Butwal Today

फरक पोशाक र दज्र्यानी चिन्हमा वनका कर्मचारी

१० पुष २०८०, मंगलवार
अ+
अ-

गुल्मी, १० पुस । डिभिजन वन कार्यालय गुल्मीका वन सेवा कर्मचारीहरूका लागि भिन्नै पोशाक र दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।
दज्र्यानी चिन्ह प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले प्रदेश सरकारले वन सेवाका कर्मचारीहरूको भावना अनुसार भिन्नै प्रकारको पोशाक र दज्र्यानी चिन्ह उपलब्ध गराएसँगै कर्मचारीहरूको मनोवल पनि उच्च रहने बताए ।
उनले आगामी दिनमा कर्मचारीहरूलाई काम प्रति उत्साहित र थप उत्प्रेरणा बढाउनुका साथै यसले आत्म सम्मान बढाउने विचार व्यक्त गरेका छन ।

कार्यक्रममा डिभिजन वन कार्यालय गुल्मीका प्रमुख जिवन पँगेनीले वन सेवाका कर्मचारीहरू अधिकांस समय फिल्डमा खटिएर कामकाज गर्नु पर्ने भएका कारण भिन्नै प्रकारको पोशाकबाट सर्वसाधारणले कर्मचारीहरूलाई सहजै पहिचान गर्न पनि मद्दत पुग्ने बताए । सोही कार्यक्रममा प्रहरी उपरिक्षक नविन किशोर प्रधानले पोशाकको गरिमा निकै महत्वपुर्ण र अर्थपुर्ण रहने भन्दै यसको गरिमा र मर्यादालाई सधै जोगाई राख्नु पर्नेमा जोड दिएका थिए ।

डिभिजन वन कार्यालय अन्र्तगतका सबै कर्मचारीहरूलाई छुट्टै किसिमको पोशाक र दज्र्यानी चिन्ह प्रदान गरिएको डिभिजन वन कार्यालय गुल्मीका वन अधिकृत पंङकज कुमार ठाकुरले जानकारी दिएका छन । लुम्बिनी प्रदेश सरकारले वन ऐन २०७८ र प्रदेश वन नियामवली २०७९ मा वन सेवाका कर्मचारीहरूका लागि भिन्नै पोशाक र दज्र्यानी चिन्हको व्यवस्था गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?