालकको लागि छुट्टै र ह्वीगर चालकहरूको लागि छुट्टै बर्ग निर्धारण गरि सोही अनुसारको परिचय पत्र समेत व्यवस्थापन गरिएको बस व्यवसायी प्रालिका सञ्चालक नारायण प्रसाद घिमिरेले बताए ।

प्रालिले शुक्रबार पनि १ सय ६८ जना चालक, सह चालक, सहयोगी मजुदुलाई प्रशिक्षण प्रदान गरिएको छ । प्रशिक्षण लिएको प्रमाण पत्र नभए रुट समेत खारेजी गरिने भन्दै चेतावनी समेत दिइएको कारण पनि पछिल्लो समयमा प्रशिक्षण लिनेहरूको संख्या समेत बढ्दै गएको हो ।
तालिममा प्रशिक्षण दिदै नेपाल यातायता मजदुर संगठन लुम्बिनी प्रदेश अध्यक्ष मोहन केसीले कसैले पनि सवारी साधान चलाउँदा लापरवाही गर्ने छुट नभएको बताए । उनले एक जना चालकको भरमा सयौंको संख्यामा यात्रु र हजारौंको संख्यामा तीनका परिवार समेत रहेको भन्द उनीहरूको भरोसालाई गुन्म नदिनको लागि पनि चालकले नियमित रूपमा ट्राफिक नियमको पूर्ण पालन गरी सवारीसाधन चलाउनुपर्ने बताएका थिए ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरिक्षक शोभा पाण्डेले प्रशिक्षण प्रदान गर्दै एक मिनेटको लापरवाहीको कारण जिन्दगी नै बर्बाद हुने तर्फ सदैभ सचेत हुनपर्ने बताईन । बढ्दो प्रतिष्पार्धाको समयमा मिठो बोली, सत्कार सहितको सेवा बाट सेवाग्राहीहरूलाई आकर्षण गरेर मात्रै अवको व्यवसाय सञ्चालन हुने भन्दै उनले अव पुरानो पाराको व्यवहार नचल्ने समेत बताईन ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक जितेन्द्र खत्रिका अनुसार व्यवहार सुधार गरी पूर्णरूपमा नियम पालना गर्ने हो भने यसले दीर्घकालिन रूपमा समेच चालक र सबैको भलो हुने बताए ।

सहकारीमार्फत मालिक

पश्चिम नेपाल वस व्यवसायी प्रालिले अहिले यातायात सहकारी सञ्चालन गरिरहेको छ । मासिक १ हजार रूपैयाँ जम्मा गरी यातायात सञ्चालक, चालक, सह चालक तथा सहयोगीहरू यसको सदस्य हुन पाउने छन् । निकट भविश्यम सहकारी मार्फत पेट्रोल पम्प स्थापना गरी जसबाट आएको नाफा रकम सहकारीका सदस्यहरूलाई नै वितरण गर्ने गरी तयारी समेत गरिएको प्रालिका अध्यक्ष दधिराम खरेल बताउँछन् । अवको दुई बर्षमा यो सुरुवात हुने उनको भनाई छ । यसको साथै सहकारीमा आवद्ध भएको कम्तीमा पनि ५ बर्षमा मजदुर बाट सवारी साधानको मालिक बनाउने गरी सोही अनुसार सस्तो दरमा कर्जा प्रवाह गर्ने समेत उनले प्रतिवद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?