ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म

जब १६ जना विशेषज्ञ डाक्टर एकैसाथ गाउँ पुगे…!

७ पुष २०८०, शनिबार
७ पुष २०८०, शनिबार

चन्द्रौटा (कपिलवस्तु), ७ पुस ।

शहरबजारको क्षेत्रमा सबैथोक हुन्छ । बाटोघाटो, यातायात, अस्पतालदेखि सञ्चारसम्म सबै पुगेको हुन्छ । तर ग्रामीण भेगमा सबैथोक पुग्नु विरलै उदाहरण हुने गर्छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा रहेको गौतमबुद्ध माध्यमिक विद्यालयमा बिहानैदेखि भिडभाड देखिन्थ्यो ।

ग्रामीण भेगका आम नागरिकले विद्यालयको प्रांगण खचाखच भरिएको थियो । उपचारका लागि सार्वसाधारण लाइनमा बसेर सेवा लिइरहेका देखिन्थे । उपचार गाउँघरमै पाउने भएपछि अस्पताल जानै नपर्ने भएको छ । अस्पतालको पहुँच नभएको पालिकामा एकै पटक १६ जना विशेषज्ञ चिकित्सक सहितको टोली आएपछि बिरामीको ओइरो लागेको थियो ।

पालिकाका एक दुई रोगको उपचारको लागि स्वास्थ्य शिविर सञ्चालन भए पनि एकै पटक १६ प्रकारको सेवा दिइएको पहिलो पटक थियो । उपचारका लागि अस्पताल जान नपर्ने भए पछि विपन्न समुदाय, सीमान्तकृत वर्ग, वृद्धवृद्धा, महिला, हाडजोर्नी र मुटु रोगका बिरामीको लहर देखिन्थ्यो । काठमाडौ मेडिकल कलेज शिक्षण अस्पतालको स्वास्थ्यकर्मीको टोलीले शुक्रवार २ हजार बढी बिरामीको चेक जाँच गरेको थियो । मुटु, मिर्गौला, आँखा, नाक, कान, घाँटी, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा, मानसिक रोग, महिला तथा स्त्री विशेषज्ञ सेवा, बाल रोग, दाँत रोगको उपचार गरिएको थियो ।

मुटुको इसिजी, भिडियो एक्सरे, दिसा पिसाब खकार तथा रगत जाँच र औषधी निःशुल्क प्रदान गरेको काठमाँडौ मेडिकल कलेज तथा नोबेल मेडिकल कलेजका सञ्चालक तथा संघीय सांसद सुनिल शर्मा बताउँछन् । बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले निःशुल्क उपचारले अत्यन्त विपन्न समुदायका महिला वृद्धहरू समेत पहिलो पटक उपचारका लागि आएका बताए । थप उपचार र अप्रेसन गर्नुपर्ने बिरामीलाई शिक्षण अस्पतालमा निःशुल्क उपचार गर्ने जनाइएको छ । पालिकामा एकैपटक धेरै रोगको चेकजाँच र उपचार भएको पहिलो पटक हो । धेरै बिरामी लाभान्वित भएका छन् ।

कलेजले हरेक वर्ष १ सय भन्दा धेरै स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । पछिल्लो एक महिनामा काभ्रे, रसुवा, प्युठान, दाङ जिल्लाका पालिकामा शिविर सम्पन्न गरेको छ । सन्तान विदेशमा भएर उपचार गराउन नसकेका वृद्धा, लामो दुरी तथा पहाडका कुना कुनामा रहेका महिला, अस्पतालको पहुँच नभएका स्थानबाट पहिलो पटक स्वास्थ्य जाँच गर्न आउने गरेका नशा तथा मानसिक रोग विशेषज्ञ डा. अनुश्रुती पराजुलीले जानकारी दिए ।

कलेजले २०७७ साल देखि स्वास्थ्यको सेवाको पहुँच नभएको क्षेत्रमा पालिका सँग समन्वय गरी शिविर सञ्चालन गर्दै आएको छ । काठमाडौँको लच्छीफेदीकाट सुरु गरिएको शिविर सोलुखुम्बु, खोटाङ, भोजपुर अछाम काभ्रे, रसुवा, प्युठानका अत्यन्त विकट तथा दुर्गम पालिकामा सञ्चालन गरिएको अस्पतालका जनसम्पर्क अधिकृत मदनलाल श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?