ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

जातिय पहिचान जोगाउन संघीयता ल्यायौं : मुख्यमन्त्री चौधरी

७ पुष २०८०, शनिबार
७ पुष २०८०, शनिबार

लमही, ७ पुस ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले जातीय पहिचान जोगाउन संघीयता ल्याएको बताएका छन् ।

मगर र थारुको भाषा प्रदेश सरकारी कार्यालयमा कार्यान्वयन गराउन दवाव दिने उद्देश्यका साथ दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया सिरिचौरमा नेपाल मगर संघ केन्द्रीय समितिले आयोजना गरेको बृहत मगर जनसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री चौधरीले नेपाल बहुजातिक, बहुभाषिक, बहुसांस्कृतिक देश भएकोले सवै भाषा तथा संस्कृति संरक्षण गर्ने दायित्व सरकारको रहेको बताएका छन् । मुख्यमन्त्री चौधरीले थारु, मगर र जनजातिले घरमा उत्पादन गर्ने घरेलु जाँड र रक्सीलाई नष्ट गर्न नपाइने बताएका छन् । प्रहरीले घरेलु मदिरालाई बिक्री वितरणमा निषेध गर्दै त्यस्तो पाइएमा घोप्टाइदिने, फालिदिने गरेकोप्रति लक्षित गर्दै मुख्यमन्त्री चौधरीले अब कसैले त्यस्तो गरेको पाइएमा प्रदेश सरकारले कारबाही गर्ने बताए ।

उनले जाँड, रक्सीलाई ब्रान्डिङ गरेर बेच्नको लागि प्रदेश सरकारबाट बजेट नै विनियोजन गरिएको बताए । ‘थारु र मगरले बनाउने जाँड, रक्सीलाई घोप्टाउने र विदेशी रक्सी फोरेर यो देश समृद्ध बन्न सक्दैन,’ चौधरीले भने, ‘कोदो, मैवा, अनादी लगायतको रक्सीलाई ब्रान्डिङ गर्ने हो, यो कसैले रोक्न सक्दैन । बजेट छुट्याएरै प्रदेश सरकार अगाडि बढिसकेको छ ।’

स्थानीय खानपानलाई ब्रान्डिङ गरेर स्वदेशको बजार र संसारभर पु¥याउन सके त्यसैको माध्यमबाट आर्थिक समृद्धि आउन सक्ने उनको भनाइ छ । मुख्यमन्त्री चौधरीले रुपन्देही, रोल्पा र पाल्पालाई मगर क्षेत्र र दाङ, बाँके, बर्दियालाई थारु क्षेत्र घोषणा गरेरै उत्पादन र ब्रान्डिङ गर्ने सरकारको योजना रहेको बताए । उनले लुम्बिनीमात्रै नभएर नेपालकै खानपानलाई बाहिर बेच्नुपर्ने बताएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले मगर, थारू लगायत विभिन्न जातजातिको भाषालाई कामकाजको भाषा बनाउने सरकारको नीति रहेको बताएका छन् । साथै विभिन्न भाषाभाषीलाई कामकाजीको भाषा बनाउन सरकारले कानुन बनाउने तयारी गरिरहेको बताएका छन् । मगर समुदायले उठाएको माग जायज रहेकोले त्यस माग प्रति आफू प्रतिवद्व रहेको बताए । यसैबीच सभामुख घर्तीले पछिल्लो समय मगर समुदायको जनसंख्या घटेको प्रति दुख व्यक्त गरे । मगर समुदायको जनसंख्या घट्नुको कारण पत्ता लगाउनु पर्ने उनले बताएका छन् ।

त्यस्तै उनले मगर समुदायले भाषा संरक्षण गर्न ध्यान दिनुपर्ने र त्यसका लागि कक्षा सञ्चालन गर्न आवश्यक रहेको समेत बताएका छन् । नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र बहादुर पुन मगरको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यता तथा सभामुख तुलाराम घर्ती मगरको विशिष्ट आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सभा सुरू हुनु पुर्व विभिन्न संस्कृति झल्किने खालका झाँकी तथा ¥याली निकालिएको थियोे भने कार्यक्रम स्थलमा विभिन्न नृत्य तथा झाँकी प्रदर्शन गरिएको थियो । नेपाल मगर संघले लुम्बिनी प्रदेशमा मगर र थारु भाषालाई सरकारी कामकाजको भाषा घोषणा गर्न माग गरेको छ । त्यस्तै, धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र र लोकतन्त्र माथिको षड्यन्त्रपूर्वक आक्रमणप्रति खबरदारी समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?