ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड
तेस्रो जिल्ला स्तरिय कालिका रनिङसिल्ड प्रतियोगिता २०८०

१७ स्वर्ण पदकसहित कालिकालाई उपाधि

५ पुष २०८०, बिहीबार
५ पुष २०८०, बिहीबार

बुटवल, ५ पुस । कालिका मानव ज्ञान माध्यामिक विद्यालयको ६३ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा भएको तेस्रो जिल्ला स्तरिय कालिका रनिङसिल्ड प्रतियोगिता २०८० को उपाधि आयोजक कालिका मानव ज्ञान माबिले हात पारेको छ । विहिबार भएको खेलमा १७ स्वर्ण, ५ रजत र ७ कास्य पदक जित्दै कालिकाले उपाधि हात पारेको हो । प्रतियोगितामा कुँवरवर्ति माविले ५ स्वर्ण, १ रजत र ३ कास्य पदक जित्दै दोस्रो भयो । यसैगरि ३ स्वर्ण, ५ रजत र १ कास्य पदक जित्दै पशुपति मावि तेस्रो भयो । प्रतियोगिताको पुरस्कार वितरण पौष ७ गते वार्षिकोत्सवको मूलसमारोहमा कालिकानगर सेक्टर १ मा गरिने खेल संयोजक हरिस ओलीले बताए ।

जिल्ला स्तरीय प्रतियोगिताको अन्तिम दिन विहिबार भएको खेलमा एथ्लेटिक्स तर्फको खेलहरुमा २०० मि छात्र /छात्रा, ४०० मि छात्र /छात्रा, ४ बाई १०० रिले छात्र /छात्रा, ४ बाई ४०० रिले छात्र /छात्रा, त्रिपल छात्र /छात्रा, ज्याभलिङ थ्रो छात्र /छात्रा खेलहरु संम्पन्न भएका छन । यसैगरि भलिबल र कबड्डी (छात्र/छात्रा) फाइनल खेलहरु पनि सम्पन्न भएको छन ।

विहिबार भएको एथ्लेटिक्सतर्फको खेलमा २०० मिटर छात्रमा पशुपति मा.वि.का ठाकुर पाण्डे प्रथम, होराइजन जीबिएसका अंकित श्रेष्ठ द्वितीय तथा सिद्धार्थ माविका शुसन थारु तृतीय भएका छन । यसैगरि २०० मि छात्रामा कुवरवर्ति इ. बो.की रोजी थापा प्रथम, कालिका मानवज्ञान मा.वि.का कृति पराजुली द्वितीय तथा रामापुर माविका पवित्रा बि.क तृतीय भईन । यसैगरि ४०० मि छात्रमा कालिका मानवज्ञान मा.वि.का विकाश गैरे प्रथम, सिद्धार्थ माविका विवेक रौनियार द्वितीय तथा ईडन ई बोर्डिङ स्कुलका सुजन बराल तृतीय भएका छन । यसैगरि ४०० मि छात्रामा कुवरवर्ति इ. बोर्डिङ स्कुलका रजनी थारु प्रथम, पशुपति मा.वि.का दिपा परियार द्वितीय तथा कालिका मानवज्ञान मा.वि.का कृति पराजुली तृतीय भईन ।

यसैगरि ४ बाई १०० रिले छात्रतर्फ सिद्धार्थ माविको अभय राना, विवेक रौनियार, सचिन क्षेत्री र गौरब सिंजालीको टिम प्रथम भएका छन । यसैगरि कालिका मानवज्ञान मा.वि.को दिज्ञान सिंजाली, राहुल अर्याल, अनुज श्रेष्ठ र रबि चौधरीको टिम द्वितीय तथा होराइजन जी बि एसका जगत शाही, अंकित श्रेष्ठ, रोहन जैसवाल र प्रशन्न बि.क.को टिम तृतीय भएका छन । यसैगरि ४ बाई १०० रिले छात्रामा कालिका मानवज्ञान मा.वि.का अन्जना थारु, कृति पराजुली, लक्ष्मी भुसाल र प्रिती थापाको टिम प्रथम, कुवरवर्ति इ. बोर्डिङ स्कुलका रोजी थापा, रजनी थारु, रिचा थापा र चन्द्रकला कुँवरको टिम द्वितीय तथा पशुपति माविको दिपा परियार, पुनिता थारु, पूजा चौधरी र गरिमा अधिकारीको टिम तृतीय भएका छन ।

यसैगरि ४ बाई ४०० रिले छात्र तर्फ कालिका मानवज्ञान मा.वि.को विकाश गैरे, केशव गुप्ता, सलामुद्दीन अन्सारी र दिज्ञान सिंजालीको टिम प्रथम, पशुपति मा.वि.को विश्वजित चौधरी, ठाकुर पाण्डे, युबराज थारु र सुगिम यादवको टिम द्वितीय तथा होराइजन जीबिएसको टिम तृतीय भएको छ । यसैगरि ४ बाई ४०० रिले छात्रामा कालिका मानवज्ञान मा.वि.का रक्षा श्रीष कृति पराजुली, लक्ष्मी भुसाल र प्रकृति घिमिरेको टिम प्रथम, पशुपति मा.वि.का दिपा परियार, पुनिता थारु, रिय कुँवर र सलुना चौधरीको टिम द्वितीय तथा गार्गी ई बोर्डिङ स्कुलका नमिता भुसाल, आकृति सिंह कुर्मी, भूमिका मगराती र अनुष्का पल्लीको टिम तृतीय भएका छन ।

यसैगरि त्रिपल जम्प छात्रमा पशुपति मा.विका युराज थारु प्रथम, कालिका मानवज्ञान मा.वि.का इस्जोक हरिजन द्वितीय तथा न्यु होराइजनका प्रविन आचार्य तृतीय भए । छात्रा तर्फ भने कालिका मानवज्ञान मा.वि.की अन्जना थारु प्रथम, न्यु होराइजनकी सरिश्मा सुनार द्वितीय तथा कुवरवर्ति इ. बोर्डिङ स्कुलकी रोजी थापा तृतीय भईन ।

ज्याभलिङ थ्रो छात्रमा कालिका मानवज्ञान मा.वि.का रवि चौधरी प्रथम, गार्गी ई बोर्डिङ स्कुलका शुभम् दंगोरिया द्वितीय तथा न्यु इन्भारोमेंट इ. बोर्डिङ स्कुलका बसन्त गुरुङ तृतीय भए । छात्रा तर्फ कालिका मानवज्ञान मा.वि.की दिव्याला थारु प्रथम, न्यु होराइजनकी सुष्मा क्षेत्री द्वितीय तथा गार्गी ई बोर्डिङ स्कुलकी स्वेता दुबे तृतीय भईन ।

यसैगरि भलिबल छात्र तर्फ न्यु होराइजन ई बोर्डिङ स्कुल प्रथम, मणिमुकुन्द ई बोर्डिङ स्कुल द्वितीय तथा कालिका मानवज्ञान माविको टिम तृतीय भएको छ । यसैगरि भलिबल छात्रा तर्फ भने एभेरेस्ट ई बोर्डिङ स्कुल प्रथम, न्यु होराइजन ई बोर्डिङ स्कुल द्वितीय तथा कुवरवर्ति इ. बोर्डिङ स्कुल तृतीय भएका छन ।

कबड्डी छात्र तर्फ कालिका मानवज्ञान मावि प्रथम, कान्ति मावि द्वितीय तथा इडन इ. बोर्डिङ स्कुल / सिद्धार्थ मा वि तृतीय भएका छन । यसैगरि कबड्डी छात्रातर्फ कालिका मानवज्ञान मावि प्रथम, कान्ति मा वि द्वितीय तथा होराइजन जी बि एसको टिम तृतीय भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?