ट्रेंडिंग:

>> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित)

पहिचान बदल्दै ‘सम्झना पार्क’

२ पुष २०८०, सोमबार
२ पुष २०८०, सोमबार

बुटवल, २ पुस ।  सिद्धार्थ राजमार्गको बुटवल–बेलहिया सडक बिस्तारसँगै सडक छेउछाउभएका छहारी, विसौनी मासिए । केही मात्रामा भएका यस्ता सितलता प्रदान गर्ने स्थानको अभाव रहेको थियो । यसै सन्दर्भमा रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ९ को मुख्यराजमार्ग छेवैमा रहेको सार्वजनिक जग्गा संरक्षण गरी नगरपालिका, वडा कार्यालय र स्थानीय सम्झना युवा परिवार क्लवले पार्क निर्माण गरी यसको पहिचान स्थापना गर्न सुरुवात गरेको छ ।

पार्क निर्माण पूर्व स्थानीयका अनुसार एउटा पोखरी थियो । त्यहाँ मौसम परिर्वतन संगै त्यहाँ पानी सुकेर उक्त स्थान खाली भएको थियो ।
पानी सुकेपछि अतिक्रमण समेत हुन लागेको उक्त स्थानमा अहिले भने स्थानीयले आकर्षक पार्क, खुल्ला डबली, जेष्ठ नागरिक मिलन केन्द्र लगायतका संरचना निर्माण गरी राजमार्गको विसौनीको रूपमा प्रयोग गर्न थालेका छन् ।

गर्मी मौसममा सितलाको खोजीको लागि राजमार्ग छेउछाउबाट उक्त स्थान गएर सितलताको महसुस गर्न सकिने गरी संरचना निर्माण गरिएको छ । केही बर्ष पहिला पोखरीको पानी सुकेपछि सुकेपछि गृह मन्त्रालयले त्यहाँ ईलाका प्रहरी कार्यालय स्थापना गर्ने गरी योजना समेत अगाडी बढाएको थियो । स्थानीयहरूले अन्य स्थानमा ईलाका प्रहरी कार्यालय स्थापना गरी उक्त स्थान संरक्षण गरेर अहिले आर्कषक पार्क सहिताका संरचना बनाएका हुन ।

स्थानीय क्लव सम्झाना परिवार क्लव ले त्यसको रेखदेख गर्न थाले पछि अहिले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तिलोत्तमा नरपालिकाको सहयोगमा उक्त स्थानमा मनमोहक पार्क निर्माण गरिएको छ । पार्क निर्माणमा तिलोत्तमा नरपालिकाले माटो पिलिङ्ग गर्ने सहितका विभिन्न पुर्वाधार निर्माणमा सहकार्य गर्दै आएको छ ।

जेष्ठनागरिक मिलन केन्द्र सहितका खुल्ला डबली समेत उक्त पार्कमा स्थापना गरिएको छ । सम्झना पार्क नामाकरण गरिएको यो पार्कमा पछिल्लो समयमा हरियाली प्रर्वद्धन संगैका काम भएका छन् । सिद्धार्थ रामार्गको छेवैमा रहेको यो स्थान साढे १० कठ्ठा क्षेत्रफलमा फैलिएको छ । उक्त स्थानमा तिलोत्तमा नरपालिकाको नयाँ गन्तव्यको रूपमा समेत विकास गर्ने गरी काम भैरहेको अध्यक्ष खिमेन्द्र राना बताउँछन् ।
उनका अनुसार बाल उद्यान, सहितका आर्कषका हरियाली प्रर्वद्धन गरी सिद्धार्थ राजमार्गकै छेउमा मानिसले केही समयभएपनि मन भलाउने वातावारण निर्माण गर्ने गरी योजना अगाडी बढाइएको हो । ईलाका प्रहरी कार्यालयलाई वडा नम्बर ६ मा जग्गा प्रदान गरी उक्त स्थानमा पार्क निर्माण गर्न सफल भएको अध्यक्ष रानाको भनाइ रहेको छ ।

पार्क निर्माणको लागि कुल ढाई करोड बजेट अपेक्षा गरिएको थियो । जसबाट पार्कीको संरक्षण, रङ्गरोगन देखि लिएर हरियाली प्रवद्र्धन लगायतका कामहरू भैरहेका हुन । वडा नम्बर ७ को एक मात्रै पार्क, उद्यानको रूपमा रहेको यो क्षेत्रको प्रसारप्रसार गरी राधाकृष्णमन्दीरको आडमा धार्मिक पर्यटक समेत तानन्न सकिने अध्यक्ष रानाको भनाई रहेको छ ।

तिलोत्तमा नरपालिका वडा नम्बर ९ का अध्यक्ष धुब्र न्यौपानेका अनुसार यो पार्कको प्रसार प्रसार गर्न सकेमा तिलोत्तमा नरपालिकाकै नयाँ अर्को गन्तव्यको रूपमा विकास हुने अपेक्षा लिएको जानकारी दिए । उनले भने–‘यो पार्क लाई थप व्यवस्थीत गर्न सकिएमा भैरहवा, बुटवलबाट समेत मानिसहरू आउन सक्ने निश्चित छ । ’

पार्कमा जेष्ठ नागरिक मिलन केन्द्र समेत निर्माण गरिएको छ भने २०० बढि अट्ने गरी डबली समेत निर्माण गरिएको छ । पार्कमा हालसम्म संघीय मन्त्रालयको दुई पटक गरी २५, २५ लाख रूपैयाँ सहयोग भएको भने जिल्ला वन कार्यालयबाट १० लाख सहयोग भएको छ । यस्तै पर्यटन डिभिजन कार्यालय बाट १० लाख भौतिक संरचना निर्माणका लागि सहहयोग भएको छ ।

स्थानीय सम्झना परिवार क्लवबाट हालसम्म देउसी भैलोको रमकबाट संकलन गरिएको २५ देखि ३० लाख रूपैयाँ खर्च गरिएको छ । भौतिक संरचना निर्माण लगायतका लागि अझै ५० लाख रूपैयाँ रकम भएमा यसलाई पूर्ण आर्कषक बनाउन सकिने वडा अध्यक्ष न्यौपानेको भनाई रहेको छ । पार्कमा रहेको ओपन डबलीमा ४ देखि ५ सय जती मानिस बसेर कार्यक्रम हेर्न सक्ने गरीको संरचना निर्माण गरिएको छ । साढे १० कठ्ठा क्षेत्रफलमा फैलिएको यो पार्क अझ व्यवस्थित गर्न सकेमा थप पर्यटक तान्न सकिने अपेक्षा समेत लिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?