ट्रेंडिंग:

>> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु

सरकार ऋणको ब्याज दर घटाउ

१ पुष २०८०, आइतबार
१ पुष २०८०, आइतबार

उद्योगी व्यवसायीले कर्जाको विस्तार हुन नसक्नुमा ऋणको व्याजदर नै कारक रहेको भन्दै ऋणको व्याजदर घटाउन माग गरेका छन । अहिले बैंक तथा वित्तिय संस्थामा लगानीयोग्य पुँजीको स्रोत पर्याप्त छ । बैंकहरूमा अधिक तरलता हुँदा पनि कर्जाको बिस्तार हुन नसक्नुको प्रमुख कारण उद्योगी व्यवसायीले ऋणको ब्याज दर नै रहेको औंल्याएका छन । निश्चितरूपमा देशमै केही गरौं भन्नेहरूलाई बैंकको ब्याज प्रमुख घाँडो बन्ने गरेको विदितै छ । अधिक ब्याज र साँवा ब्याज समयमै तिर्न नसके पेनाल्टीको नाममा लिइने अतिरिक्त चार्जले उद्योगी व्यवसायी ठूलो समस्यामा छन । वास्तवमा नेपाली ब्यवसायीहरू विस्थापित हुने र विदेश पलायन हुने प्रमुख कारण यो पनि एक हो । केही महिनाअघि बुटवलका एक व्यवसायीले बैंकको ब्याज चर्को भएकै कारण नेपालमा ब्यवसाय गर्न सकिने अवस्था नरहेको भन्दै विदेश पलायन हुनुपरेको बाध्यता सुनाएका थिए । उद्योगी व्यवसायीले ब्याज दर घटाउन सरकारसंग जुन माग गरेका छन, त्यो सम्बोधन भयो भने देशमै केही गर्न सकिने वातावरण तयार हुनेछ । मुलुकको अर्थतन्त्रको सुदृढीकरण र उद्योगी व्यवसायीका व्यवसायिक समस्या सुधारको लागि उद्योगी व्यवसायीले सुझाव समेत प्रदान गर्दै आएका छन । बैंक तथा बित्तिय संस्थाहरूले बैंकिङ्ग प्रणालीमा लगानीयोग्य स्रोत प्रयाप्त हुँदा पनि कर्जा बिस्तार हुन नसक्नु, कर्जाको दरमा उल्लेख्य मात्रामा कमी आउन नसक्नु, खराब कर्जाको मात्रामा उल्लेख्य रूपमा बृद्धि हुनु भनेको ब्याज प्रमुख कारक हो भन्ने ठहर छ । अहिले उद्योग व्यवसायको क्षमता निरन्तर रूपमा घटिरहेको छ । रोजगारी तथा आयमा कमी आई उपभोग्य वस्तुको मागमा कमी आएको छ । व्यवसायीहरूले ऋणको व्याज तथा साँवा भुक्तान गर्न नसकिरहेको अवस्थामा ऋणको पुनर्तालिकीकरण गर्ने र हर्जाना मिनाहा गर्नको लागि प्रवन्ध मिलाउनु पर्ने आवश्यकता छ । यस बिषयमा ढिलाई गर्ने हो भने नेपालको ब्यावसायीक बाताबरण अझै चुनौतिपूर्ण बन्न सक्छ ।

उद्योगी व्यवसायीले हालै नेपाल राष्ट्र बैंकलाई दिएको ज्ञापनपत्रमा स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरूलाई सुलभ तथा सस्तो व्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने, रोजगारी तथा अर्थव्यवस्थाको मुख्य क्षेत्रको रूपमा पर्यटन रहेको र त्यसको बिस्तार र बिकास हुन सके थप रोजगार तथा स्वरोजगारको अवसर प्रदान गर्न सक्ने भएकाले विदेशी पर्यटक भ्रमणमा आउन ल्याउन पाउने रकमको सिमा बढाउन पनि आग्रह गरिएको छ । उता महिला उद्यमी कर्जालाई सर्वसुलभ र सरलीकृत गर्दै सबै बैंक तथा बित्तिय संस्थाहरूले प्राथमिकताका साथ ऋण प्रदान गर्ने व्यवस्था अबलम्बन गर्नुपर्ने, ओभरड्राफट् ऋणमा केही समयदेखि लागू गरिएको व्यवस्थाको सट्टा पूर्ववत स्विकृत ओभरड्राफट् ऋणको सीमा भित्र पटकपटक आवश्यकता अनुसार निकाल्न र भुक्तानी गर्ने मिल्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ । बैंकको ब्याजदरमा कमी आउनसाथ देशको आर्थिक अवस्थामा सुधार आउनेमात्र होइन विदेश जानुपर्ने बाध्यतासमेत हट्न सक्छ । तसर्थ नेपाल राष्ट्र बैकको यो विषयमा तत्काल ध्यान जाओस् । प्रधानमन्त्री प्रचण्डले समेत ब्याजदर एकल विन्दुमा झार्ने बताएको धेरै भएको छैन । प्रधानमन्त्रीको प्रतिवद्धता छिटोभन्दा छिटो कार्यान्वयनमा आओस् । देश बचाउने हो र नेपालको जनशक्ति विदेश पलायन हुनबाट रोक्ने हो भने अव सरकारले काम गरेर देखाउने बेला आएको छ । त्यसको सुरुवात ऋणको ब्याजदर घटाएर सुरुवात होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?