ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य
तेस्रो जिल्ला स्तरिय कालिका रनिङसिल्ड प्रतियोगिता २०८०

चौथो दिन कालिकालाई आठ, कुवरवर्ती ३ स्वर्ण

४ पुष २०८०, बुधबार
४ पुष २०८०, बुधबार

बुटवल, ४ पुस । तेस्रो जिल्ला स्तरिय कालिका रनिङसिल्ड प्रतियोगिता २०८० को चौथो दिनको खेलमा कालिका मानव ज्ञान माबिले आठ स्वर्ण जितेको छ । कालिका मानव ज्ञान माध्यामिक विद्यालयको ६३ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा आयोजित खेल सप्ताहमा आयोजक तालिकाको शिर्षस्थानमा रहेको छ । यसैगरि कुवरवर्ती ३ स्वर्ण जित्दै दोस्रो स्थानमा रहेको छ ।
बुधबार भएको एथलेटिक्सतर्फ १५०० मि छात्रमा कालिका मानव ज्ञानका सलामुद्दीन अन्सारीले प्रथम भएका छन । मैनैया माबिका सुचिन कुर्मी द्वितीय तथा गार्गी ई बि एसका इन्तियज अहमद तृतीय भए ।
यसैगरि १५०० मि छात्रा तर्फ कालिका मानवज्ञान माविका रक्षा श्रीष प्रथम भईन । पशुपति मा.वि.का चाँदनी पासी द्वितीय तथा कुवरवर्ति इ.बो.की चन्द्रकला कुँवर तृतीय भईन । यसैगरि लङजम्प छात्र तर्फ कालिका मानवज्ञान माविका इश्जोक हरिजन प्रथम भए ।
सिद्धार्थ इ बोर्डिङ स्कुलका विवेक रौनियार द्वितीय तथा न्यु होराइजनका संगम समारा मगर तृतीय भए । लङजम्प छात्रा तर्फ कुवरवर्ति इ. बो.का रजनी थारु प्रथम भईन । कालिका मानवज्ञान मा विका अन्जना थारु द्वितीय तथा रामापुर माविका पवित्रा बि.क तृतीय भईन ।

यसैगरि तेक्वान्दो छात्र प्रतियोगितामा ४८ केजी तौल समुहमा जनज्योति माविका गगन परियार प्रथम भए । यसैगरि ईडन ई बोस्कुलका अर्जुन मगर द्वितीय तथा कालिका मानवज्ञान माविका रमेश बि.क र दीप बोर्डिंङ स्कुलका युबराज बि.क. तृतीय भईन ।
यसैगरि ५१ केजी तौल समुहमा कालिका मानवज्ञान माविका प्रकाश खासु प्रथम भए । जनज्योति माविका देवराज थापा द्वितीय तथा दीप बोर्डिंङ अमन श्रेष्ठ तृतीय भए । यसैगरि ५४ केजी तौल कालिका मानवज्ञान माविका बरुण रोका मगर प्रथम भए । खेलमा ईडन ईबोर्डिङ स्कुलका कमल थापा द्वितीय तथा मणिमुकुन्द मावि सिद्धार्थ श्रेष्ठ, नयाँ गाउँ माविका अरुण बि.क तृतीय भए ।

तेक्वान्दो छात्रा तर्फको खेलमा ४२ केजी तौल समुहमा कान्ति माविका अनुष्का तामाङ प्रथम भईन । खेलमा गार्गी ई बोर्डिङ स्टीला बिष्ट द्वितीय तथा ईडन ई बोर्डिङ स्कुलका खुम माया घर्ति र कालिका मानवज्ञान माविकी भूमिका आले तृतीय भईन । यसैगरि ४४ केजी तौल समुहमा अन्नपूर्ण माविकी रोशनी तामाङ प्रथम भईन । दीप बोर्डिंङ स्कुलकी नेहा आले द्वितीय तथा कालिका मानवज्ञान माविकी सुहाना बस्नेत तृतीय भईन । यसैगरि ४६ केजी तौल समुहमा कालिका मानवज्ञान माविकी रुपा बुढाथोकी प्रथम भईन । खेलमा अन्नपूर्ण माविकी अन्जना नेपाली द्वितीय तथा ईडन ई बोर्डिङ स्कुलकी रोशन थापा र दीप बोर्डिंङ स्कुलकी अनुष्का गुरुङ तृतीय भईन ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, रिले, तेक्वान्दो (छात्र÷छात्रा) पाच विधामा ३२ स्वर्ण, ३२ रजत र ३२ कास्य गरि कुल ९६ वटा पदकको लागि प्रतिस्पर्धा हुने विद्यालयका खेल संयोजक हरिश ओलीले बताए । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैया शिल्ड, प्रमाणपत्र, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि द्घितिय टिमले ३० हजार, तृतिय टिमले नगद २० हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा जिल्ला भरिका सामुदायिक र संस्थागत गरि २९ विद्यालयका ८ सय बढि विद्यार्थीहरुले खेलमा प्रतिस्पर्धा गर्ने छन । गतवर्ष कुवरवर्ति विजेता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?