Butwal Today

सरकारले उखुको मूल्य २५ रुपैयाँ बढायो, किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने

४ पुष २०८०, बुधबार
अ+
अ-

काठमाडौँ ।

सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेकाे छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षको लागि उखुकाे समर्थन मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो। यो मूल्य गत वर्षको भन्दा प्रतिक्विन्टल २५ रुपैयाँले बढी हो।

सरकारकी प्रवक्तामसेत रहेकी सञ्चारमन्त्री रेखा शर्माका अनुसार निर्धारित मूल्यमा व्यावसायीले ५६५ रुपैयाँ व्यहोर्नेछन्। त्यसमा सरकारले ७० रुपैयाँ थप गरेर किसानलाई प्रतिक्विन्टल ६३५ रुपैयाँ दिने निर्णय भएको हो।

किसानले यस वर्षको लागि उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ माग गर्दै आएका थिए। उखुको न्यायोचित मूल्य माग गर्दै सर्लाहीका किसानले विगत दुई सातादेखि चरणवद्ध सडक संघर्ष गर्दै आएका छन्।