ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

कवितामार्फत भूपिको सम्झना

भूपि शेरचन स्मृति प्रतिष्ठानको आयोजना भएको जिल्लास्तरीय कविता प्रतियोगितामा दुर्गा शैक्षिक गृहका निमान्सु बश्याल प्रथम, लुम्बिनी बोर्डिङ स्कुलकी जिविका बश्याल दोस्रो र एभरेष्ट बोर्डिङ स्कुलका अस्मित खनाल तृतिय भएका छन ।
१० पुष २०८०, मंगलवार
१० पुष २०८०, मंगलवार

बुटवल, १० पुस । राष्ट्रिय युगकवि स्वर्गिय भूपि शेरचनलाई युवा कविहरुले कवितामार्फत सम्झना गरिएको छ । शेरचनको ८८ औ स्मृति जन्मजयन्तीको अवसरमा आयोजना गरिएको जिल्लास्तरीय कविता प्रतियोगितामा सहभागी युवा कबिहरुले भूपिको बारेमा कविता सुनाए ।
लुम्बिनी बोर्डिङकी जिविका बश्यालले युवाहरुलाई देशभक्त बन्न बलिदानीको सुनौलो अक्षर कोरेका भूपिलाई सम्झिईन । भूपिको पालामा देशको अवस्था र वर्तमानमा कुनै परिवर्तन नआएको स्मरण गर्दै भूपि जस्तै नया युवाहरु जगाउने कविता कोर्न आग्रह गरिन ।

भूपि शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा मंगलबार बुटवलमा भएको जिल्लास्तरीय कविता प्रतियोगितामा दुर्गा शैक्षिक गृहका निमान्सु बश्याल प्रथम हुँदै १० हजार, प्रमाणपत्रबाट पुरस्कृत भईन । यसैगरि लुम्बिनी बोर्डिङ स्कुलकी जिविका बश्याल दोस्रो हुँदै ७ हजार रुपैया, प्रमाणपत्र तथा एभरेष्ट बोर्डिङ स्कुलका अस्मित खनाल तृतिय हुँदै ५ हजार रुपैया, प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगितामा अक्सफोर्ड बोर्डिङ स्कुलका स्रिमिका थापा, एभरेष्ट बोर्डिङ स्कुलका जेनिसा श्रेष्ठ र दीप बोर्डिङ स्कुलकि सचिना पुरी सान्त्वना हुदै नगद २–२ हजार रुपैयाबाट पुरस्कृत गरिएको छ । गतवर्षको विजेता प्रियन्सु पौडेलले समेत कविता वाचन गरेकी थिइन । यसैगरि प्रतियोगितामा कविता वाचन गर्ने लुम्बिनी बोर्डिङ जिविका बस्याल, अन्नपूर्ण स्कुलकि रितिका राय, अक्सफोर्ड बोर्डिङ स्कुल स्रिमिका थापालाई भूपिका परिवारबाट पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रमको एक समारोहका बिच प्रतियोगिताको स्वर्गिय भूपि शेरचनकी धर्मपत्नी कान्ति शेरचन र सुपुत्र भुपेसमान शेरचनले विजेता, उपविजेता बिद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै निक्कै उत्कृष्ट कार्यक्रम भएको बताए । अन्य सबै विषयको विकासभन्दा अघि साहित्यको उद्गगम भएको भन्दै साहित्य हरेक विषयसंग सम्बन्ध जोडिने हुदा पनि यसको महत्व बढि हुने बताए ।

कार्यक्रममा भुपि शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या शिवप्रसाद शेरचनले बुटवल शाखा फरक पहिचान बनाउन सफल भएको बताए । २१ वटा शाखामध्ये बुटवलमा गुम्बा, पुस्तकालय स्थापना गरि सामाजिक गतिविधिलाई टेवा दिने गरि काम गरेको दाबी गरे । युवा पुस्तालाई पुस्तालय स्थापना गरि पठनशैली विकास गर्दै ज्ञान सिकाउन खोजेको उनले बताए । निकट भविष्यमा नै ई–लाईब्रेरीको लक्ष्य रहेको उनले बताए । आफुहरु २१ लाख ६१ हजार रुपैया अक्षयकोष स्थापना गर्न सफल भएको भन्दै यसैबाट शिक्षा, स्वस्थ्यमा कमजोर परिवारलाई आर्थिक सहयोग गर्न सफल भएको बताए ।

यसैबिच प्रतिष्ठानले पत्रकार स्वर्गीय टेक मास्के रानाको छोरी एन्जिला मास्के रानालाई नगद १० हजार रुपैया सहयोग रकम हस्तान्तरण गरेको छ ।

प्रतियोगिताका निर्णायक डा मुरारी पराजुलीले देशको भाषालाई उच्च स्थानमा लग्न योगदान दिएका कारण भूपि शेरचनको स्मरण गरिदै आएको बताए । भूपि धनी परिवार पृष्ठभूमि हेर्दा निक्कै बलिया थिए । लगातार ३ छोरापछि उनी चौथो सन्तान उनी थिए । छोरीको आश गरेका परिवार छोरा नै भएपछि पाच महिनासम्म बुबाले उनको मुख हेरेका थिएनन। बनारस अध्ययन गर्न गएका उनी पुष्पलालको पार्टीमा आवद्घ भएर भूपि शेरचन सर्वाहारा नाम लेखाउथे। परिवर्तन नाटक बनारसमा मंचन गरेका थिए । झ्याउरे गितमार्फत गरिब जनताको पक्षमा कुरा उठाएका थिए । उनको कबिताले मान्छेको चेतना उठाउने, विद्रोहको आवाज उठाउने काम गरे । निर्णायकहरु डा मुरारी पराजुली, रमेश समर्थन र राजु भुषालले प्रतियोगितामा विजेता घोषणा गर्दै उत्कृष्ट कविताहरु बनेको बताए ।

कार्यक्रममा थकाली समाज समिति नेपालका अध्यक्ष गजेन्द्र तुलाचन, समितिका अध्यक्ष लाल बहादुर गौचन, थकाली सेवा समाज भैरहवा शाखाका शंकर भट्टचन, आर्दशनगर टोल विकास समितिका अध्यक्ष गिता पन्तले भूपिको भौतिक शरीर नभएपनि उनको साहित्यिक शब्दावली ख्याती कमाउन सफल भएको बताए । कार्यक्रममा धौलागिरी साहित्यिक प्रतिष्ठानका काजी रोशनले सानोसानो रकम जुटाएर भूपि शेरचन पुरस्कार स्थापनाको स्मरण गरे । प्रतियोगितामा जिल्लाका विभिन्न १५ विद्यालयका प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए ।
यसैगरि स्वर्गीय शेरचनका धर्मपत्नी कान्ति शेरचनले प्रत्येक सहभागीहरुलाई नगद १५ सय रुपैया सहयोग गरेको घोषणा गरिन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?