ट्रेंडिंग:

>> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ?
छैटौ फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता

बीएस–१५ र इलाइट अन्तिम चारमा

११ पुष २०८०, बुधबार
११ पुष २०८०, बुधबार

धनगढी, ११ पुष । कैलालीको धनगढीमा जारी छैटौ फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको अन्तिम चारको टुगो लागेको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद मुख्य प्रबद्र्धक र एनआरएनए मुख्य प्रायोजकमा जारी प्रतियोगिता अन्तरगत बुधवार भएका क्वाटर फाइनल खेलहरुमा बीएस–१५ युवा क्लब र इलाइट युवा क्लब जित निकाल्दै अन्तिम चार स्थान पक्का गरेका छन । यसअघि स्टार सिटी र आयोजक फारवेष्ट पशुपति युवा क्लब सेमिफाइनल स्थान बनाएका थिए ।

पहिलो क्वाटरफाइनल खेलमा बीएस १५ युवा क्लबले सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । बीएसको जितमा हरिस कडायत र विदेशी खेलाडी ग्लोरीले १–१ गोल गरे । खेलको १३ औँ मिनेटमा हरिस कडायतको गोल मार्फत अग्रता लिएको बीएसका विरुद्ध सुदूरपश्चिमका फागुराम चौधरीले त्यसको चौथो मिनेटमा गोल फर्काएर खेल बराबरीमा ल्याए । पहिलो हाफ १–१ गोलको बराबरी भएको थियो । दोस्रो हाफको २० औ मिनेटमा इलाइटका विदेशी खेलाडी ग्लोरीले निर्णायक गोल गरे । खेलमा हरिस कडायत म्यान अफ दी म्याच हुदै नगद ५ हजार पुरस्कार र ट्र्रफी प्राप्त गरे ।

अन्तिम क्वाटर फाइनल खेलमा इलाइट युवा क्लबले नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशमाथि ५–१ गोल अन्तरको फराकिलो जित दर्ता निकाल्यो । इलाइटलाई जिताउन हरिस भट्टले ह्याट्रिक गरे । उनले खेल सुरु भएको १० औ, ११ औ मिनेटमा गोल गरेका थिए । खेलको ३५ औ मिनेटमा टिमलाई विनोद केसीले तेस्रो गोल गरे । दोस्रो हाफको ९ औ मिनेटमा विनोदले आफ्नो ह्याट्रिक पुरा गरे । दोस्रो हाफको २० औँ मिनेटमा इलाइटका अनुज गैरेको गोल मार्फत फराकिलो अग्रता बनाएको टिम विरुद्ध नेपाल प्रहरीका सुरज महतोले दोस्रो हाफको २२ औ मिनेटमा सान्त्वना गोल गरे । खेलको ह्याट्रिक गर्ने विनोद म्यान अफ दी म्याच घोषित हुदै नगद ५ हजार पुरस्कार र ट्रफी प्राप्त गरे ।

बिहीबार सेमिफाइनलका खेल हुनेछन् । पहिलो सेमिफाइनलमा स्टार सिटी र बीएस १५ तथा दोस्रो सेमिफाइनल आयोजक फारवेष्ट पशुपति युवा क्लब र इलाइट युवा क्लब भिड्नेछन् । शनिवार फाइनल खेल हुने छ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पुरस्कार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?