ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु
उजिर सिंह मावि हीरक जयन्ती

एभरेष्टलाई लोकनृत्यको उपाधि

५ पुष २०८०, बिहीबार
५ पुष २०८०, बिहीबार

बुटवल, ५ पुस । उजिरसिह माबिको हीरक जयन्तीको अवसरमा आयोजित नगरस्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिताको उपाधि एभरेष्ट बोर्डिङ स्कुलले चुमेको छ । विहिबार भएको प्रतियोगितामा किसान दाता नृत्य प्रस्तुत गर्दै एभरेष्ट बोर्डिङ स्कुल प्रथम भएको हो । प्रतियोगितामा भक्तपुर नेवारी माख प्याख नृत्य प्रस्तुत गर्दै लुम्बिनी बोर्डिङ स्कुल दोस्रो भयो। यसैगरि कृष्ण चरित्र नृत्य प्रस्तुत गरेको बुटवल एक्स आर्मी तेस्रो तथा बर्दियाली लाठी नृत्य प्रस्तुत गरेको तिनाउ बोर्डिङ स्कुलको टिम सान्त्वना भएको छ । प्रतियोगितामा प्रथम पुरस्कार नगद २५ हजार रुपैया, द्घितिय पुरस्कार नगद २० हजार रुपैया र तृतिय पुरस्कार नगद १५ हजार रुपैया र कप, मेडल, प्रमाणपत्र र सान्त्वना १० हजार रुपैयाबाट पुरस्कृत हुने सास्कृतिक संयोजक यम प्रसाद श्रेष्ठले बताए ।

प्रतियोगितामा १२ सामुदायिक र १३ संस्थागत गरि २५ विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए। सहभागीहरुले साकेला, चण्डी नाच, थारु, भक्तपुर नेवारी माख प्याख नृत्य, राउटे (होराजन), मयुर नृत्य, टप्पा नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा नृत्य निर्देशक रमेश श्रेष्ठ , गोकुल सारु, पुजा दर्नाल निर्णायक रहेका थिए । प्रतियोगीहरुलाई भेषभुषा, हाउभाउ, स्टेज कभर, कोरियोग्राफी, सास्कृतिक सामग्रीहरुको आधारमा उत्कृष्ट छनौट गरिएको छ ।

प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले उद्घाटन गर्दै संस्कृति संरक्षण गर्न सामुदायिक विद्यालयहरु निरन्तर योगदान दिएको बताईन । विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न प्रतियोगिता महत्वपूर्ण हुने बताईन ।

यसैबिच प्रतियोगितामा सबै सहभागीहरुलाई विद्यालयका शिक्षक यम प्रसाद श्रेष्ठबाट १० हजार ५ सय रुपैया र ईन्द्रणी सामुदायिकबाट १० हजार ५ सय रुपैयासहित विद्यालयका पुर्व शिक्षिका सुर्यलक्ष्मी गुभाजु, गौतमलाल शाक्य, सहायक प्रअ प्रेम कुमार श्रेष्ठ, देविकला थापा, विद्यालयका प्रमुख सल्लाहकार टेक बहादुर थापालगायतबाट समेत सहयोग गरि प्रत्येक टिमलाई नगद २ हजार रुपैया वितरण गरिएको स्वयंसेवक परिचालन समितिका संयोजक मदन कुमार पछाईले बताए ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिमल बहादुर शाक्यले नेपालको सबै संस्कृति एउटै स्टेजमा देख्न पाएको बताउदै संस्कृति रक्षामा विद्यालयको योगदान रहेको बताए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम पन्थी, विद्यालय ब्यवस्थापन समितिका प्रमुख सल्लाहकार टेक बहादुर थापा, विद्यालयका प्रअ पदमराज ज्ञवालीले कक्षा नर्सरी देखि १२ सम्म अध्ययन गर्ने उत्कृष्ट ५४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?