ट्रेंडिंग:

>> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी

बुटवलको सडक खाना महोत्सव अन्यौलमा, प्रदूषणसँगै सुरक्षाको चिन्ता

शान्ति सुरक्षा र सरसफाईको ग्यारेन्टी गरेर मात्र संचालन गर्न वडाबासीहरुको सुझाव
३ पुष २०८०, मंगलवार
३ पुष २०८०, मंगलवार

बुटवल, ३ पुस ।

बुटवलमा हुने सडक खाना महोत्सव अन्यौलमा परेको छ । स्थानीय कालिकापथबासीले सडक खाना महोत्सवले आफ्नो क्षेत्रमा फोहर र प्रदूषण फैलिने र सुरक्षाको चिन्ता थपिने भन्दै शान्ति सुरक्षा र सरसफाईको ग्यारेन्टी गरेर मात्र संचालन गर्न आग्रह गरेका छन् ।

रात्रीकालिन सेवालाई प्राथमिकता दिने गरी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा यसपटक पाँचौ सडक खाना महोत्सवको तयारी अगाडि बढाइरहेका बेला वडाबासीहरुले नै प्रश्न उठाएका हुन् । वडा नं ९ का विभिन्न टोल संस्थाहरुले शान्ति सूरक्षा र सरसफाईलाई ध्यान दिन सुझाव दिएका हुन् ।

सडकमै खाऔ, सडकमै नाचौ, सडकमै रमाऔ नारासहित पुस १४, १५ र १६ गते हुने भनिएको रात्रीकालिन कार्यक्रमको सुरक्षा र सरसफाईको विषय मुख्य चुनौती भएको वडाध्यक्ष प्रदिप श्रेष्ठ बताउँछन् । कालिका पथ सडकमा केही क्लबहरु राति १ बजेसम्म संचालन स्वीकृति लिएर टोलबासीलाई नै सास्ती सहनुपरेको उनको गुनासो छ । यहाँ रात्रीकालिन सेवा निक्कै कठिन भएको उनले बताए । “टोलटोलबाट रातभर सुत्न नसकिने दुखेसो लिएर आउने गरेका छन्, रातभर मोटरसाईकल पडकाउने, झैझगडा हुने, लागुऔषध कारोबार समेत बढेको छ”—उनले दाबी गरे ।

अझ त्यसैमाथि यो सडक महोत्सव चलाएर थप समस्या बढ्ने उनको दाबी छ । अघिल्लो वर्ष पनि फोहोर गरेर छोडेको भन्दै उनले सफा गर्न कठिनाई भएको बताए । कठिन समयमा कार्यक्रम गर्न लागेको तर आयोजकमा ईमान्दारिता नदेखिएको उनले दुखेसो गरे ।

“शान्तिसुरक्षा र सरसफाईको ग्यारेन्टी नहुँदासम्म सडक खाना महोत्सव संचालन गर्न टोलबासीहरुको स्वीकृति छैन”–उनले भने ।

जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर संचालनमा आएका नाईट क्लबहरुमा दैनिकजसो झैझगडा हुने गरेको स्थानीय लक्ष्मी पन्थीको दुखेसो छ । अझै त्यसैमाथि यो सडक महोत्सवबाट स्थानियहरुलाई समस्या हुने उनी बताउँछिन् ।

संघका अध्यक्ष लेखनाथ भण्डारीले भने आन्तरिक पर्यटकहरुलाई मौलिक कला, संस्कृति तथा खानाका परिकार चखाउने लक्ष्यसहित अँग्रेजी नयाँ वर्षमा भब्य कार्यक्रम गर्न लागेको बताउँछन् । उनले यस विषयमा टोल विकास संस्थाहरुसँग पनि छलफल गरी अघि बढिने बताए । यो क्षेत्रलाई ठमेलका रुपमा कालिकापथ लाईनलाई रात्रीकालिन सेवा बिस्तारको दबाबका रुपमा समेत कार्यक्रम गर्न लागेको उनको भनाई छ । “वडा कार्यालयको अनमुमतिसँगै नगरपालिकाबाट स्वीकृति लिएर सडक खाना महोत्सव गर्न लागिएको हो”–उनले भने । कालिकापथस्थित तीनकुनेदेखि उत्तरतर्फ नया बसपार्कसम्मको सडकमा गरिने सडक खाना महोत्सवमा विभिन्न जातजातिको पहिचान हुने खालका खानाका परिकारहरु राख्ने तयारी संघले गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?