© 2026
काठमाडौं ।
विश्व हिन्दु युवा सङ्घले केन्द्रीय प्रवक्ताका रुपमा दर्पण राजबंशीलाई मनोनित गरेको छ । केन्द्रीय कार्यालय काठमाडौंमा बसेको उपलब्ध पदाधिकारिको वैठकले उनलाई प्रवक्ताका रुपमा मनोनित गरेको हो ।
विश्व हिन्दु युवा सङ्घको स्थापना कालदेखि नै अत्यन्तै सक्रिय राजबंशीले लामो समय विभिन्न शैक्षिक संस्थाहरुमा अध्यापन गरेको अनुभव लिइसकेका छन् । गुरू धर्म हिन्दूबोधी ने नरनारायण नरहरिशिवगोरक्ष शक्ति गवेषणा भावक दर्पण राजबंशी दर्शनशास्त्रमा विद्यावारिधिरत एक आध्यात्मिक साधक समेत हुन् ।
रास्ट्रगुरु योगी नरहरिनाथको आशीर्वाद प्राप्त शिष्यको रुपमा उनले आफुलाई सत्कर्ममा समर्पित गर्दै हिन्दु धर्म र सनातन संस्कृतिको उन्नयनमा लाग्ने बताएका छन् । विश्व हिन्दू युवा संघको मुख्य प्रवक्ताको रुपमा उनले संगठन, मौलिक धर्म सस्कृति र सभ्यताको रक्षाको लागि विशेष योगदान गर्नेमा विश्वस्त रहेको हिन्दु युवा संघका केन्द्रीय अध्यक्ष ऋषिकेश जङ्ग शाहले बताएका छन् ।
यस अघि विश्व हिन्दु युवा संघको प्रवक्ताको जिम्मेवारी राजानन्द माण्डव्यले लिएका थिए भने उनले आफ्नो कार्यव्यस्तताका कारण पदीय जिम्मेवारी बहन गर्न नसक्ने जनाएपछि उक्त पदको जिम्मेवारी राजवंशीलाई दिइएको केन्द्रीय कार्यालयले जनाएको छ।