ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

माओवादका नाममा इसाईवादको छद्मभेष

९ पुष २०८०, सोमबार
९ पुष २०८०, सोमबार

कति लेखियो लेखियो– यो नेपालमा माओवाद भन्ने चिजको उद्देश्य नै इसाईवाद हो भनेर । तर, मसँग साथी भएका धेरै धर्मगुरु–चर्मगुरु–गर्म गुरुहरू मैले लेखेका कुरामा हेरेको नहेरै गर्नुभयो । उहाँहरूलाई त्यो गुह्य कुरो सेयर त कता हो कता औँठाछापको निसाना हान्न पनि मन लागेन । किनकि उहाँहरूलाई अझैपनि कतै त्यही इसाईवादभित्रको माओवादको अभिनन्दनको पात्र बन्ने आकांक्षाले छोड्न सकेको छैन । प्रचण्ड आदि नेताहरूको पीताम्बरी छद्मभेषको गुणगानबाट कुनै सांसारिक पदको लाभ लिने मोहले पनि छोडेको छैन । तर पनि सनातन धर्मका संरक्षक स्वामीजीहरू, गुरुहरू एवम् साथीभाइहरूले गरेका गुणगानका उत्साहले कलम चलाउन भने छोडिएको छैन । त्यही माओवादभित्र घुसेर शास्त्रीय चिन्तन गर्नेलाई राम्रो भन्न पनि छोडिएको छैन । यहाँ राम्रोलाई राम्रो भन्न नसक्नु नै लोभ या कुनै पदलोलुपताको कारण हो । धेरैलाई ठूलो मान्छे बन्नु छ । सबैले ढोग्ने मान्छे बन्नु छ । विवादित बन्नु छैन । सर्वमान्य बन्नु छ । सर्व धर्म समभावको नाटक गर्नु छ । तर योगी नरहरिनाथ जस्तो सत्य कुरो गरेर जनतालाई सत्य मार्गमा चलाउनु भने छैन । सत्य सनातन वैदिक धर्म जसको मुख्य सिद्धान्त नै सर्वे भवन्तु सुखिनः छ त्यस्तो खालको धर्मको सदस्य भएर विश्वमा शान्ति ल्याउनु छैन । ल्याउनु छ त केवल विकासका नाममा धर्म संस्कार र संस्कृति मास्ने म्याउवाद ल्याउवाद खाउवाद अनि नरक जाउवाद । त्यसैका लागि हो यो मित्रराष्ट्रका आदरणीय नेता माओ जसको मार्गनिर्देशनमा चिन कहाँ पुग्यो, उनै माओको वदनाम गराएर युरोपियन र अमेरिकीको नोकरीले ल्याइएको माओवादका नामको इसाइवाद मिसाइवाद अनि जनता चुसाईवाद ।

अतः तिनै वादका प्रवक्तामध्येका जनार्दनले चर्चको शिलान्यास गर्दै हिंँड्नुपर्ने, सुदन किराँतीले इसाइ विरोधी संविधान विरोधी हुन् भनी बक्बकाउनु पर्ने एवम् बाबुरामले सनातन परम्पराको खेदो खन्दै भौँतारिनु पर्ने । यस किसिमका कार्यहरू त अहिले नयाँ बनेका पालिकाहरूमा कति हुन्छन् हुन्छन् । पाष्टरहरूको बीजारोपणबाट उत्पन्न रुखहरूले दुःख दिन थाल्ने क्रम बल्ल चल्न थालेको छ । नरेन्द्रजङ्ग पिटर र केबी रोकाया जस्ता पाष्टरहरूलाई माओवादीले संरक्षण गरेर राखेको पनि यसैका लागि हो ।

दार्शनिक कार्ल माक्र्सले पादरीहरूद्वारा इसाई धर्मका नाममा गरीब जनतामाथि गरिएको अन्याय र अत्याचारबाट बचाएर लैजान धर्मलाई नसाको राजा अफिमका रूपमा व्याख्या गरेका थिए । किनकि जनताहरूलाई पादरीहरूले यतिसम्म जड बनाएका थिए कि जनताले आफुले नखाएर नलगाएर भएपनि स्वर्ग जाने नाममा बेचिने महङ्गा टिकटहरू खरिद गर्ने गर्थे । यस किसिमको विषाक्त नसामा जनता झुमेका देख्दा नै दार्शनिक कार्लमाक्र्सले इसाई धर्मलाई विषाक्त अफिमको नसाका रूपमा परिभाषित गरी नास्तिक बन्न सुझाव दिएका थिए । तर यस किसिमको परिभाषा पछि इसाई मिसनरीहरूले अन्य देशमा रहेका सनातन धर्म संस्कार मेटाएर इसाईयत फैलाउनका लागि प्रयोग गर्न थाले । पहिला अन्य देशमा रहेका त्यहाँका धर्मलाई अन्धविश्वास भन्न सिकाई कम्युनिष्ट बनाइयो । अनि पछि विस्तारै विस्तारै इसाई बनाउन थालियो । त्यसको ज्वलन्त उदाहरण अफगानिस्तान रुस आदि देश हुन् भने ताजा उदाहरण नेपाल नै हुन लागेको छ ।

अतः माओवादको उत्पत्ति देश बनाउन नभएर देशलाई इसाइमय बनाउनु नै हो । रोल्पा, रुकुम, गोर्खा लगायत देशका विभिन्न स्थानहरूमा बनाइएका चर्चहरू यसका उदाहरणहरू हुन् । २०६२–६३ अघि गरिएका पुजारी एवम् गुरु हत्या र त्यसपछि देशमा विभिन्न प्रलोभनमा पारी गराइएको धर्मान्तरण त झनै प्रत्यक्ष प्रमाण नै हो । हाम्रो देशमा चलिआएको सनातन धर्म जसले सबैको भलो चिताउने काम गथ्र्यो यस किसिमको साझा धर्मलाई तहसनहस बनाएर खाइसार र लाइसार सिकाउने एवम् कुनै अनुशासन नै नभएका विभिन्न किसिमका रिलिजनका माध्यमले यहाँ अशान्ति फैलाउनु नै यिनीहरूको कार्य रहिआएको छ । मदर टेरेसाले पनि विभिन्न विकासका नाममा भारतमा इसाई धर्मको प्रचार प्रसार गरेकी थिइन् । यस कामका लागि उनलाई मुख्यरूपले पश्चिम बङ्गालको कम्युनिष्ट सरकारले साथ एवम् ओतप्रोत दिएको थियो । त्यस्तै हाम्रो देशमा पनि माओवादका नाममा रहेको यो इसाइवादले कहिले जनार्दनबाट विकासको लहर ल्याएको जस्तो गरेर हुन्छ या त सुदन किराँतीबाट सुशासनको लहर ल्याएको जस्तो गरेर हुन्छ या त गोपाल किराँतीबाट जनजातीका कुरा गराएको जस्तो गरेर हुन्छ त्यो छद्मभेषी उद्देश्य त नेपाललाई इसाईकरणको योजना अनुसार नै तहस नहस पार्नु नै छ । पूर्वी नेपालमा भइरहेको आन्दोलन अहिले जनजातिका पक्षमा भएको भनेर प्रचार प्रसार गरिएपनि यसको मुख्य उद्देश्य नै पूर्वी नेपाललाई पनि भारतको नागाल्याण्ड जस्तो बनाउनु नै हो । जसरी भारतको नागाल्याण्डमा रहेका त्यहाँका आदिवासीहरूलाई क्रिश्चियन बनाई भारतलाई टाउको दुखाइको विषय बनाइयो त्यसरी नै यहाँका आदिवासीहरूलाई पनि उल्टापुल्टा इतिहास पढाएर क्रिश्चियन बनाएर देशलाई अशान्त पार्नु नै छ ।

अतः अझैपनि फल्नाले यस्तो गरो र उस्तो गरो, यसरी सुध्रियो, त्यसरी रुद्राक्षको माला लगायो, टिका लगाएर हिँड्छ, मन्दिर जान्छ भन्दापनि उसको पार्टीको मुख्य उद्देश्य नै इसाइकरणको अभियान भएकाले त्यसको भण्डाफोर गरी देशलाई बचाउनु परेको छ । धर्मछाडा, कर्मछाडा एवम् सुहृत्छाडाहरूलाई के को इज्जत दिने ? त्यस्तालाई देशबाट लखेट्नुपरेको छ । इसाइकरणका नाममा भइरहेको वामपन्थलाई रामपन्थमा बदल्नु परेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?