ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

भैँसीको मस्तिष्कबाट रेबीज रोग पुष्टी

७ पुष २०८०, शनिबार
७ पुष २०८०, शनिबार

बुटवल (बुटवलटुडे), ७ पुस । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को एक पशुमा रेबिज भेटिएको छ । दुई महिना पहिला अन्य स्थानबाट किनेर ल्याएको पशुमा रेबीज पुष्टी भएको छ । रेबीज पुष्टी भएको पशु मरेको छ ।

रामग्राम नगरपालिका वडा नम्बर –१५ को घिनौया गाउँमा रहेका किसानले घरमा पालेका भैसीमा रेजिब पुष्टी भएको पशुरोग अन्वेषण प्रयोगशाला नवपरासीका प्रमुख डा. भरत काफ्लेले जानकारी दिए । केही दिन पहिला भैँसीमा रेबिज रोगसँग मिल्दोजुल्दो लक्षण देखाई मरेको सूचना प्राप्त पश्चात पशु रोग अन्वेषण प्रयोगशाला, परासीको प्राविधिक टोलीबाट भैँसीको मस्तिष्क नमुना संकलन गरी रेजिज एजी आरडीटी टेष्ट गरिएको थियो ।

पहिलो चरणको आरडीटी टेष्ट गर्दा रेबिज देखिएपछि केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, काठमाडौँमा समेत यसको परिक्षणका लागि नमुना पठाइएकोमा एफएटी टेष्ट विधिबाट पनि रेबीज भएको पुष्टी भएको प्रयोगशा प्रमुख डा. काफ्लेले जानकारी दिए ।
यसरी रेबीज पुष्टी भएपछि पशु चौपायको उपचारमा प्रयोग भएका, नुमना संकलनमा खटिएका प्राविधिकहरू, किसान लाई समेत रेजिज विरुद्धको खोप लगाइएको छ ।

रेबीज लागेको छाडा चौपाय, कुकुर, बाँदर लगायतको टोकाईबाट पशुमा रेबीज लाग्ने र मानिसकाले रेबीज लागेको पशुको सम्पर्कमा रहँदा पशुको यालीबाट मानिसको घाउ, वा खटिरामा परेमा मानिसमा पनि रोग सर्न सक्ने भएको कारण सचेतना अपनाउनु जरुरी रहेको प्रयोगशाला प्रमुख डा. काफ्लेको भनाई रहेको छ । रेबिज रोग पशुबाट मानिसमा सर्ने जुनोटिक रोग हो । जुन पशुचौपायको दुध वा मासु सेवन गर्दा भने सर्दैन । तर विश्व स्वाथ्य संगठनले यो रोग लागेको पशु चौपायको दुध, मासु वा अन्य उपभोग गर्न वा प्रयोग गर्नमा रोक लगाएको छ ।
घिनौया गाउँका किसानले अन्य स्थानबाट खरिद गरेर ल्याएको भैसीमा रेबिज देखिएपछि उक्त स्थानको खोजी गरी रेबीज विरुद्धको खोप लगाउने समेत तयारी गरिएको छ । उक्त घरमा पालिएका अन्य पशु चौपायमा पनि खोप प्रदान गरिने जनाइएको छ ।

रेबीज रोग रोग लागे पछि उपचार नभएको हुँदा यो एक प्राणघातक रोग हो । सामान्य रूपमा लिँदा वर्षेनी १०० जनाको ज्यान पनि गइरहेको जनायएको छ । रेबीज अनुसन्धान गरेपछि मात्र पुष्टि हुन्छ । रेबिज रोग गत बर्ष गुल्मी जिल्लामा ९ स्थानमा र धनगढीमा ८० भन्दा बढी स्थानमा देखिएको थियो । रेबिज लागेपछि उपचारमा खोपको प्रयोग गरिन्छ । शंकास्पद कुकुर, बिरालो, बाँदर, चमेरो, स्याल, आदिले टोकेमा वा रेबिज लागेको पशुसँग लसपस भएमा तुरुन्त सम्बन्धित पशु तथा मानिसलाई खोप लगाउन जरुरी रहेको पशु प्राविधि तथा पशु चिकित्सकहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?