ट्रेंडिंग:

>> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो

लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीमा पदस्थापना

९ पुष २०८०, सोमबार
९ पुष २०८०, सोमबार

बुटवल।

लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम आइतबार सम्पन्न भएको छ । संघको सभाहलमा आयोजित एक कार्यक्रममा १३औँ अधिवेशनबाट निर्वाचित कार्यसमितीको पदस्थापन सम्पन्न गरिएको हो ।

पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र रानाले निर्माण व्यवसायीका समस्याहरुको सम्बोधन नहुदासम्म देशमा आर्थिक तथा भाैतिक विकासको वातावरण बन्न नसक्ने बताए । उनले सरकार र निर्माण व्यवसायीहरु बिच समन्वय र सम्बन्ध राम्राे भए मात्रै याे देशकाे भाैतिक विकास सफल हुने बताए । सरकारले बजेट सुनिश्चित नगरी टेण्डर खोल्दा कैयाैँ व्यवसायी घाटामा गएकाे बताउँदै उनले सबै निर्माण व्यवसायीहरुलाई बजेट सुनिश्चित गरेर मात्रै टेण्डर प्रक्रियामा जान अनुराेध समेत गरे ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मन्जु भुसालले प्रतिवद्धता मन्तव्य राख्दै व्यवसायीका थुप्रै समस्या आफुले पनि नजिक बाट नियालेकाे बताउँदै समस्या समाधानका लागि आफ्नो नेतृत्वको कार्यसमितिले कुनै पनि कसुर बाकी नराख्ने बताईन । भुसालले आफ्नाे कार्यकालमा बिधि र बिधानलाई अङ्गालेर अगाडि बढ्ने बताईन उनले भनिन, ‘अब बार्षिक कार्ययाेजना बनाएर सृजनात्मक कार्य गर्ने छु र निर्माण व्यवसायी हकहितकाे पक्षा उभिने छु । पछिल्लो समय भुक्तानी नभएकै कारण सरकार सगँ पनि सङ्घर्ष गर्नु परेको अबस्था छ । यसकारण पनि व्यवसायीका मुद्दाहरुमा कटिबद्ध भएर अगाडि बढ्ने छु ।’

उनले निर्माण व्यवसायीहरुका साझा समस्या समाधानका निम्ति सधै तत्पर रहने र व्यवसायिक संघसंस्थाहरुसँग पनि निरन्तर सहकार्य गरी अघि बढ्ने विश्वास दिलाउदै संघको संस्थागत विकासलाई जाेड दिदै सामाजिक क्रियाकलापलाई निरन्तरता दिने बताईन ।

अध्यक्ष भुसालले चुनौति भित्र अबसर लुकेको एक उदाहरण आफु भएकाे दाबी समेत गरिन । उनी निर्माण व्यवसायीहरुमा नेपालकै ईतिहासमा पहिलाे निर्वाचित महिला अध्यक्ष पनि हुन । ‘निर्माणको क्षेत्रमा पुरुषहरुले त धेरै नै प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ भने महिलाको हकमा त अझै दाेब्बर चुनौती हुन्छ’ उनले भनिन ‘तर पनि ईच्छाशक्ति नै मुख्य कुरा हाे त्यसकारण पनि आज सफल व्यवसायीको रुपमा पहिचान गराउन सफल भएकी छु ।’

भुसाल १३४ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी गणेशप्रसाद शर्मा र प्रयास खड्काले बराबर ८६–८६ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?