Butwal Today

ल्होसारका अवसरमा मानव सेवा आश्रममा खाद्यान्न सहयोग

१३ पुष २०८०, शुक्रबार
अ+
अ-

निरु गुरुङ (मनु)
बुटवल, १३ पुस ।

गुरुङहरूको महान चाड ल्होसारको अवसरमा बुटवलको मानव सेवा आश्रममा खाद्यान्न वितरण गरिएको छ ।

तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद बुटवलले बुटवल ८ सुख्खानगरमा रहेको मानवसेवा आश्र मा खाद्यान्न वितरण गरेको हो ।

त्यस अवसरमा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद रुपन्देहीका सचिव ओमप्रकाश गुरुङले मानव सेवा आश्रममा रहेका असहायहरुलाई सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गरे ।

खाद्यान्न वितरणमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद रुपन्देही जिल्लाका कोषाध्यक्ष मन प्रसाद गुरुङ, सह कोषाध्यक्ष मनिराज गुरुङ,  पविन्द्र गुरुङलगायतको सहभागिता रहको थियो । खाद्यान्न मानवसेवा आश्रमका अभिभावक तथा संरक्षक शेर बहादुर गौतमलाई हस्तान्तरण गरिएको थियो ।