Butwal Today

लायन्स क्लव अफ बुटवल स्टार्सले ग¥यो बंगलादेशमा खाद्यान्न वितरण

५ पुष २०८०, बिहीबार
अ+
अ-

बुटवल, ५ पुस ।

लायन्स क्लव अफ बुटवल स्टार्सले बंगलादेशको क्लव संगको सहकार्यमा त्यहाँ खाद्यान्न वितरण गरेको छ ।

बंगलादेशको ढाकामा लायन्स क्लव अफ ढाका ईन्जिनियर्स र लायन्स क्लव अफ ढाका वन प्लसको सहकार्यमा खद्यान्न वितरण गरिएको लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष रिंकु लिगलले जानकारी दिए ।

अन्डर ग्लोवल केसः हंगर रिलिफ कार्यक्रम अन्तर्गत खद्यान्न वितरण गरिएको हो । कार्यक्रममा लायन्स ईन्टरनेशल डिष्ट्रिक ३२५ पी का एलसीआईएफ कोअडीनेटर सन्दीप कसौधन, सिनिर डिष्ट्रिक एड्भाईजर आशिषकृष्ण श्रेष्ठ, डिष्ट्रिक चिफ एम.एल. पाण्डे क्लवका अध्यक्ष रिंकु लिगत लगायतको सहभागितामा खाद्यान्न वितरण गरिएको हो ।