ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

झिगु नेवा पुचले मनायो योमरी पुन्हि

१० पुष २०८०, मंगलवार
१० पुष २०८०, मंगलवार

बुटवल, १० पुस । रुपन्देहीमा बसोबास गर्ने नेवार समुदायहरुलाई एकतावद्ध गर्दै नेवारी भाषा, कला, संस्कार, संस्कृति संरक्षणमा अग्रसर रहेको झिगु नेवा पुच, तिलोत्तमानगरले मंगलबार योमरी पुन्हि तथा वार्षिकोत्सब समारोह विविध कार्यक्रम गरि मनाएको छ । कार्यक्रमको सिद्धार्थ नेवा खलका निवर्तमान अध्यक्ष तथा नेवा संस्कृतिविद विजयगोबिन्द श्रेष्ठ (विजय सागर) ले मंगलबार कार्यक्रमको समुद्धघाटन गर्दै नेवार भाषालाई ब्यवहारिक रुपमा सिकाइको वातावरण तयार गर्न सुझाव दिए । नया पुस्तामा बोलचाली गर्ने बानी नहुदा नेवारी भाषा लोपहुने खतरा बढेको भन्दै यसमा जोड दिन उनले सुझाव दिए ।

शंकरनगर बनबाटिका तथा अध्ययन केन्द्रमा भएको कार्यक्रममा लेखा संयोजक लोकहरि श्रेष्ठले तिलोत्तमा नगरमा आफुहरु विसं २०६० सालअघिबाट नेवारी संस्कृति जगेर्नाको अभियान थालेको बताए । नेपालमा धेरै जातजाती र भाषा संस्कृति भएपनि नेवार समुदायले मनाउने संस्कृति भिन्न र वैज्ञानिक भएको उनले बताए । धार्मिक, सास्कृतिक साथै मानव स्वस्थ्यसंग समेत जोडिएका हुदा नेवारहरुले अप्नाउने हरेक पर्वलाई विशेष रुपमा लिने गरिएको उनले बताए । कृषि उत्पादनसंग जोडिएको पर्वका रुपमा विभिन्न जातीहरुले आआफ्नो तरिकाबाट मनाउने गरेको भन्दै उनले नेवारहरुको योमरी पुन्यि एक महत्व चाड भएको बताए ।

कार्यक्रममा झिगु नेवा पुचका अध्यक्ष रुद्र प्रसाद श्रेष्ठले कतिपय नेवार समुदाय ज्यापु दिवसको रुपमा यो दिनलाई मनाउने गरेको बताए । नया बाली स्याहारेपछि त्यसबाट योमरी बनाएर खाने प्रचलन रहेपनि आफुहरु भने प्रत्येक वर्ष पुजापाठ, समयबजी खानपिन साथै लाखे नाच, खेलकुद कार्यक्रमहरु गरि मनाउदै आएको बताए ।

कार्यक्रममा सिद्धार्थ नेवा खलको अध्यक्ष प्रकाशचन्द्र श्रेष्ठ, नेवा संस्कृति संरक्षण समाजका अध्यक्ष लक्ष्मण कुमार श्रेष्ठ, जेष्ठ नागरिक गिर्मान श्रेष्ठ, दान बहादुर श्रेष्ठ, सामाजिक अभियन्ता अरुणा श्रेष्ठ, खलका उपाध्यक्ष टोप बहादुर श्रेष्ठ, सचिव निमप्रसाद श्रेष्ठले जिल्लामा छरिएर रहेका नेवार संस्थाहरुलाई गोलबद्ध गरि अघि बढने गरि लाग्नु सुझाव दिए । हाल पुचमा तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकाका १ सय २६ घरधुरी सदस्य रहेका संस्था १९ वर्ष पूरा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?