ट्रेंडिंग:

>> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण
रूपन्देही र कपिलवस्तुका ३ हजार किशोरी

बालविवाह रोक्दै, प्रेरणा बन्दै

११ पुष २०८०, बुधबार
११ पुष २०८०, बुधबार

बुटवल, ११ पुस । लुम्बिनी सांस्कृतिक नगरपालिका २ महजदियाकी सुनिता हरिजन अहिले स्नातक तह अध्ययन गर्दै छिन् । खुँदाबगर आदर्श कलेजमा स्नातह तह अध्ययन गर्दै गरेकी उनी आफैमा तराईंमा दलित समुदायको प्रतिनिधि हुन । विद्यालयमा पढ्दै गर्दा विवाहको कुरा आयो । कृषि पेसामा निर्भर सुनिताको परिवारमा १३ जना छन् । बुवा, आमा, तीन दाजु र तीन भाउजु, भाइ, बहिनी, भतिजा र भतिजीसहितको ठूलो परिवार छ उनको । दुई जना दिदीहरूको बिहे भइसकेको छ । जम्मा २ कठ्ठा जमिन भएको उनको परिवारले अधियाँमा जमिन लिएर खेती गर्छ । छोरीको सानोमा नै बिवाह गर्ने रूपन्देही जिल्लाको दक्षिणी क्षेत्रमा अहिले पनि बालविवाहको कुरा आउँछ । १४ देखि १७ बर्षको उमेरमा नै छोरीहरूलाई विवाह गरेर पठाउने प्रचलन अझै पनि छ । विद्यालय उमेरमा नै विवाहको प्रस्ताव आएपछि उनी यो विषयमा अडिग बनिन् । उनी विद्यालयमा पढ्दै गर्दा विवाहको कुरा उनले अस्वीकर गरिन् । पढाइ छाडेर बस्नुपर्ने कुरालाई पनि उनले अस्वीकार गरिन् । परिवारको आर्थिक अवस्था नाजुग हुँदाहँुदै पनि उनी आफ्नो पढाईलाई निरन्तर दिईन । कक्षा १२ सम्म बलरामपुर मा.वि.मा मा पढेकी उनले अहिले स्नातक तह अध्ययन गर्दै छिन् ।

यती मात्रै होईन । वि.सं. २०७५ सालदेखि किशोरी अधिकार मञ्च रूपन्देहीमा आवद्ध छिन् । एउटा मधेसी दलित समुदायको किशोरीले अहिले अधिकार मञ्चको सदस्य हुँदै जिल्ला अध्यक्षको रूपमा आफूलाई दरिलो खम्बाको रूपमा अगाडि बढाएकी छिन् ।

उनीसँगै अहिले रूपन्देहीमा मात्रै १५ सय भन्दा बढि किशोरीहरू आवद्ध छन् । किशोरीका सवालमा उनीहरूले निरन्तर छलफल गर्छन्, बाल विवाह, दाईजो प्रथाको विरुद्धमा ‘सतिसाल झै उभीएका’ छन् । दाईजाको विरुद्धमा बोल्दा, बाल विवाहको विरुद्धमा बोल्दा कतिपय मानिसहरूले उनलाई अपहरण गर्ने समेत धम्की दिने गरेको उनको भनाइ छ । उनी भन्छिन्–‘तराईंमा धम्की त कती आउँछन्, कति, तर हामी डराएका छैनौं, अभियानमा जोडीएका छौं, निरन्तर दाईजो प्रथाको विरोधमा छांै, बाल विवाहको विरोधमा छौं । ’

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका, समम्मारीमाई गाउँपालिका लगायतका स्थानमा उनीहरूले किशोरी अधिकार मञ्च पालिका अनुसार गठन गरेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा उनीहरूले वडा वडा तहमा पनि यो समूह गठन गरि काम गर्दैै आएका छन् । मुख्य काम भनेको दाईजो प्रथाको अन्त्य र बाल विवाह रोक्ने नै रहेको उनको अध्यक्ष हरिजनको भनाई रहेको छ ।
यो अभियानमा स्थानीय सरकार, विभिन्न गैरसरकारी संस्था ओरेक नेपाल लगायतले साथ र सहयोग दिएको छ । जसले उनीहरूको लागि नेतृत्व विकास, आत्मरक्षा तालिम लगायत समुदायमा जनचेतना फैलाउनको लागि सहयोग गर्दै आएको छ ।

तराईंमा पनि दलित समुदायमा अहिले पनि बालविवाहको प्रथा कायम नै रहेको उनको भनाई रहेको छ । समुहमा आवद्ध १५ सय भन्दा बढि किशोरीहरूले सर्वप्रथम आफ्नै बाल विवाह रोक्न सफल भएका छन् । उनीहरू संगै अन्य समुदायमा पनि बाल विवाह रोक्नको लागि पहल गर्दै आएका हुन ।

२०७५ सालमा किशोरी अधिकार मञ्च गठनका लागि भैरहवामा भेला भयो। उनी उडानबाट त्यहाँ प्रतिनिधित्व गरेकी थिइन् । उनी त्यो भेलाबाट उपाध्यक्ष चुनिइन्। अहिले उनी किशोरीहरूको अध्ययनको निरन्तरताका लागि सक्रिय छिन् । घर–घरमा गएर पढाइ निरन्तरताका लागि खट्दा अनेक कुरा सुन्नुपरेको उनको अनुभव छ । कैयौं अभिभावकलाई सम्झाएर र जिम्मा लिएर अध्ययन निरन्तर गराएकी छिन् । सुनिता अनुभव सुनाउँछिन्,–‘‘साथीहरूलाई घर–घरमा लिन जाँदा तिम्रो जिम्मामा पठाउँछु, केही भयो भने तिमी नै जिम्मेवार हुनुपर्छ भन्छन् । ’’
किशोरीहरूलाई नागरिकताको कुरा त परै जाओस्, जन्मदर्ता समेत नगराउने परिपाटी अहिले पनि कायम रहेको बेलामा यो किशोरी अधिकार मञ्चको पहलबाट निरन्तर रूपमा जन्मदर्ता, नागरिकता बनाउनको लागि पहल गरिएको छ । अध्यक्ष हरिजनका अनुसार छोरीको जन्मदर्ता गरेमा जग्गा माग्छन्, छोरा जस्तै अंश माग्छन्, अंश दिनुपर्छ जस्ता भ्रमको कारण पनि अधिकांस अभिभावकहरूले जन्मदर्ता गराउनको लागि आनाकानी गर्दै आएका हुन्छ । यो भ्रम चिर्नको लागि प्रहरी प्रासनको समेत सहयोग लिएर अधिकारको लडाइँ लड्दै गएको अध्यक्ष हरिजनको भनाइ रहेको छ ।

१५ सय भन्दा बढि किशोरीहरूको नेतृत्व संहालेकी सुनिता सुनिता अहिले मञ्चका कार्यक्रमहरूको योजना बनाउँछिन्, कार्यक्रममा बोल्छिन्, स्थानीय तहसँग सम्बन्ध बिस्तार गर्छिन् । मञ्चको कार्यक्रममा सक्रिय भएपछि उनी चर्चित बन्न थालेकी छिन् । घरमा उनको पक्षमा माहोल बन्न थाल्यो । अहिले दाइहरूले नै सहयोग गर्छन् । घरको परिवर्तित माहोलबारे सुनिता भन्छिन्, ‘पहिला म छेउमा बसेर दाइले मोबाइल चलाएको हेर्दा पनि गाली खान्थेँ । अहिले दाइले नै मोबाइल किनिदिनुभएको छ । कार्यक्रमहरूमा पु¥याइदिनुहुन्छ ।’ उनी भन्छिन् ।
सुनिताको लक्ष्य भविष्यमा नेता बन्ने रहेको छ । नेता बनेर महिला र किशोरीका पक्षमा काम गर्न सकिने उनको बुझाइ रहेको छ । ‘म किशोरी अधिकार मञ्चमा सक्रिय नभएको भए उहिल्यै बालविवाह भइसक्थ्यो’ भन्ने सुनिता अहिले बालविवाहको रोकथामका लागि र किशोरीको

जागरुकताका लागि रूपन्देहीमा सक्रिय छिन् । बेला मौकामा उनी कपिलवस्तु, अर्घाखाँची, बाँके, बर्दियासम्म पनि पुग्छिन् ।
कपिलवस्तुको किशोरी अधिकार मञ्चको निर्वतमान अध्यक्ष रहेकी अक्षिता शुक्ला पनि आफ्नै बाल विवाह राकेर अभियानमा सामेल भएकी हुन । २२ बर्षकी शुक्ला अहिले स्नातक तह अध्यायन गर्दैछिन् ।

अक्षिता हाल सामुदायिक अध्ययन केन्द्रमा पढाउने काम गर्छिन् । उनले मन्टेश्वरी शिक्षण विधिको तालिम प्राप्त गरेकी छिन् । भविष्यमा गैरसरकारी संस्थाको निर्देशक बन्ने लक्ष्य राखेकी अक्षिता किशोरी अधिकार मञ्च, कपिलवस्तुको अध्यक्ष पदमा केही दिन पहिला मात्रै निर्वतमान भएकी हुन ।

उनले करिब १५ सय भन्दा बढि किशोरीहरूको नेतृत्व गरेकी छिन् । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वाहेक अन्य सबै पालिका मा किशोरी अधिकार समूह गठन गरिएको छ । जसको वडा तहमा पनि संगठन बिस्तार गरिएको छ ।
बालविवाह मुक्त समाज निर्माण र किशोरी अधिकारका लागि उनी अहिले पनि सक्रिय छिन् ।
अक्षिता स्थानीय बोर्डिङमा पढ्थिन् । उनको भाइ पनि सोही विद्यालयमा पढ्थे । उनको गाउँमा केयर नेपाल, दलित सामाजिक विकास केन्द्र,

सिद्धार्थ सामुदायिक केन्द्रले ‘अब मेरो पालो’ अभियानअन्तर्गत रूपान्तरण कक्षाहरू सञ्चालन गरेको थियो ।
कक्षा ५ मा अध्ययनरत हुँदा नै उनी विद्यालयका शिक्षक मार्फत उक्त कक्षाहरूमा जोडिन पुगिन् । सुरु–सुरुमा अक्षितालाई लैङ्गिक विभेदका बारेमा सुन्दा आफ्नो घरमा यस्तो हुँदैन जस्तो लाग्थ्यो । ‘मेरो बुवाले म र भाइलाई बोर्डिङ स्कुल पठाएका थिए । हाम्रो घरमा त विभेद छैन जस्तो लाग्थ्यो ।’ अक्षिताले आफ्नो तत्कालीन अनुभव सुनाइन् ।

८ महिनापछि रूपान्तरण कक्षा बन्द भयो । २०७५ सालमा किशोरी अधिकार मञ्च गठन भयो । त्यतिबेला उनी जिल्ला सचिवमा चयन भइन् । सुरु–सुरुमा कार्यक्रमहरूमा हिँड्दा एकदमै गाह्रो भएको उनको अनुभव छ । अक्षिताले आफ्नो अनुभव यसरी सुनाइन्, ‘कार्यक्रमहरूमा हिँड्दा सुरुमा घरमा गाह्रो भएको थियो । कुनै ठाउँमा जाँदा मेरो सानो भाइलाई गार्डका रूपमा, चियो गर्नका लागि पठाइन्थ्यो ।
समुदायका मान्छेहरूले पनि केटीहरू होटलमा गइरहेछन् भन्दै बुबासँग अनेक कुरा गर्थे । उनी अनुभव सुनाउँछिन् । कार्यक्रमहरूमा जाँदा यातायात खर्च पाइन्थ्यो । त्यो म घरमा जस्ताको तस्तै दिन्थँे । यसले पनि परिवारमा विश्वास जित्न सजिलो भयो ।’ अहिले अक्षिता विभिन्न कार्यक््रmमहरूमा हिँडिरहेकी हुन्छिन् । सामुदायिक अध्ययन केन्द्रमा शिक्षण गरेर केही पैसा कमाउँछिन् । त्यो पैसा उनी घरमा दिन्छिन् ।
किशोरी अधिकारको लागि जन्मदर्ता नगराउने, नागरिक पनि पनि नगारउने परिपाटी मधेसी समुदायको दक्षिण भूभागमा अहिले पनि रहेको भन्दै उनले यसको लागि मञ्चले समुदायका विभिन्न व्यक्तिहरू संग मिलेर अभियानको रूपमा नागरिकता बनाउनको लागि, जन्मदर्ता बनाउनको लागि पहल गर्दै आएको बताउँछिन् ।

उनी पनि कक्षा १० बढेपछि विवाहको लागि कुरा आएको थियो । बुबाले केटाको फोटो देखाएर विवाहको लागि कुरा गरेका थिए । तर उनले यसलाई अस्वीकार गरिन् । अहिले उनी उच्च शिक्षा पढ्दै छिन् । उनी जस्तै समुदायको किशोरीको लागि उनी प्रेरेणाकी पात्र बनेकी छिन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १० देखि १९ बर्ष उमेरको जनसंख्या २४.१२ प्रतिशत रहेको छ । रूपन्देहीमा २४.४४ प्रतिशत १० देखि १९ बर्ष उमेरको जनसंख्या रहेको भने कपिलवस्तुमा २५.८८ प्रतिशत जनसंख्या रहेको छ । यसमा आधा भन्दा बढि किशोरीहरू रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?