ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

सुरुङ मार्ग खण्डमा सय दिन सडक बन्द गर्ने निर्णयमा पाल्पा र रुपन्देहीका सिडिओको अलग अलग निर्णय

माघे संक्रान्ति र रिडि मेलालाई मध्यनजर गर्दै पुस २९देखि माघ १ गतेसम्म सवारी साधन आवागमन बन्द नहुने
१३ पुष २०८०, शुक्रबार
१३ पुष २०८०, शुक्रबार

बुटवल,१३ पुस ।  सिद्धार्थ राजमार्ग अन्तर्गतको निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग खण्डमा यही पुस १६ गतेदेखि एक सय दिनसम्म दैनिक ६ घण्टा बन्द गर्ने पाल्पाका प्रमुख जिल्ला अधिकारीको निर्णयमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले असहमति जनाउंदै अर्को निर्णय गरेका छन् ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले पुस ८ गते एक सूचना जारी गरी सुरुङ मार्ग निर्माण स्थलमा पुस १६ गते सय दिनसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म दमकल, एम्बुलेन्स, शववाहन र विपदका साधन बाहेकका सवारीसाधनलाई सन्चालनमा रोक लगाउने सूचना जारी गरेका थिए ।
तर उक्त निर्णयमा सुरुङ मार्ग निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई कामको प्रगतिबारे कुनै शर्त नराखिएको,सडक प्रयोगकर्तालाई वैकल्पिक मार्गको विषयमा उल्लेख नगरिएको, रिडीमा लाग्ने हिन्दु नेपालीहरुको महत्वपूर्ण पर्व रिडी स्नान मेलाबारे ख्याल नगरिएकाले सडक बन्दबारे अर्को निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
एकैपटक सय दिन दिनसम्म सडक बन्द गर्ने निर्णय उपयुुक्त नभएको भन्दै रुपन्देहीका प्रजिअ अर्यालले सडक बन्द हुने सय दिनलाई दुई चरण (५०–५० दिन) मा विभाजित गरी प्रत्येक हप्ताको कामको प्रगतिको सुक्ष्म अनुगमन गरेर मात्र अर्को निर्णय गर्नुपर्ने निर्णय गरेका छन् ।
कामको प्रगति तथा समग्र प्रभावको सुक्ष्म अनुगमनका आधारमा दोस्रो चरणको आवागमन बन्द गर्ने निर्णयलाई आवश्यकता अनुसार थप परिमार्जन गरिने उनले बताए ।

यस्तै माघे संक्रान्ति र रिडि मेलालाई मध्यनजर गर्दै पुस २९देखि माघ १ गतेसम्म सवारी साधन आवागमन बन्द नहुने निर्णय गरेका छन् । सडक आवागमन बन्द गरी गरिने निर्माण कार्यहरु निर्धारित ससमयमा पूरा गर्ने र निर्माण कार्यको प्रगतिको साप्ताहिकरुपमा सुक्ष्म अनुगमन गरी सर्वसाधारणको जानकारीका लागि सार्वजनिक समेत गर्ने निर्णय गरिएको प्रजिअ अर्यालले जानकारी दिए ।
सवारी साधनको आवत जावत बन्द गर्ने समय अवधिमा वैकल्पिक सडकको रुपमा साना सवारी साधनको लागि नुवाकोट–दोभान सडक खण्डलाई प्रयोगमा ल्याउने र उक्त सडक सहज सञ्चालनका लागि मर्मत कार्ययोजना कार्यालयले तत्कालै गर्ने निर्णय भएको छ ।
सडक बन्द हुने र गरिने विषयको सूचना सम्बन्धित सबै सरोकारवाला निकायहरु तथा सडक प्रयोगकर्ताहरुमा प्रवाह गर्न होर्डिङ बोर्ड लगायत आवश्यक व्यवस्था गरी अन्योलता हटाउने र  सडक प्रयोगकर्ता लगायत सरोकारवालाहरुको सहजताका लागि सम्पर्क व्यक्तिको रुपमा योजना कार्यालयका इन्जिनियर सविता ज्ञवालीलाई तोक्ने निर्णय भएको छ । सडक आवागमन बन्द हुने समयमा हुनसक्ने सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायले आवश्यक सतर्कता र सावधानी अपनाउन प्रजिअ अर्यालले निर्देशन दिएका छन् ।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्ग बनाउने काम जारी छ ।
चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्ग निर्माण गर्न ७ अर्ब ३४ करोड रुपैयाँमा ठेक्का पाएको छ । सम्झौता अनुरूप काम भए अबको चार वर्षमा सिद्धबाबामा सुरुङ मार्ग बन्ने छ ।
रुपन्देहीको तिनाउ गाउँपालिका–२, दोभानमा साइट क्याम्प तयार गरेर चिनियाँ प्राविधिक र कामदारहरुले काम गरिरहेका छन् । सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग डेढ वर्ष अघि ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
सुरुङ मार्ग निर्माण शुरु गर्नु अगाडि बुटवल र पाल्पा दुवैतर्फको जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सन लगायतका प्रविधिमार्फत साढे ३ किलोमिटर सडकलाई सुरक्षित बनाउने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?