Butwal Today

तिलोत्तमा चेम्बर अफ कमर्शको चौथो अधिवेशन पुस १४ मा

१ पुष २०८०, आइतबार
अ+
अ-

तिलोत्तमा, १ पुस ।

तिलोत्तमा चेम्बर अफ कमर्सको दशौं साधारण सभा तथा चौथो अधिवेशन यही पुस १४ गते हुने भएको छ । मंगलापुरस्थित रामजानकी मन्दिरको सभाहलमा हुने अधिवेशनको तयारी तीव्र पारिएको संस्थाका अध्यक्ष बाबुलाल भुसालले जानकारी दिए ।

अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृव चयन गर्ने छ । नयाँ नेतृत्वका लागि यज्ञ गैरे संयोजक रहेको निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिले निर्वाचन तालिका प्रकाशन गरी आफ्नो काम अगाडि बढाएको संयोजक गैरेले बताए ।

तिलोत्तमा चेम्बर अफ कमर्शमा करिव साढे ६ सय व्यवसायी आवद्ध छन् । संस्थाका अध्यक्ष भुसालले व्यवसायीहरुको हक हित र सुरक्षाका लागि संस्थाले भूमिका निर्वाह गर्दै आएको बताए ।