Butwal Today

पौवा न्यु ईयर इभमा रचना र पशुपती

१३ पुष २०८०, शुक्रबार
अ+
अ-

बुटवल, १३ पुस । अंग्रेजी नयाँ वर्षलाई विविध सास्कृतिक कार्यक्रमका साथ स्वागत गर्दै आएको होटल पौवाले यो वर्ष भैरहवा शाखामा ‘न्यू इयर इभ २०२४’ गर्ने भएको छ । नेपाली स्वाद, नेपाली संस्कृति र रैथाने परिकारलाई मुख्य जोड दिएको पौवा आफ्नो ग्राहकहरुलाई नया वर्षमा कलाकारका साथ मनोरन्जन प्रदान गर्ने थालनी गरेको हो ।

पुस १५ गते साँझ आयोजना हुने इभमा नेपाली आधुनिक संगीत क्षेत्रकी चर्चित गायिका रचना रिमाल र लोक गायक पशुपति शर्माले ग्राहकहरुलाई रमाइलो प्रदान गर्ने छन । यसैगरि अमित बरालको ब्याण्ड सहित ख्यातीप्राप्त स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने पौवाका जनसम्पर्क तथा ब्राण्ड प्रमुख विष्णु भण्डारीले बताए । इभमा प्रवेश निशुल्क गरिएको उनले बताए । पौवाले नेपाली चाडपर्व, भाषा संस्कृति विशेष र जनजातीहरुको मौलिक परम्पराहरुमा विशेष कार्यक्रम गर्दै आएको छ ।

अंग्रजी नयाँ वर्षमा पनि सम्पूर्ण नेपाली पाराको सत्कार, परिकार र सेवा प्रदान गर्ने तयारी गरिएको पौवा भैरहवाका प्रबन्धक गिरीराज पाण्डेले बताए ।

नेपाली हस्पिटालिटीको मुल उद्देश्यका साथ २०७३ सालमा स्थापना भएको पौवाको हाल नेपालका बिभिन्न स्थानमा १२ वटा शाखा रहेका छन् भने १३ औं शाखाका रुपमा नेपालगन्जमा निर्माण कार्य सुरु गरिएको पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए ।