ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

शिक्षक विद्यार्थीसँग सरकारी वकिल कार्यालयको अन्तक्र्रिया

६ पुष २०८०, शुक्रबार
६ पुष २०८०, शुक्रबार

बुटवल, ६ पुस ।

उच्च सरकारी वकिल कार्यालय बुटवलले शुक्रर शिक्षक विद्यार्थीहरुसँग अन्तक्र्रिया गरेको छ । सरकारी वकिल कार्यालयको काम कारबाही, शिक्षक विद्यार्थीहरुसँगको सहकार्य, कानुनी ज्ञान लगायतका विषयमा सरकारी वकिल कार्यालयले अन्तक्र्रिया गरेको हो । समुदायमा सरकारी वकिल कार्यक्रम अन्तर्गत अन्तक्र्रिया गरिएको हो ।

त्यस अवसरमा सरकारी वकिलको सांगठनिक संरचना, काम कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व विषयमा जानकारी गराइएको थियो । बुटवल–११ स्थित नविन औद्योगिक कद्दरबहादुर रीता रायमाझी विद्यालयमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा उच्च सरकारी वकील कार्यालय बुटवलका सहन्यायाधिवक्ता गोविन्दराज गौलीले कार्यालयले सम्पादन गर्दै आइरहेका काम, सांगठनिक संरचना र कानुनी प्रावधानबारे जानकारी गराएका थिए ।

बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र श्रेत्रीले शिक्षक विद्यार्थीहरुका लागि कानुनी ज्ञान अपरिहार्य रहेको भन्दै यस्ता कार्यक्रमले प्रभावकारी उपलव्धि हासिल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उच्च सरकारी वकील कार्यालय, बुटवलका उप–न्यायाधिवक्ता रवि न्यौपानेले “सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व“ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

करीव १६ जना सहभागीहरुबाट सरकारी वकील र सरकारवादी मुद्दा सम्वन्धमा उठाईएका जिज्ञासाहरुको उच्च सरकारी वकील कार्यालय बुटवलका सह–न्यायाधिवक्ता गोविन्दराज गौली, उपन्यायाधिवक्ता रवि न्यौपाने र कानुनी सहायता अधिकृत विष्णु भुषालले विभिन्न रोचक उदाहरणहरु सहित जिज्ञासालाई सम्वोधन गरेका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थीको तर्फबाट कानून संकाय कक्षा १२ मा अध्ययनरत विद्यार्थी रुक्सा अर्याल, सोही समूहको कक्षा १२ मा अध्ययनरत विद्यार्थी एवं नविन विद्यार्थी क्लवका अध्यक्ष अमिसन थापा, कानून समूहका ईन्चार्ज अधिवक्ता लोक प्रसाद खरेल, विद्यालयका प्राधानाध्यापक प्रेम बहादुर बस्नेत, उच्च सरकारी वकील कार्यालय बुटवलका कम्प्यूटर अपरेटर बुद्धि पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?