ट्रेंडिंग:

>> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित)

संसदीय यात्राको पहिलो वर्ष : सांसद बासुदेवले औंल्याए २५ समस्या

११ पुष २०८०, बुधबार
११ पुष २०८०, बुधबार

बुटवल,११ पुस । रुपन्देही  ५ बाट निर्वाचित संघीय सांसद बासुदेव घिमिरेले संसदीय यात्राको एक वर्ष पुरा गर्दैगर्दा २५ वटा मुख्य समस्या औंल्याएका छन् ।

हेरौं उनको भनाई जस्ताको तस्तै

२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं ५ बाट निर्वाचित भएर संसद प्रवेश गरेको एक वर्ष पूरा भएको छ । पहिलो वर्षको संसदीय यात्रालाई मैले ‘संकल्प र प्रयत्न’ को वर्षको रुपमा लिएको छु । निर्वाचनको बेला जनतासँग गरेका वाचालाई पूरा गराउन अधिकतम प्रयास गर्दै कानून निर्माणमा आफूलाई प्रभावकारी भूमिकाको रुपमा प्रस्तुत गर्ने जमर्को मैले यो अवधिमा गरेको छु । जनतासँग गरेका विकासका वाचालाई पूरा गराउन आफ्नो ठाउँबाट हरदम प्रयत्न गर्दागर्दै पनि सरकारी उदासिनताको कारण धेरै काम गर्न नसकिएको यथार्थतालाई आदरणीय मतदाताहरुले बुझ्नु भएकै छ । यद्यपि केही योजनाहरु चालु आर्थिक वर्षमा पर्न सफल भएको र ठूला महत्वपूर्ण योजनाहरुको लागि निरन्तर लविङ्ग गर्दै आइरहेको आदरणीय मतदातामा जानकारी गराउन चाहान्छु । मतदाताहरुसँग गरेका वाचालाई मैले भुलेको छैन, भुल्ने पनि छैन । यसमा आदरणीय मतादाताज्यूलाई विश्वस्त गराउन चाहान्छु ।
आमजनताले भोगेका समस्याका बारेमा मैले सम्मानित संसदमा दह्रो ढंगले आवाज उठाउँदै आएको यहाँहरुमा जानकारी नैं छ । खासगरी यो अवधिमा किसानले भोग्नुपरेको रासायनिक मल, बिउबिजनको समस्याको बारेमा मैले धेरै पटक संसदमा आवाज बुलन्द गरेको छु । सरकारी तवरबाट विगतको तुलनामा रासायनिक मलको सन्दर्भमा केही काम भएको छ । तर, यो आफैंमा पर्याप्त छैन भन्ने कुरा मलाई राम्ररी हेक्का छ । आगामी दिनमा यो विषयमा अझैं आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर समग्र क्षेत्र नं। ५ को एकीकृत र योजनाबद्ध विकासको लागि मेरो निरन्तर लविङ्ग रहँदै आएको छ । पर्यटनबाट समृद्धि हासिल गर्न क्षेत्र नं। ५ को पूर्वाधार, शिक्षा, स्वास्थ्य, सरसफाई, कृषि, खेलकुद, रोजगारी प्रवद्र्धनलगायतका क्षेत्रमा योजनाबद्ध र व्यवस्थित काम हुनुपर्छ भन्ने कुरालाई मैले संसद र बाहिरका फोरमहरुमा उठाउँदै आएको छु । गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनी शान्ति चाहने जोकोहीका लागि आकर्षक गन्तव्य मात्र होइन मुलुकको प्रमुख पर्यटकीय स्थलमध्येको एक हो । तर लुम्बिनी गुरुयोजना अझैं पूरा भएको छैन । गुरुयोजना पूरा गराउने उद्देश्यले राष्ट्रिय गौरवका आयोजनामा लुम्बिनीलाई समावेश गरिए पनि अपेक्षाअनुसारको निर्माण हुन सकेको छैन । यसर्थ लुम्बिनी गुरुयोजनालाई पूर्णता दिने विषयलाई प्राथमिकतामा राख्न मैले सरकारको ध्यानाकर्षण गराउँदै आएको छु । चालु आर्थिक वर्षमा लुम्बिनी विकास कोषलाई विनियोजन भएको बजेटको प्रभावकारी कार्यान्वयनको लागि आफ्नो ठाउँबाट भूमिका निर्वाह गरेको छु ।
पूर्व—पश्चिम राजमार्गबाट बुद्ध जन्मस्थल लुम्बिनी र भारतीय नाका कक्रहवा जोड्ने निकैं महत्वपूर्ण दुई सडक रामापुर—लुम्बिनी—कक्रहवा सडक र फायरलाइन—रुद्रपुर—मसिना—लुम्बिनी—कक्रहवा सडक लाई राष्ट्रिय सडकको रुपमा सम्बोधन गरि स्तरोन्नतीको काम अघि बढाउन मैले सरकारसँग जोडदार माग गर्दै आएको थिएँ । यी मध्ये फायरलाइन—रुद्रपुर—मसिना—लुम्बिनी—कक्रहवा सडकको विषय सम्बोधन भएको र चालु आर्थिक वर्षमा मर्मतसम्भारको लागि ठेक्का समेत भैसकेको छ । क्षेत्र नं। ५ मा समेत पर्ने लुम्बिनी परिक्रमा पथको नियमित मर्मतसम्भारको व्यवस्था मिलाउन मैले संसदबाट सरकारको ध्यानाकर्षण गराएको छु । क्षेत्र नं। ५ को विकासको लागि संघीय सरकारसँग माग गरिएका थुप्रैं योजनाहरु छन् । यी योजनाहरु क्रमशः कार्यान्वयन हुँदै जाने मेरो विश्वास छ । यसमा मेरो निरन्तर पहलकदमी रहनेछ । मैले प्रतिनिधित्व गरेको राजनीतिक दल सत्तामा नरहेको सन्दर्भ समेतलाई आदरणीय मतदाताहरुले बुझ्नु भएकैं छ भन्ने मेरो विश्वास छ । यो अवधिमा आदरणीय मतदातासँग भेटघाट र सम्पर्कमा रहने प्रयत्न गरेको छु । तर, संसद र विषयगत समितिको बैठकमा सहभागी हुनुपर्ने भएकोले सबै मतदाता समक्ष प्रयत्न गर्दागर्दै पनि पुग्न नसकेको यथार्थतालाई यहाँहरुले बुझ्नु नैं हुनेछ भन्नेमा विश्वस्त छु । निर्वाचन क्षेत्रमा रहँदा मतदातासँग भेटघाट, सरकारी सेवा प्रदाय संस्था र विकास निर्माणका कामहरुको अनुगमन, स्थानीय जनप्रतिनिधिहरुसँगको छलफलमा रहँदै आएको छु । यो अवधिमा मैले संसदमा उठान गरेका महत्वपूर्ण विषयलाई बुँदागत रुपमा प्रस्तुत गर्न चाहान्छु ः

१. सत्तामा रहेकाहरुले आफ्नो क्षेत्रमा मात्र बजेट खन्याउने प्रवृत्तिलाई रोक्न बजेटको वैज्ञानिक वितरण गर्नुपर्ने

२. बैंकहरुले लिँदै आएको ब्याजदर घटाइ सहज व्यवसायिक वातावरण बनाउनुपर्ने

३. कृषियोग्य भूमिमा यथोचित रुपमा सिंचाई सुविधा पुर्याउनु पर्ने

४. द्धन्द्धकालमा विस्थापित भएका छोटी भन्सार कार्यालय सञ्चालन ल्याउन तथा छोटी भन्सार कार्यालय लुम्बिनीलाई भन्सार कार्यालयकैं रुपमा स्तरोन्नी गर्नुपर्ने

५. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थललाई नियमित सञ्चालन गर्नुपर्ने तथा धावनमार्ग समेत व्यक्तिको नाममा पार्ने कार्यमा संग्लनलाई कारवाहीको दायरामा ल्याउनुपर्ने

६. सीमावर्ती भारतीय नाकाबाट सेटिङ्गमा भैरहेको अवैध आयात रोक्नुपर्ने

७. बुटवल—नारायणगढ सडक यथाशीघ्र निर्माण सम्पन्न गराउनुपर्ने

८. बजेट निर्माणमा अनधिकृत व्यक्तिको संग्लनता रोक्नुपर्ने

९. रुपन्देही क्षेत्र नं। ५ को समग्र विकास निर्माणको लागि बजेट व्यवस्था गर्नुपर्ने, गैडहवामा ईलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने

१०. अव्यवस्थित बसोबासीलाई लालपूर्जा लिँदा लिइने राजस्व घटाउनुपर्ने

११. सहकारीको नाममा जनताको रकम हिनामिना गराउनेमाथि कारवाही गर्नुपर्ने

१२. लुम्बिनी, गैडहवा, मायादेवी, कञ्चन र सैनामैना नगरपालिकालाई समेटी लुम्बिनी समृद्धि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने

१३. भ्रष्टाचार निर्मूल र सुशासन कायम राख्नुपर्ने

१४. विद्यार्थीको विदेश पलायन रोक्ने गरी शैक्षिक प्रणाली विकास गर्नुपर्ने तथा शिक्षा विद्यार्थीमा श्रम गर्ने र श्रम गर्नेहरुप्रति श्रद्धाभाव राख्ने हुनुपर्ने

१५. विद्यालय शिक्षा व्यवहारिक रुपमा पूर्णतः निशुल्क बनाउनुपर्ने, सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र अन्य व्यवस्थापकीय खर्च उपलब्ध गराएर कुनै पनि शीर्षकमा शुल्क लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने

१६. मदरशाहरुमा समेत भौतिक पूर्वाधार निर्माणमा सरकारी आर्थिक सहायता हुनुपर्ने, शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने

१७. वास्तविक नेपाली भएर पनि गैर—नेपाली नागरिकको रुपमा बाच्नु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने

१८.  सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी, निजामती कर्मचारी, स्वास्थ्यकर्मीहरुका जाहेज माग पूरा गर्नुपर्ने

१९. चाडपर्व लक्षित मात्र होइन बजार अनुगमन वर्षभरी नै गरिने व्यवस्था मिलाउनुपर्ने

२०. लुम्बिनी विकास कोषमा रहेका विद्युतीय सवारीसाधनलाई सञ्चालनको व्यवस्था मिलाउनु पर्ने

२१. फोहोरमैला व्यवस्थापन गर्ने ठाउँको व्यवस्थापनमा स्थानीय सरकारलाई संघीय सरकारले यथोचित सहयोग र नीतिगत निर्णय गर्ने कार्यमा तदारुगता देखाउनुपर्ने

२२. पार्कहरुको दीगो व्यवस्थापन, रेखदेख, नियमित मर्मतसम्भार गर्नको लागि स्पष्ट कानुन बनाउनुपर्ने

२३. वृद्धभत्ता हटाउन नहुने बरु मन्त्री, सांसदको तलब सुविधा आधा कटाइ चालू खर्च कम गर्नुपर्ने

२४. गाँजा खेतीको सम्भाव्यता अध्ययन गरी कानूनी मान्यता दिनुपर्ने

२५. वनजंगलको वैज्ञानिक व्यवस्थापन गर्दै काष्ठपैदावारको आपूर्ति स्थानीय स्तरबाटैं गरी आयात कम गर्नुपर्ने तथा ढुंगागिट्टीको निर्यातको सम्भाव्यता अध्ययन गर्नुपर्ने ।

माथि उल्लेखित विषयका अतिरिक्त मेरो समेत आवद्धता रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समेत समसामयिक विषय र आमसरोकारका विभिन्न विषय उठान गरेको छु । वर्तमान निर्वाचन प्रणाली खर्चिलो हुँदा सक्षम तर आर्थिक रुपमा कमजोर व्यक्ति उम्मेदवार बन्न नपाउने अवस्था रहेकोले उम्मेदवार केन्द्रितभन्दा दल–केन्द्रित निर्वाचन प्रणालीको बारेमा बहस चलाउनुपर्ने, प्रदेश र संघीय निर्वाचन क्षेत्रको संख्यामा कटौती गरेर सांसदको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने, जिल्ला समन्वय समितिको कुनै औचित्य देखिन्न, सो व्यवस्था खारेज गर्नुर्ने, वडा कार्यालयलाई थप अधिकारसम्पन्न र स्तरोन्नती गर्दै पालिकाहरुको संख्या घटाउनुपर्ने लगायतका विभिन्न विषयहरु मैले यो अवधिमा उठाएको छु ।
समग्रमा संसदीय यात्राको मेरो पहिलो वर्ष ‘संकल्प र प्रयत्न’ को वर्षको रुपमा रह्यो । आगामी दिनमा समग्र क्षेत्रको विकासको लागि संघीय सरकारमा अझैं बुलन्द आवाज उठाउने, प्रदेश र स्थानीय सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्दै यहाँका मतदाताहरुको सुख दुःखमा सँगसँगै रहनेमा केन्द्रीत हुनेछु । यसमा राजनीतिक दल, जनप्रतिनिधिहरु, सम्बद्ध सरोकारवाला र आदरणीय क्षेत्रबासी महानुभावज्यूहरुको सधैं साथ, सहयोग र सहकार्य रहनेमा म पूर्णतः विश्वस्त छु । यो कार्यमा यहाँहरुबाट प्राप्त सुझाव, सल्लाहलाई मैले सधैं मेरो मार्गनिर्देशको रुपमा लिनेछु । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?