Butwal Today

माओवादी पदाधिकारी बैठक आज बस्दै

३ पुष २०८०, मंगलवार
अ+
अ-

काठमाडौँ ।

सत्ता नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज (मंगलबार) बस्दै छ। बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बस्ने माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिएका छन्।

उनका अनुसार बैठकमा राष्ट्रियसभाको निर्वाचन, पार्टीको विधान सम्मेलन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिबारे छलफल हुनेछ।

प्रवक्ता सापकोटाका अनुसार बैठकमा पार्टीले सञ्चालन गरेको तीन महिने विशेष रूपान्तरण अभियानको समीक्षा पनि हुनेछ।

माओवादी केन्द्रले सञ्चालन गरेको उक्त अभियान यही पुस १५ गते समापन हुँदै छ।