Butwal Today

क्रिसमसको अवसरमा सभामुखद्वारा शुभकामना

९ पुष २०८०, सोमबार
अ+
अ-

लमही ,९ पुस ।

लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले इसाई धर्मावलम्वीहरुको मुख्य पर्व क्रिसमसको अवसरमा इसाई धर्मावलम्वी लगायत सबै प्रदेशवासीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

सोमबार शुभकामना सन्देश जारी गर्दै सभामुख घर्ती मगरले इसाई धर्मावलम्बहरुको महान पर्व क्रिसमसले हामी सवै नेपालीहरु बीचमा धार्मिक एकता, वन्धुत्व, सद्भाव कायम राख्न महत्वपुर्ण भूमिका खेलोस् भन्ने कामना समेत गरेका छन् ।

नेपाल बहुभाषिक, बहजातीय बहुधार्मिक, बहुसांस्कृतीक विविधतापुर्ण रहेको र यो नेपाली समाजको एक महत्वपुर्ण विशेषता रहेको उल्लखे गर्दै सभामुख घर्ती मगरले सबै समुदायको एकता, सद्भाव र सहिष्णुता कायम गर्न चाडपर्वहरुले सहयोग पु¥याएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

“सवै समुदायको राज्य सत्तामा अर्थपूर्ण सहभागिता नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वास्तविक मर्म र भावना हो । संविधानको रक्षा गर्दै विभिन्न जाति, धर्म, समुदाय, संस्कृति र समुदायको संरक्षण र संवद्र्धनका लागि अधिकार स्थापित गर्नु हाम्रो कर्तव्य हो । ” शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

सभामुख घर्ती मगरले लुम्विनी प्रदेश सभाले सामाजिक न्याय र सामाजिक सद्भावलाई स्थापित गर्न जातीय भाषिक र धार्मिक रुपमा उत्पीडित समूदायको भाषिक, धार्मिक र सांस्कृतिक हक अधिकार संरक्षणको लागि कानुन निर्माणमा विशेष ध्यान दिएको बताए ।

राष्ट्रिय एकता, धार्मिक सहिष्णुतासहितको नेपाली मौलिक पहिचानलाई स्थापित गर्र्दै सबै समुदायले हातमा हात साथमा साथ मिलाएर अघि वढेमा अवश्य पनि संमृद्ध प्रदेश बनाउन सकिने जनाउदै उनले यसका लागी यो पर्वले हामी सबैलाई उर्जा रउत्प्रेरणा प्रदान गर्ने पनि उल्लेख गरेका छन ।