ट्रेंडिंग:

>> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन

कस्ले तिर्छ साढे ५ करोड विद्युत बक्यौता ?

ठूलो रकम आन्तरिक स्रोतबाट भुक्तानी गर्न नसकिने भन्दै संघीय सरकारले मिलान गर्नुपर्ने माग स्थानीय तहले गर्दै आएका छन् । सडकबत्तिको जिम्मेवारी स्वयं विद्युत प्राधिकरणको पनि भएकाले उसले पनि जिम्मेवारी लिनुपर्ने स्थानीय तहको भनाई छ ।
२ पुष २०८०, सोमबार
२ पुष २०८०, सोमबार

सुनवल, ०२ पुस । पश्चिम नवलपरासीका सात स्थानीय तहले सडक बत्ति बापतको साढे ५ करोड बढि रकम तिर्न बाँकी रहेको छ । सात पालिकाले कुल ५ करोड ५८ लाख २५ हजार रूपैयाँ महसुल बापत तिर्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रले जनाएको छ । सबैभन्दा बढि रामग्राम नगरपालिकाको ३ करोड ८३ लाख महसुल सडक बत्ति बापतको बक्यौता रहेको छ । पुरानो नगरपालिका भएकाले पनि रामग्रामको बढि महसुल बाँकी रहेको पाईएको प्राधिकरणले जनाएको छ । यसैगरी सुनवल नगरपालिकाको ९५ लाख ६५ हजार र बर्दघाट नगरपालिकाले ३६ लाख ८२ हजार रूपैयाँ सडक बत्ति बापतको महसुल तिर्न बाँकी छ । पाल्हीनन्दन गाउँपालिकाको १५ लाख ६५ हजार, सरावलको १२ लाख ६ हजार, प्रतापपुरको ८ लाख ९३ हजार र सुस्ताको सबैभन्दा कम ७ लाख ४ हजार महसुल बाँकी रहेको विद्युत प्राधिकरणका प्रशासन शाखा प्रमुख राजेन्द्र क्षत्रीले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणले स्थानीय तहलाई सडक बत्तीको महसुल तिर्न ताकेता गर्दै आएको छ । गत मंसिर १७ गते मात्रै प्राधिकरणले अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरूबाटै असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असुलउपर गर्न निर्देशन दिएको हो । सरकारी कार्यालयहरूमध्ये सबैभन्दा बढी विद्युत् महसुल बक्यौता सडक बत्तीको छ । ३३१ पालिकाहरूको गत असारसम्मको सडक बत्तीको बक्यौता रकम ६ अर्ब ८ करोड रूपैयाँ छ । अधिकांश पालिकाहरूको बक्यौता २०७४ साल पछिको हो ।

प्राधिकरणले आफ्नो तेस्रो वित्तीय पुनर्संरचनाको एउटा प्रस्तावमा सडक बत्तीसहित सरकारी कार्यालयहरूको नाममा रहेको महसुल बक्यौता सरकारसँगको हिसाबमा मिलान गर्ने उल्लेख थियो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्थ मन्त्रालयबाट सरकारी निकायको बक्यौता रकम हिसाब मिलान गर्न नसकिने र उक्त रकम सम्बन्धित कार्यालहरूबाटै असुलउपर गर्ने निर्णय भएको जानकारी प्राप्त भएकाले अब स्थानीय तहले नै महशुल भुक्तानी गर्नुपर्ने बताएका छन् । अहिले नवलपरासी सहित देशैभर प्राधिकरणले बक्यौता रकम असुलीको प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरण परासी वितरण केन्द्रका प्रमुख सुरज रेग्मिले जिल्लाका सातै पालिकालाई सडक बत्ति महसुलका विषयमा जानकारी गराएको बताए । ‘अहिले सुरुमा भटेरै स्थानिय तहका प्रमुखलाई जानकारी गराएका छौ, पत्रचार पनि गरेका छौं त्यसपछि प्राप्त निर्देशन अनुसार लाईन काट्ने सम्मका काम हुन सक्छ, रेग्मिले भने ।’

प्राधिकरणले सडक बत्तीको वक्यौता रकम तिर्न अनुरोध गर्दै ४५ दिनको समयावधि दिइ गत २१ असोजमा सार्वजनिक सूचना समेत प्रकाशित गरेको थियो। प्राधिकरणको विद्युत् महसुल संकलन विनियमावली, २०७८ मा मिटर रिडिङ गरेको ६०औं दिनसम्म विद्यत् महसुल नुबझाएमा बिनासूचना जनसुकै समयमा लाइन काट्न सकिने व्यवस्था छ ।

तर स्थानीय तहहरूले भने यति ठुलो रकम आन्तरिक स्रोत बाट भुक्तानी गर्न नसकिने भन्दै संघिय सरकारले मिलान गर्नुपर्ने माग गर्दै आएका छन् । सडकबत्तिको जिम्मेवारी स्वयं विद्युत प्राधिकरणको पनि भएकाले उनिहरूले पनि जिम्मेवारी लिनुपर्ने स्थानीय तहको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?