Butwal Today

बुटवल–नारायणगढ सडक निर्माणमा दवाब दिन रास्वपाको पैदलयात्रा

९ पुष २०८०, सोमबार
अ+
अ-

नवलपुर, ९ पुस ।

पुर्वी नवलपरासीको नरायणगढ–बुटवल सडक खण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबारदेखि पैदलयात्रा सुरु गरेको छ ।

विहान सवा १० वजे नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. २ भृकुटीचोकबाट सुरु भएको पैदलयात्रको कमाण्ड राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेका छन् । बुटवलसम्मको यात्रा तीनदिनमा पुरा गर्ने लामिछानेले बताए । बस्तीमा हिड्ने र जंगलमा सवारीसाधनको प्रयोग गर्ने तयारी भएको छ ।