ट्रेंडिंग:

>> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन

लुम्बिनी एक्स्पो, २०८०ः स्वाद लिने, कि सीप सिक्ने ?

९ पुष २०८०, सोमबार
९ पुष २०८०, सोमबार

बुटवल, ९ पुस । लुम्बिनी एक्स्पो, २०८० प्रदर्शनी केन्द्र बुटवल मण्डपमा जारी छ । पुस ५ गतेबाट सुरु भएको मेलामा कृषि तर्फको लागि छुट्टै पेभिलियनको व्यवस्था गरिएको छ । रूपन्देही व्यापार संघले आयोजना गरेको यो प्रदर्शनीको कृषि पेभिलियनको सुरुवाती स्थानमा प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको विवरण, त्यहाँबाट उत्पादित विभिन्न पुस्तक तथा सामग्रीहरू, छेवैमा उत्पादित भिडियो डकुमेन्ट्री समेत प्रसारण गरिएको छ ।

छेवैमा कृषि विकास निर्देशनालयको पनि स्टल छ । कृषि अधिकृतस्तरका एक जना कर्मचारी र कार्यालय सहयोग गरी २ जना स्टलमा बसेका हुन्छन । किसानले केही कुराको जिज्ञासा राखेमा अधिकृतस्तरका कर्मचारीहरूले विषय बस्तुबारेको ज्ञान प्रदान गर्दछन् भने जुन विषयमा किसानले जिज्ञासा राखेका हुन त्यो कार्यालय, विषय विज्ञको फोन नम्बर समेत उपलब्ध गराउँछन् ।

मायादेवीका मौरी किसान आईतबार मेलामा गए । उनले मौरी पालन सम्बन्धी थप जानकारी दिन स्टलमा गएका थिए । सो विषयमा उनले केही मौरी सम्बन्धीत पुस्तक पनि लिए भने केही थप जानकारीको लागि मौरी सम्बन्धी किट विज्ञको फोन नम्बर समेत लिए ।
नजिकै विभिन्न जिल्लागत रूपमा उत्पादन गरिएका सामग्रीहरूको प्रर्शनी, विक्री कक्ष स्थापना गरिएको छ । यसकै सबै चाँजोपाँजो प्रदेशको कृषि मन्त्रालयले गरेको हो । तराईंको उत्पादन देखि पुर्वी रुकुम हिमाली जिल्ला सम्मको उत्पादनको विक्रि कक्ष सहित प्रदर्शनी पनि गरिएको कृषि विकास निर्देशनालय बुटवलका प्रमुख राम प्रसाद पाण्डे बताउँछन् ।

मेला आयोजक संस्थासंगको सहकार्यमा किसानहरूको लागि जानकारीमुलक, किसानको उत्पादन प्रवद्र्धनको लागि समेत यस्तो प्रकृतिको प्रदर्शन गरिएको उनको भनाई रहेको छ । उनी भन्छन्– ‘किसानको उत्पादनको बिक्री पनि हुने प्रचार पनि हुने भएको कारण हामी यसको व्यवस्थापन गरेका हौं । ’

प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले प्रदेशका मातहतका कार्यालयबाट पनि आ–आफ्ना कार्यालयको कार्यगत जानकारी सहितको डेमो समेत प्रदर्शन गरेको छ । कुखुरा विकास फार्म बाट उन्नत जातको कुखुराको समेत त्यहाँ प्रदर्शनी गरिएको हो । कृषितर्फ बाली विशेष तर्फ पाल्पाको सुन्तलादेखि गुल्मीको सुन्तला, जुनार, किबी समेत बिक्रीको लागि राखीएको हो । जहाँ किसानले उत्पादन गरेको आफ्नो बारीको सुन्तला, जुनार, किबीको बिक्रीसंगै खेती प्रविधिबारेमा समेत जानकारी दिएका छन् । रुकुम पुर्वको हिमाली जिल्लाबाट त्यहाँ उत्पादीत राडीपाखीको बिक्री संगै डेमो समेत राखीएको छ । जसमा उपभोक्ताले डेमो हेर्दे उत्पादित बस्तु खरिद बिक्री समेत गर्न पाउँछन् ।

प्रदेशमा रहेका संघीय कार्यालय मत्स्य संरक्षण तथा प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना सहित प्रदेशको जिल्ला भेटेरीनगरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्रवद्र्धनमा देशकै प्रख्यात छपियाको माछाको समेत परिकार सहित विक्रीस्थल राखीएको छ । स्थानीय मत्स्य सम्बन्धी विशेष सहकारीको रूपमा रहेको जलदेवी मत्स्य उत्पादक कृषक सहकारी संस्थाले उत्पादन गरेका विभिन्न माछाका परिकारहरू, माछाको मःम, पकौडा, फ्राई, फ्रोजन लगायतका माछाका परिकारहरू बिक्रीको लागि राखीएको हो । सहकारीका अध्यक्ष गणेश साही बताउँछन् ।

फ्रोजनमा जोडः
विदेशमा फ्रोजन गरिएको माछा खाने प्रचलन रहेपनि नेपालमा यसको सुरुवात व्यापक रूपमा हुन सकेको छैन । नेपालमा पनि विदेशबाट फ्रोजन माछा आयात गरी केही स्तरिय होटलहरूमा यसको प्रयोग समेत हुदै आएको छ । सोही अनुसार छपियाको जलदेबी मत्स्य सहकारी संस्थाले प्राधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपर जोन संगको सहकार्यमा फ्रोजन माछा उत्पादन गरी बिक्री गर्दै आएको छ ।
बुटवलदेखि काठमाडौं सम्म पनि यो माछा विक्रिका लागि जाने गरेको छ । तर नेपालमा डिफ्रीज गरिएको, मेसिनबाट शुद्ध गरिएको फ्रोजन गरिएको माछा खाने संस्कारअझै विकास नभएको कारण यसको बजारीकरणमा केही समस्या रहेको जलदेबी सहकारीका अध्यक्ष गणेश साहीको भनाई छ । फ्रोजन माछाको ढुवानीको लागि आत्याधुनिक चिलिङ्ग भ्यान समेत सहकारीले खरिद गरेको छ ।

निःशुल्क माटो शिविरः

लुम्बिनी एक्स्पोमा माटो प्रयोगशाला खजुराबाट विशेषज्ञ टिम समेत आएको छ । किसानबाट संकलन गरिएको माटोको अवस्थाको विषयमा परिक्षण गरी निःशुल्क रूपमा किसानलाई प्रदान गर्ने गरी कार्यक्रम राखीएको हो । जसमा किसानले विभिन्न स्थानबाट माटोको नमुना ल्याएका छन् । जसमा किसानले माटोमा अम्लीय अवस्था वा क्षारिय अवस्था वा कुन प्रकारको माटो छ, सुधारको लागी गर्नुपर्ने काम सहित माटो अनुसार विउ विजन लागाउने सल्लाह सुझाव समेत पाउने गरेको लुम्बिनी एक्सपो कृषि पेभिलियन संयोजक मेघराज पौडेल बताउँछन् । माटो तथा मल परीक्षण प्रयोगशाला, खजुरा बाँके बाट पुस ९ गते देखि १३ गते सम्म निःशुल्क रूपमा घुम्ति माटो परिक्षण प्रयोगशाला सञ्चालन गरिने भएको हो ।

यान्त्रीकरणको प्रदर्शनीः

लुम्बिनी एक्स्पोमा कृषि यान्त्रीकरण सम्बन्धी प्रदर्शनी समेत गरिएको छ । छुट्टै स्थानमा सुपरसिडर, रिपर, लगायतका यन्त्र तथा उपकरणहरूको प्रदर्शन गरिएको छ । अन्य बेलामा उपकरण मात्रै राखिने गरिएकोमा यो पटक भने उपकरणको नाम, काम, लगायतको विशेषता समेत उल्लेख गरी विवरण राखीएको हो । थोर्गाको उखुर खुदोः हरेक मेलामा जस्तै यो पटक पनि गोरुले नै उखु पेलेर खुदो बनाएर स्थानीयहरूले उपभोग गरिरहेका छन् । गुल्मीको थोर्गा खुदोको लागि प्रख्यात मानिन्छ । सोही अनुसार उक्त स्थानबाट नै किसान आएर यसको विक्रि प्रवद्र्धन गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?