ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

बैंक ब्याज दर एकल अंकमा झार्न व्यवसायीको माग

२ पुष २०८०, सोमबार
२ पुष २०८०, सोमबार

बुटवल, २ पुस ।

चर्को बैंक ब्याज दरले उद्योग व्यवसाय संकटमा परेकाले व्याजदर छिटो एक अंकमा झार्नुपर्ने र व्यवसायीमैत्री नीति बनाउनपर्ने व्यवसायीहरूले माग गरेका छन् । दुई अंकको बैंक व्याजदरले व्यवसायीहरू संकटमा परेको भन्दै व्यवसायीका माग तत्काल सम्बोधन गरी व्यवसायमैत्री वातावरण बनाउन उनीहरूले आग्रह गरे ।

उद्योग व्यापार संघ बुटवलको पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा बोल्दै रुपन्देहीका व्यवसायीहरूले उद्योग व्यापार बिना देशको विकास सम्भव नहुनेमा जोड दिदै साना र मझौला व्यवसायीलाई सुहाउँदो व्याजदर र तीन तहकै सरकारको नीति बन्न आवश्यक बताएका हुन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले आर्थिक कारणले मुलुक संकटमा परेको बताउँदै बैंकहरुले सम्झौतापछि व्याजदर बढाउँदै जाँदा आर्थिक क्षेत्रमा समस्या बढेको बताए । पाण्डेयले करको दर नभई दायरा बढाउने गरी पालिका अघि बढेको बताए । ‘कर्जा सम्झौताको बेलामा उल्लेख भए भन्दा दोब्बर ब्याज लिदा आर्थिक क्षेत्रमा समस्या भयो’ उनले भने, ‘समस्या देखाउन भन्दा आफ्नो ठाउँमा सबै जिम्मेवार र इमान्दार बनौं ।’ बुटवल बजार क्षेत्रको सडक विस्तारको डिजाइन परिवर्तन गरी व्यवसायीमैत्री सडक बनाउनुपर्ने उनले बताए ।

उद्योग व्यापार संघ बुटवलका संस्थापक अध्यक्ष एवम् नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय महासचिव खिमनारायण पराजुलीले अबको व्यवसायीको लडाइँ राष्ट्र बैंक, अर्थ मन्त्रालय र बैंकर्स एशोसिएशनसँग रहेको बताए । बैंकर र व्यवसायी एउटै घराना हुँदा उनीहरूको दोहोरो भूमिकामा हुँदा साना मझौला व्यवसायी समस्यामा परेको पराजुलीले बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले कर राजस्वका दर घटाउनुपर्ने बताए । प्रदेश सरकारको एकीकृत सम्पत्ति कर कानुनका कारण कर राजस्व अत्यधिक धेरै रहेको उनको भनाइ छ । ‘बैंक व्याज दर लिंदा ८ प्रतिशत र तिर्दा १६ प्रतिशत हुँदा बैंकहरू मात्र मोटाउने परिपाटी अन्त्य हुनुपर्छ’, अर्यालले भने ।

संघका अध्यक्ष गोविन्दराज गैरेले उद्योग व्यापारको विकास विना देशको आर्थिक विकास हुन नसक्ने बताउदै बैंकको व्याजदर घटाउन र बुटवलको सडक डिजाइन परिवर्तन गरी व्यवसायीमैत्री बनाउन आग्रह गरे । उनले संघको दुई तले सचिवालय भवन बनाउन उपमहानगरपालिकाले जग्गा उपलब्ध गराएकोमा धन्यवाद दिँदै दुई वर्षभित्र भवन बनाइसक्ने बताए ।

कार्यक्रममा बुटवलकी उपमेयर सावित्रा अर्याल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, कांग्रेस नगर उपसभापति ज्योति भण्डारी, नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय वाणिज्य उपाध्यक्ष बाबुराम पोखरेल, संघका उद्योग उपाध्यक्ष बिष्णु प्रसाद पाण्डे, महासचिव पदम जिसी, कोषाध्यक्ष अन्जु पाण्डे, माओवादी केन्द्र बुटवलका अध्यक्ष महेन्द्र भुसाल, नेकपा एमाले बुटवल उपाध्यक्ष शोभाखर पोखरेलले युवा जनशक्ति विदेश पलायन हुनबाट रोकेर स्वदेशमै काम गर्ने वातावरण र स्पष्ट योजना बनाउन तीनै तहका सरकारको ध्यान नगएको बताए । अधिवेशनले २४ सदस्यीय नयाँ नेतृत्व पनि चयन गर्ने महासचिव पदम जिसीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?