ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने
१२ औं वार्षिकोत्सव विशेष

उच्चशिक्षा उठाउँदै लुम्बिनी सरकार

११ पुष २०८०, बुधबार
११ पुष २०८०, बुधबार

लुम्बिनी प्रदेश सरकारको पहिलो आवधिक योजना २०६६—२०८१ ले प्राविधिक शिक्षाको सहज उलब्धता बढाउनुका साथै अनुसन्धानमूलक उच्च शिक्षा प्रवर्धन गर्नका लागि मुख्य उद्देश्य राखेको थियो । यही उद्देश्य पूरा गर्न प्रदेश सरकारको हरेक वर्षको नीति कार्यक्रम आएपछि २०७८ मा मात्रै प्रदेश प्राविधिक विश्वविद्यालय स्थापना भएको छ । लामो समयसम्म विश्वविद्यालय स्थापना हुने स्थान कार्यक्रमको यकिन नहुँदा अलमलमा परेको प्रदेश विश्वविद्यालयले यो वर्ष मात्रै भर्ना कार्यक्रम अगाडि सारेको छ । यसले प्राविधिक विषयमा उच्च शिक्षा लिन खोज्नेहरुलाई प्रदेशभित्रै अवसर प्राप्त गर्ने आशा जगाएको छ ।

प्रदेश सरकारले उच्च शिक्षातर्फ सामुदायिक क्याम्पसहरुको भौतिक पूर्वाधार विकासका लागि पनि प्रदेश सरकारले सहयोग गर्दै आएको छ । कानून विषयतर्फ स्नातक तह संचालन गर्न लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सहयोग गरेपछि यो विषयमा बाहिर पढ्न जानुपर्ने बाध्यता हटेको छ ।
त्यसैगरी गरिब, विपन्न र पिछडिएका समुदायका विद्यार्थीलाई छात्रवृत्तिको अवसर सिर्जना गरेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मुख्य गरेर विज्ञान विषय पढ्ने विद्यार्थी प्रोत्साहन कार्यक्रम अन्तर्गत कक्षा ११ र १२ मा सामुदायिक विद्यालयमा विज्ञान पढ्ने छात्राका लागि छात्रबृत्ति प्रदान गर्ने गरेको छ । विज्ञान विषयमा ६ वटा क्याम्पसका उच्च शिक्षा (बीएस्सी) अध्ययनरत ९ सय ९ जना छात्राहरुलाई रु. ८९ लाख ९९ १ सय रकम छात्रवृत्ति उपलब्ध गराएको छ । दाङको घोराहीमा उच्च शिक्षातर्फ विज्ञान विषय पठनपाठनको लागि पद्मोदय क्याम्पसलाई भौतिक पूर्वाधार निर्माणमा सहयोग गरेको छ । त्यसैगरी उच्च शिक्षा अध्ययनरत २४ क्याम्पसका १ सय ९४ जना मुक्त कमैया, कम्लहरी, मुस्लिम र सिमान्तकृत छात्राहरुलाई रु. १४ लाख ४३ हजार रकम छात्रवृत्ति दिइएको छ । उच्च शिक्षा छात्रवृत्ती अन्तर्गत ७१ वटा सामुदायिक क्याम्पसमा अध्ययनरत २ हजार जना विपन्न विद्यार्थीलाई रु. १ करोड रकम छात्रवृत्ति वितरण गरिएको मन्त्रालयले जनाएको छ ।
विद्यालय शिक्षातर्फ कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययनरत ५७ वटा सामुदायिक विद्यालयका २१९१ जना छात्राहरुलाई रु. २ करोेड २४ लाख ९० हजार ६१५ रकम छात्रवृत्ति उपलब्ध गराइएको छ । कक्षा ११ र १२ मा अध्ययनरत १७७ वटा सामुदायिक विद्यालयका २९ सय ७० जना मुक्त कमैया, कम्लहरी, मुस्लिम र दलित समुदायका छात्राहरुलाई रु. १ करोड ७९ लाख ९८ हजार २ रुपैयाँ छात्रवृत्ति उपलब्ध गराइएको छ ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपलब्धिहरुमा उपकुलपति र कुलसचिवको नियुक्ती, कर्मचारी सेवा सम्बन्धी बिनियम २०७९ र आर्थिक प्रशासन सम्बन्धी विनियम २०७९ पारित, सेवा आयोगको सदस्यको मनोनयन (विश्वविद्यालय सेवा आयोगको पूर्णता), २०७९ चैत्रमा इन्जिनियरिंग एवम् सूचना प्रबिधि अध्ययन संस्थान हेर्ने डीनको नियुक्ति, इन्जिनियरिंग शिक्षामा सहकार्यका लगायतका कार्य भएको मन्त्रालयका निमित्त प्रदेश सचिव थानेश्वर ज्ञवालीले बताए ।

भौतिक उपलब्धिहरुः

विद्यालय भवनहरु निर्माण ८९ वटा
१७ वटा शौचालयहरु निर्माण
५ वटा अधुरो विद्यालय भवन निर्माण
१५ वटा विद्यालय÷क्याम्पसहरु मर्मत
२ वटा बाल उद्यान निर्माण
६२ वटा धार्मिक विद्यालय मदरसाहरुमा पूर्वाधार निर्माण
८४ वटा सामुदायिक विद्यालयहरुको पूर्वाधार निर्माण
१६ वटा पुस्तकालयहरुलाई सहयोग
५९ वटा खेलमैदानहरु निर्माण
६० वटा विद्यालयहरुमा कम्पाउण्डवाल निर्माण,
६ वटा विद्यालयमा तार जाली घेरवार
१० विद्यालयहरुमा आइसिटी ल्याब
१२ वटा छात्राबास निर्माण
विद्यार्थी सवारीका लागि ८ वटा बस खरिद
३२ वटा सामुदायिक क्याम्पसहरुको पूर्वाधार निर्माण,
२४० जनालाई स्काउट प्रशिक्षक तयारी

गत आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकार सामाजिक मन्त्रालय शिक्षा र सामाजिक विकासका लागि ३ अर्ब १ करोड २७ साल ७८ हजार विनियोजन भएको थियो । जसमध्ये २ अरव ७ करोड १६ लाख १९ हजार खर्च भएको थियो । आर्थिक वर्षमा २०८०÷८१ का लागि रु २ अरव ८८ करोड ७७ लाख ५ हजार रहेको मन्त्रालयले जनाएको छ ।

कानून निर्माण नहुदा संघ र स्थानीय तहले आफ्नो काममा बाधा पुर्याइरहेको सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता सँग गुनासो गर्छन् । उनी भन्छन्, संघले दुवै हात वाधेर काम गर भन्छ, अर्कोतिर पालिकाहरु हस्तक्षेप गरेको छ कसरी काम गर्ने ? उनले प्रदेशमा बजेट पनि निक्कै कम छ, शिक्षा संचालन नियमावली नबनेका कारण काम गर्न समस्या छ, उनले भने । मन्त्री गुप्ताले प्रदेश सरकारको अधिकारमा संकुचन लगाउँदा र अपर्याप्त बजेट दिँदा प्रदेशको कामकार्वाही माथि धेरै प्रश्न उठेको बताए । लुम्बिनीमा उच्च शिक्षातर्फ तीन वटा विश्वविद्यालय, ७ वटा विभिन्न विश्वविद्यालयका आङ्गगिक क्याम्पसहरु संचालनमा छन् र ८७ वटा सामुदायिक क्याम्पस रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?