ट्रेंडिंग:

>> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो

मानसिक समस्याः लुकाए बढ्छ, खुले घट्छ

३ पुष २०८०, मंगलवार
३ पुष २०८०, मंगलवार

सल्यान, ३ पुस । मानसिक रोगलाई हलुका रूपमा नलिई यसको उचित परीक्षण गराई मनोचिकित्सक तथा मनोपरामर्शकर्ताको परामर्श अनुसार उपचार गर्नुपर्ने छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले बताएका छन् ।

परामर्श र उपचार हुन सके यसले बिरामीको अवस्थामा सुधार हुने उनले बताए । मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन कार्यक्रमलाई सबै वडास्तर तथा विद्यालयहरूमा पनि लैजानका लागि आवश्यक छलफल गरेर अघि बढ्ने उनको भनाइ थियो ।

पछिल्लो समय समुदायहरूमा मानसिक स्वास्थ्य समस्याबारे चेतना बृद्धि भएको र प्रवद्र्धन कार्यक्रमलाई थप प्रभावकारी बनाउन आफूहरू प्रतिवद्ध रहेको कार्यक्रमका सहभागी जनप्रतिनिधिहरूले बताए । कार्यक्रममा सहभागीहरूले मानसिक समस्या लुकाउने र लाज मान्ने संस्कारमा परिवर्तन आएको तथा उपचारपछि निको हुने कुरामा स्थानीयहरू आशावादी रहेको बताएका थिए ।
जिल्लामा संचालनमा रहेको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन परियोजनाको समिक्षा कार्यक्रममा परियोजनाले सकारात्मक प्रभाव पारेको बताइएको थियो । छत्रेश्वरी गाउँपालिका र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सीएमसी.नेपाल) को सहकार्यमा परियोजना संचालनमा रहेको छ । आप्रावासी कामदार तथा उनका परिवारहरूका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन परियोजना कार्यक्रमबारे सोमबार भोटेचौरमा आयोजित सामाजिक परिक्षण प्रारम्भीक प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रमका सहभागीहरूले मानसिक बिरामीहरूको पहिचान, औषधी उपचार, कानुनी सहयोग, सचेतना कार्यक्रमहरू लगायतका महŒवपूर्ण क्षेत्रमा निकै ठूलो सहयोग पुयाएको बताए ।

सामाजिक जवाफदेहिता अभ्यासकर्ता नमस्कार शाहले सामाजिक परिक्षण प्रारम्भीक प्रतिवेदन प्रस्तुत गर्दै प्रवद्र्धन कार्यक्रम अन्तर्गत जनचेतनामुलक कार्यक्रम, परामर्श र उपचार तथा साझेदारी, समन्वय लगायतका क्रियाकलापहरू सञ्चालन भइरहेको जनाए । उनका अनुसार छत्रेश्वरी गाउँपालिकामा परियोजना मार्फत सामाजिक रूपान्तरण, सामुदायिक बिकासमा टेवा पुगेको छ भने मानसिक समस्या भएका ब्यक्तिहरूले खुलेर समस्या बताउन थालेका छन् ।

हाल छत्रेश्वरीका दुई वटा स्वास्थ्य संस्थाबाट मानसिक तथा मनोसामाजिक रोगको उपचार भइरहेको छ भने दुई स्वास्थ्य चौकी थप गर्ने प्रकृयामा रहेको मनोसामाजिक परामर्शकर्ता गिता पहाडीले जानकारी दिइन् । गाउँपालिकाले पनि कार्यक्रमका लागि हरेक वर्ष बजेट विनियोजन गर्दै आएको जनाउँदै उनले मानसिक समस्या भएका ब्यक्तिलाई पागल, बौलाह भन्ने बुझाइमा परिवर्तन आई यो रोग भएको र उपचार सम्भव छ भन्ने विषयको ज्ञान बढ्दै गएको बताइन् ।

प्रारम्भीक प्रतिवेदनमा अझै अन्ध विश्वासको कारण आमनागरिकहरूले मानसिक स्वास्थ्यप्रति पूर्ण विश्वास गर्न नसकेको विषयलाई समस्याको रूपमा आंैल्याइएको छ । सिमित स्वास्थ्यकर्मी मात्रै तालिम प्राप्त भएकाले अपेक्षित सेवा दिन नसकिएको, लक्षित वर्गहरूले तुरुन्तै प्रतिफल खोज्नु, बिरामीले औषधि खान इन्कार गर्नु, कार्यक्रमलाई आयआर्जनमा जोड्न नसकिनु, सिमित स्रोत साधन तथा बिरामीको प्रकृति अनुसारको औषधि ब्यवस्थापन हुन नसक्नु जस्ता विषय समस्याका रूपमा रहेका छन् । फेल्म–नेपालको आर्थिक सहयोगमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सी.एम.सी.नेपाल) र छत्रेश्वरी गाउँपालिकाको सहकार्यमा ‘आप्रवासी कामदार तथा उनका परिवारहरूका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन’ परियोजना संचालन भइरहेको छ ।

आप्रवासी कामदार, मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, महिला तथा बालबालिका, युवा, किशोरकिशोरी तथा पछाडि परेका वर्गलाई विना भेदभाव प्रत्यक्ष लाभ पुग्ने कार्यमा सहयोग प्रदान गर्ने परियोजनाको उद्देश्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?