ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

हराए माटाका भाँडा, बिस्थापित भए व्यवसायी

१० पुष २०८०, मंगलवार
१० पुष २०८०, मंगलवार

पाल्पा, १० पुस ।

पाल्पा रामपुर नगरपालिका तिलपुरका सोम बहादुर कुमाल उमेरले ४ दशक पूरा गरे । आफु जान्ने बुझ्ने अवस्था सम्म आफ्ना बाबु र आफन्तको पेशा तथा व्यवसाय भनेको माटोको भाँडा बनाउने थियो ।

घर नजिकबाट कालो माटो लिएर राम्रो संग भिजाएर त्यसलाई आफ्नो इच्छा र आवश्यकता अनुरुप विभिन्न स्वरुप र आकृति दिने गर्थे । जव मुलुकमा सशस्त्र द्वन्द्वले च्याप्दै गयो तव नेपाली सेनाको क्याम्प बस्यो । माटो भएको ठाउँ नजिक सेनाको क्याम्प बसेपछि उनीहरु व्यवसायबाट बिस्थापित मात्र भएनन्, बेरोजगार नै बने ।

तीन दशक अगाडि सम्म कुमाल समुदाय भन्नासाथ माटोको भाँडा बनाउने हो भनेर राम्रो पहिचान नै बनेको थियो । रामपुर मात्र नभई जिल्लाको वगनासकाली गाउँपालिकाको घोर बन्दा, गोफेक, माथागढीको कसेनी रुप्से जस्ता गाउँका सय भन्दा बढी परिवारको आम्दानीको बाटो तथा दैनीक खर्च धान्ने भनेको माटोको भाँडा थियो । जवजव पछिल्लो समयमा गिलो कालो माटोको समस्या बढ्दै गयो,तव तव कुमाल समुदाय परम्परागत पेशा तथा व्यवसायबाट हातै धुने गरी विस्थापित हुनु परेको उनीहरुको भनाई छ ।

पहिले पहिले हप्तादिन लगाएर भाँडा बनायो अनि डोकोमा बोकेर गाउँका बस्ती बस्तीमा पुगेर अन्नसंग भाँडा साट्ने चलन थियो । पछिल्लो समयमा गाउँ बस्तीमा भाँडा पसल खुलेपछि डोकोमा बोकेर बस्ती बस्ती घर घरमा जान नपर्ने भएपनि माटोको समस्याका कारण पुरानो व्यवसायबाट नराम्रोसंग बिस्थापित हुन परेको रामपुरका पुराना पुस्ताका खुमबहादुर कुमाल बताउँछन् ।

माटोबाट विभिन्न सामग्री उपयोगी सामग्री निर्माण गरी बिक्री गर्दै आएका उनी भन्छन्,“कालो गिलो माटो भएको ठाउँ नजिक नेपाली सेनाले क्याम्प खडा गरेपछि सेनाले सुरक्षाको हिसावले माटो खन्न नदिएपछि समस्या उत्पन्न भयो ।”

तानसेन नगरको बाँसटारी आसपासको क्षेत्रका खेतबाट कालो गिलो माटो डोकोमा बोकेर घर लैजाने गरेका घोरबन्दाका अमर बहादुर कुमाल भन्छन्, “माटो खन्ने ठाउँमा आजभोली घर बन्न लाग्यो अनि माटोको समस्या हुन लाग्यो । त्यतिबेला माटोको भाँडा बनाउनेहरु सबै बिस्थापित भए ।”

माटोको समस्या समाधान गरिदिन स्थानीय सरकार समक्ष पटक पटक आवाज उठाए पनि सुनुवाई नभएको उनीहरुको गुनासो छ । कुनै समय राम्रो पहिचान बनाउन सफल भएको यो व्यवसाय कुटीर उद्योग भित्र पर्दछ । यसको संरक्षणका लागि पाल्पा उद्योग वाणिज्य संघले समेत पहल नगरेको होइन । संघले आयोजना गरेको मेलामा समेत प्रवद्र्धनका लागि स्टलको व्यवस्था गरिएको थियो । संघले प्रचार प्रसार र बजार प्रवद्र्धनका लागि सहयोग र सहजीकरण गरेको संघका अध्यक्ष शैलेन्द्र भट्टराई बताउँछन् ।

रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा उद्यमीले उद्योग संचालन गर्न खोजेको खण्डमा आधुनिक तालिम, माटोको व्यवस्थापन, कोइलाको व्यवस्थापनको लागि नगर सरकारले समन्वय गर्न तयार रहेको बताउँछन् । स्थानीय सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिएको उनको भनाई छ ।

वैकल्पिक पेशातर्फ आकर्षित

कालो, गिलो माटोको समस्याका कारण भाँडा बनाउने काम ठप्प भएपछि विगतमा भाँडा बनाउनेहरु यतिखेर वैकल्पिक पेशातर्फ आकर्षित भएका छन् । वगनासकाली गाउँपालिका घोरवन्दाका २० भन्दा बढी नयाँ पुस्ताका युवाहरु वैदेशिक रोजगार तर्फ र पुराना पुस्ता सदरमुकाम तानसेनमा निर्माण क्षेत्रमा मजदुरी गर्ने ठुलो संख्या भएको स्थानीय सुन्तली कुमाल बताउँछिन् । बिहान सुर्योदय संगै टिफिनमा खाना बोकेर भवन निर्माणमा निर्माणजन्य सामग्री ढुवानी गर्न र अन्य कामका लागि जाने गरेको र त्यसवापत दैनिक एक हजारदेखि दुई हजार रुपैयाँसम्म आम्दानी हुने भएकाले यस्ता कार्यमा उनीहरुको आकर्षण बढेको छ ।

बाहिरियो ठुलो धनराशी

माटोबाट हाँडी, साना ठुला दियो, साना ठुला भुड्का तथा गाग्रा, पैसा जम्मा गर्ने भुड्की, तमाखु खाने चिलीम जस्ता बस्तु निर्माण हुन्छन् । दियो, पानी राख्न प्रयोग हुने साना भुडका शुभकार्यदेखि पितृ तथा किरियाकर्ममा अनिवार्य जस्तै हो । पहिले पहिले स्थानीय उत्पादन नै प्रयोग हुन्थ्ये । स्थानीय उत्पादन ठप्प भएपछि बाहिरी जिल्लामा उत्पादित बस्तु बिक्री गर्न परेको स्थानीय व्यापारीहरु बताउँछन् । यस्ता सामग्री वर्षमा १० लाखभन्दा बढीको बिक्री हुने गर्दछ । गाग्रा त गर्मीयाममा राम्रो संग बिक्री हुन्थ्यो । यसमा राखेको पानी खाने प्रचलन अहिले सम्म पनि कायमै रहेको छ तर पाउन कठिन छ ।

बाटोमा हिड्ने वटुवाको लागि भनेरै धार्मिक विश्वासका कारण यस्ता भाँडामा सार्वजनिक स्थानको छाहारीमा पानी राखिदिने प्रचलन भएपनि भाँडाको समस्याका कारण पुरानो धार्मिक संस्कार हराउँदै गएको रामपुर नगरका पुराना पुस्ताका देवराज ढकाल बताउँछन् । रामपुरका भाँडा पसल संचालकहरु भन्छन्, “माटाका भाँडा बाह्रै महिना बिक्री हुने गर्दछ तर यहाँ उत्पादन नहुँदा बाहिरबाट ल्याउनु पर्दछ । स्थानीय उत्पादन भए यहीको पैसा यही र स्थानीय तहमै रोजगारीको अवसर हुने थियो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?