ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म
कालिकाको ६३ औ वार्षिकोत्सव तथा अभिभावक दिवस

शिक्षा क्षेत्रमा कालिकाको देशमै महत्वपूर्ण पहिचान : विष्णु पौडेल

७ पुष २०८०, शनिबार
७ पुष २०८०, शनिबार

बुटवल, ७ पुस ।

पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बुटवलको कालिका मानवज्ञान माविले शिक्षा क्षेत्रको गहनाका रुपमा देशमै महत्वपूर्ण पहिचान बनाएको बताएका छन् ।

कालिका मानव ज्ञान माबिको ६३ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको शनिबार उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘कालिका शैक्षिक सफलताबाट देशमा नै उचाईमा पुगेको छ’—उनले भने । संख्यात्मक र गुणात्मक दुबैमा विद्यालयले फड्को मार्न सफल भएको उनले दाबी गरे ।

विद्यालयमा भर्नामा आकर्षण हेर्दा यहाँको क्षमता थेग्न नसकेको अवस्था छ । आगामी भौतिक र दक्ष ब्यवस्थापन अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए । विगतका यात्रालाई सम्झने र नयाँ बाटो कोर्ने पाटाका रुपमा वार्षिकोत्सव दिवस हुने गरेको उनले बताए । कालिका मावि २०७१ सालदेखि प्राविधिक विषयमा नेपाल प्रथम हासिल गरेको हँुदा यो गुम्न नदिने चुनौती सधैभरि रहने उनले बताए । सधैभरि प्रथम हुने गरी अठोटमा विद्यालय परिवार लाग्नुपर्ने उनले सुझाव दिए । विद्यालय परिसरमा राखिएको विद्यार्थीहरुमा अनुसन्धानको क्षेत्रमा निक्कै उत्कृष्ट रहेको उनले बताए । विधागत रुपमा उचाईमा पुग्न सक्ने सम्भावना रहेको पौडेलले बताए । विद्यालयलाई आवश्यक सहयोगमा स्थानीय पालिकाबाट समेत निरन्तर सहयोग गर्न उनले आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरि, मध्यपश्चिम पृतनाका पृतनापति उपरथि यमप्रसाद ढकाल, बुटवल उपमहानगरपालिका वडा नं. १० का वडाअध्यक्ष बल बहादुर पुन, पुर्वअध्यक्ष होम बहादुर गलामी, वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख माधव प्रसाद बन्जाडे, बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वस्थ्य शाखाका अधिकृत कोपिला ज्ञवाली, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले अन्य सामुदायिक विद्यालय पनि कालिकाको विकासलाई अनुसरण गरेर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले शैक्षिक विकासको पाटोबाट उत्कर्षमा पुगेको बताए । कालिकामा ८ हजार ५३ जना विद्यार्थीहरु अध्ययन गर्ने देशकै सबैभन्दा धेरै विद्यार्थी भएको उनले दाबी गरे । देशमा रहेका ४२२ वटा नमुना विद्यालयमध्ये कालिका सर्वोत्कृष्ट विद्यालयमा पर्दछ । असल अभ्यासहरुलाई अपनाउँदै आएको उनले बताए । देशका विभिन्न विद्यालयका १८ हजार बढी शिक्षकहरु असल अभ्यासका बारेमा अध्ययन गरेको उनले बताए । ३४० जना शिक्षकहरुको निरन्तर मेहनतको प्रतिफलकै कारण अहिलेको अवस्थामा पुगेको उनले बताए । विद्यालयमा ५४ वटा अक्षयकोषहरु छन् ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यालय परिवारको योगदान र समाजका सबै पक्षबाट पाएको सहयोगकै कारण शिक्षामा उचाई चुम्न पाएको बताए ।

विद्यालयमा २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका समाजसेवी राम बहादुर गुरुङ, मिनकुमारी गुरुङ दम्पतीलाई सम्मान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक पिताम्बर बन्जाडेले बताए ।

विद्यालयका शिक्षक सुदर्शन रेग्मीले योगिकुटीमा समाजसेवीहरु मिलेर विश्वशान्ति प्रावि स्थापना गरेको बताए । स्वर्गीय मान बहादुर गलामी स्थापनाकालका प्रधानाध्यापक रहेको बताए । वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले सांस्कृतिक नृत्य, गायनहरु प्रस्तुत गरेका थिए । विद्यालयको कालिका मुखपत्रको १३ औ अंक विमोचन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?