ट्रेंडिंग:

>> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ

संस्कृत शिक्षाको रोजाईं बन्दै तिलोत्तमाको गुरुकुल

१० पुष २०८०, मंगलवार
१० पुष २०८०, मंगलवार

बुटवल, ९ पुस ।

तिलोत्तमा नगरपालिकाको धार्मिक तथा सांस्कृतिक पहिचानका रुपमा परिचित श्री दुर्गा वैदिक संस्कृत विद्यापीठमा अध्ययनरत छात्र बटुकहरु पुसको जाडोमा पनि दैनिक सबेरै उठेर आफ्नो नित्य कर्म गर्दै अध्ययनमा लागिरहेका छन् । जाडोको मौसममा पनि दैनिक स्नान गरी ध्यान, पूजा पाठ, हवन लगायत अन्य काममा आफै जुटिरहेका हुन्छन् । आफ्नो काम आफै गर्नुपर्छ, असल सभ्य व्यक्ति बन्नुपर्छ भन्ने उद्देश्यले संस्कृत शिक्षा लिईरहेका यी बटुकहरुले आफ्नो गुरुकुलको सुन्दर, शान्त र रमणीय वातावरण रहेको र यहाँका शिक्षकहरुबाट संस्कृत शिक्षा लिन पाउँदा अत्यन्तै खुसी रहेको बताएका छन् । यहाँ पढ्न चाहनेले ढुक्कसँग आएर पढ्न समेत गुरुकुलका छात्र बटुक प्रवीण पाण्डेले आग्रह गरे ।

तिलोत्तमा नगरपालिका वडा नं. १ देविस्थान नयाँमिलमा रहेको श्री दुर्गा वैदिक संस्कृत विद्यापीठमा संस्कृ्त शिक्षा पढ्ने विद्यार्थी बटुकहरुको संख्या बढ्दै गईरहेको छ । यो गुरुकुल संस्कृत शिक्षा लिन चाहने देशभरका विद्यार्थी बटुकहरुको पहिलो रोजाइ बनेको छ । विद्यालयको शान्त र रमणीय वातावरणमा रमाउँदै संस्कृत विषय अध्ययन गरिरहेका बटुक अमृत बगालेले संस्कृत पढ्न चाहनेहरुका लागि एकदमै राम्रो रहेको बताए । पछिल्लो समय समाजमा विकृती, विसङ्गति मौलाउदै जाँदा सभ्यता र संस्कृति समेत हराउँदै गईरहेको छ ।

समाजमा आपसी समझदारी, सद्भाव, जातिय समानता, स्वतन्त्रता, धार्मिक सहिष्णुता कायम गर्न आधुनिक शिक्षासँगै संस्कृत शिक्षाले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको श्री दुर्गा वैदिक, संस्कृत विद्यापीठका कर्मकाण्ड विषय अध्यापन गराउँदै आएका गुरु नारायण प्रसाद भण्डारीले बताए । उनले संस्कृत, संस्कार र संस्कृतिको जगेर्ना र संरक्षण सँगै विद्यार्थी वटुकहरुलाई देशको सभ्य नागरिक बनाउने र सुन्दर, शान्त, समृद्ध र सभ्य समाजको निर्माण गर्ने उद्देश्यले वि.सं. २०५३ सालमा यस विद्यापिठको स्थापना गरी गुरुकुल सन्चालन गरिएको बताए ।

उनले यो विद्यापीठमा हाल कक्षा ६ देखि १२ सम्म अध्ययन अध्यापन चलिरहेको जानकारी दिए । श्री नर्मदेश्वर शिवालय मन्दिर, श्री दुर्गा वैदिक परमानन्द सन्यास आश्रम, श्री वैदिक धर्म परिषदको केन्द्रीय कार्यलय सहित यो श्री दुर्गा वैदिक संस्कृत विद्यापीठ १४ कठ्ठा क्षेत्रफलमा रहेको छ । यो विद्यापीठमा हालसम्म गुल्मी, स्याङ्जा, रुपन्देही, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठान, पर्वत, कास्की, तनहुँ, नवलपरासी, नवलपूर, बाँके, सुर्खेत, चितवन लगायतका जिल्लाहरुबाट कुल १३५ छात्र बटु हरु आएर निःशुल्क आवासीय भोजनसहित संस्कृत विषयसँगै कम्प्यूटर, नेपाली, अङ्ग्रेजी, सामाजिक, गणित विषयहरु पढिरहेको विद्यापीठका प्राचार्य श्याम प्रसाद अर्यालले बताए ।

उनले यो विद्यापीठ, अक्षयकोष, संस्कृत शिक्षाप्रेमी दानदाता र मुष्टिदाताको सहयोगले बिभिन्न समस्यासँगै उतार चढाव पार गर्दै वर्तमानसम्म सन्चालन हुँदै आईरहेको बताए। उनले विद्यार्थीहरुलाई अझै सहज र व्यवस्थित तरिकाले राख्न नसकिएको बताए । डेक्स बेन्चको अभावले गर्दा विद्यार्थी वटुकहरुलाई भुईमा नै राखेर पढाउनुपर्ने वाध्यताले गर्दा वटुकहरुको स्वास्थ्यमा समस्या आउने गरेको उनले बताए ।

उनले विद्यालयको भौतिक र शैक्षिक सुधारसँगै संरक्षणमा कुनै पनि सम्बन्धित निकायले ध्यान नदिएको गुनासो गरे । उनले गुरुकुललाई संस्कृत शिक्षाको हव वनाउने र यहाँका विद्यार्थीलाई प्रविधीसंग परिचित गराउने र संस्कृत शिक्षाको साथमा अंग्रेजी र कम्प्युटरमा समेत विज्ञ बनाउने योजना रहेकाले बुद्धिजीवी, समाजसेवी, स्थानीय निकाय, प्रदेश सरकार सँगै केन्द्र सरकार सबैलाई सहयोग गर्न आग्रह गरे ।

यो विद्यापीठको भौतिक तथा शैक्षिक संरक्षण तथा सुधारमा तिलोत्तमा नगरपालिका सधैं लागि परिरहेको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँडले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?