ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

मुलुकलाई परनिर्भरताबाट बचाऔं

१२ पुष २०८०, बिहीबार
१२ पुष २०८०, बिहीबार

राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय कृषिगणना २०७८ को नतिजाले कृषि प्रधान मुलुक नेपाल विस्तारै कृषिबाट बिमुख बन्दै गएको देखाएको छ । नेपालमा कुल घर परिवारको संख्या ४१ लाख ३० हजार ७८९ रहेकोमा २२ लाख १८ हजार ४१० घर परिवार मात्रै कृषिमा आवद्ध रहेको तथ्याँक सार्वजनिक भएको हो । यसले नेपाल कृषिमा परनिर्भर हुँदै गएको देखिएको छ । कृषि प्रधान मुलुक जहाँ ८० प्रतिशत बढी कृषक थिए । २० बर्षको अन्तरालमै जम्मा ६२ प्रतिशत जनतामात्र कृषिमा संलग्न देखिनु चिन्ताको बिषय हो । रूपन्देहीकै कुरा गर्दा जिल्लामा १ लाख १७ हजार ३३३ कृषक परिवारले ६५ हजार ५५५ हेक्टर जग्गामा कृषिकार्य गरिरहेको तथ्याङ्क सार्वजनिक हुनु दुःखलाग्दो कुरा हो । यसले के देखिन्छ भने नेपालमा कृषि गर्ने घर परिवार कृषिबाट बिमुख हुँदैछन । रूपन्देहीमा कृषिमा आवद्ध परिवार मध्ये ७१ प्रतिशत पुरुष र बाँकी २९ प्रतिशत महिला रहेको तथ्यांक छ । अर्को चिन्ताको कुरा छ– लुम्बिनी प्रदेशमा कृषि पेशामा आवद्ध रहेका घर परिवारहरू मध्ये ५१ प्रतिशत घर परिवारलाई वर्षभरि खान पुग्दैन् । लुम्बिनी प्रदेशमा कृषि पेशा गर्नेमध्ये ४९ प्रतिशतलाई मात्रै वर्षभरि खान पुग्छ । आखिर किन यस्तो भैरहेको छ ? यसमा गंभीर समीक्षा गर्नु जरुरी छ । सरकार यो बिषयमा कुनै बहस, छलफल नै गर्न चाहँदैन । उत्पादन घटिरहेकोले यो अवस्था आएको हो भन्ने अनुमान गर्ने हो भने पनि भोलीको दिनमा यो चिन्ताकै बिषय हो । कृषि प्रधान मुलुक कृषिबाट बिमुख हुँदै जाने र खान समेत नपुग्ने अवस्था आउनु भनेको नेपाललाई खाद्यान्नमा परनिर्भरतातर्फ धकेल्दै जानु हो । यो गंभीर बिषय हो तर यो बिषयमा सोच्नै कसैलाई फुर्सदसम्म छैन ।

हाम्रो देश कृषि उत्पादनमा आत्मनिर्भर हुनैपर्छ र अर्थतन्त्रलाई भरथेग गर्ने भरपर्दो आधार कृषि नै हो भन्ने विषय अव टाढाको बिषय बन्दै गएको छ । त्यसो त बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्दै आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम अगाडि सार्ने गरिएको छ । औद्योगिक विकासको आधार निर्माणका लागि पनि कृषिलाई नै केन्द्रबिन्दुमा राखेको देखिन्छ । तर, यी सवै सरकारका प्राथमिकता मात्रै हुन, काममा देखिने बिषय चाहिँ होइनन् भन्दा अत्युक्ति नहोला । हुन त आत्मनिर्भरताको बहस अहिले मात्र सुरु भएको होइन । हरेक वर्ष कृषिजन्य वस्तुको आयात उकालो लाग्दै जाने र बार्षिक ४० अर्ब बढीको चामल र अन्य खाद्यान्न आयात गर्नुपर्ने अवस्था आउनु भनेको निश्चय नै परनिर्भरताको संकेत हो । कृषिमा यसैगरी परनिर्भरता बढ्दै जाने हो भने मुलुकको आर्थिक विकास कसरी होला ? सोचनीय बिषय छ । अर्कोतर्फ नेपाल जलस्रोतमा विश्वकै दोश्रो धनी देश भनिन्छ । तर बिडम्बना हाम्रो देशमा बाह्रै महिना सिञ्चित हुने खेतीयोग्य जमिन ५० प्रतिशत पनि छैन । विगतमा किसानको आय वृद्धि र रोजगारीमा उल्लेख्य भूमिका खेलेका उद्योगलाई रुग्ण बनाइएको छ । उखु खेती गर्ने किसानको बिलौना कहिल्यै समाधान हुने भएन । यता धानको मूल्य नपाउँदा कृषक निरास छन । उत्पादन लागत समेत नउठने भएपछि कृषितर्फको आकर्षण घट्दै छ र यसले मुलुकलाई परनिर्भरतातर्फ धकेल्ने निश्चित छ । अव नसोचे कहीले सोच्नै ? सम्वन्धित निकायको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?